साधारण सम्मेलन
“हेर म त्यही ज्योति हुँ जुन तिमीहरूले धारण गर्ने छौ”
अक्टोबर २०२४ को साधारण सम्मेलन


13:29

हेर म त्यही ज्योति हुँ जुन तिमीहरूले धारण गर्ने छौ

हामीले हाम्रा करारहरूलाई दृढतापूर्वक लिँदा र परमेश्वरका जीवित अगमवक्ताहरूलाई समर्थन गर्दा हामीहरूले परमप्रभुको ज्योतिलाई धारण गर्छौँ ।

यस सम्मेलनमा दिइएका धेरै गवाहीहरूमा, म येशू ख्रीष्ट परमेश्वरका पुत्र, हाम्रा परमप्रभु र मुक्तिदाता, हाम्रा सबै पिताका सन्ततिहरूका उद्धारकर्ता हुनुहुन्छ भन्ने प्रेरितका रूपमा मेरो विशेष गवाही थप्छु । यदि योग्य छौँ भने हामी स्वर्गमा हाम्रा पिताको उपस्थितिमा फर्कन र अनन्तकालका लागि हाम्रा परिवारहरू सँग रहन येशू ख्रीष्टले उहाँको प्रायश्चितद्वारा, हाम्रा लागि यो सम्भव बनाउनुभयो ।

मुक्तिदाता हाम्रो नश्वर यात्राबाट अनुपस्थित हुनुहुन्न । विगत दुई दिनदेखि हामीले उहाँका छनोट गरिएका अगुवाहरूका माध्यमद्वारा उहाँले बोलेको सुनेका छौँ ताकि हामीहरूले उहाँ सँग समीप हुने अवसर प्राप्त गर्न सक्छौँ । बारम्बार, उहाँको विशुद्ध प्रेम र कृपाले, उहाँले हामीलाई जीवनमा हुने अप्रत्याशित घटनाहरू र चुनौतीहरूको सामना गर्दा हामीलाई समर्थन गर्नुहुन्छ । नफीले वर्णन गर्नुहुन्छ, “मेरा परमेश्वर मेरो सहारा हुनुभएको छ; मेरा कष्टहरूका बीचमा उहाँले मलाई अगुवाइ गर्नुभएको छ । … उहाँले मलाई उहाँको प्रेमले भरिदिनुभएको छ।”

हामीले उहाँको कार्यमा एकअर्कालाई समर्थन गर्दा त्यो प्रेम प्रकट हुन्छ ।

हाम्रा जीवित अगमवक्ता र प्रथम अध्यक्षता, बाह्र प्रेरितहरूको गण, साधारण अधिकारीहरू र चर्चका अधिकारीहरूलाई हामी साधारण सम्मेलनमा समर्थन गर्छौँ । समर्थन गर्नु भनेको अर्को व्यक्तिलाई ग्रहण गर्नु, उहाँहरूलाई हाम्रो ध्यान दिनु, उनीहरूको भरोसा गर्न सकिने व्यक्तिहुनु, उहाँहरूका शब्दहरूमा काम गर्नु हो । उहाँहरू परमप्रभुको प्रेरणाद्वारा बोल्नुहुन्छ; उहाँहरूले वर्तमान समस्याहरू, समाजका नैतिक पतन र पिताको योजनालाई विफल पार्न सैतानको बढ्दो प्रयासहरू बुझ्नुहुन्छ । हातहरू उठाएर हामी त्यो क्षणका लागि मात्र नभई हाम्रो दैनिक जीवनमा हाम्रो समर्थनको प्रतिबद्ध गर्दै छौँ ।

समर्थनले हाम्रा वार्ड र किलाहरूमा हाम्रा किला अध्यक्षहरू र विशपहरू, गण र सङ्गठनका अगुवाहरू, शिक्षकहरू र युवाहरूका लागि शिविरहरू आयोजना गर्ने मानिसहरूलाई हात उठाउनु ले समावेश गर्छ । घरको नजिक हामी हाम्रा श्रीमती र हाम्रा श्रीमान्, छोराछोरी, आमाबुबा, विस्तारित परिवार, नातेदार र छिमेकीहरूलाई ग्रहण गर्छौं । जब हामी एकअर्कालाई धरण गर्छौं तब हामी भनिरहेका हुँन्छौँ, “म यहाँ तपाईंका लागि छु, न केवल तपाईंका हातहरू लत्रिदा उठाउन तर तपाईंलाई सान्त्वना र सामर्थ्य प्रदान गर्नका लागि ।”

धारण गर्नेअवधारणा धर्मशास्त्रमा निहित छ । मोर्मोनका पानीमा, भर्खरै बप्तिस्मा लिने चर्चका सदस्यहरूले “एक अर्काका भारीहरू बोक्न राजी छौ, कि तिनीहरू हलुका होऊन्;‌ भनेर प्रतिज्ञा गरे; … सान्त्वनाको आवश्यकतामा परेकाहरूलाई सान्त्वना दिन र सबै समयमा र सबै कार्यहरूमा र तिमीहरू हुने सबै स्थानमा, मृत्युसमेत सम्म परमेश्वरका साक्षीका रूपमा खडा हुन ।”

नफीहरूलाई येशूले भन्नुभयो: आफ्नो ज्योति “धारण गर ताकि यो संसारमा चम्किन सक्छ । हेर, म ज्योति हुँ जसलाई तिमीहरूले धरण गर्ने छौ।” हामीले हाम्रा प्रतिज्ञाहरूलाई दृढतापूर्वक लिँदा र परमेश्वरका वचनहरू बोल्दा हाम्रा जीवित अगमवक्तालाई समर्थन गर्दा हामीहरूले परमप्रभुको ज्योतिलाई धारण गर्छौँ ।

बाह्र प्रेरितहरूको गणमा सेवा गर्दा, “हामीहरूले उहाँहरूको अगमवक्ताका प्राथमिकताहरूलाई सम्भव भएसम्म धारण गर्ने छौँ भन्ने हाम्रा अगमवक्ताहरूको समर्थन एक व्यक्तिगत प्रतिबद्धता हो भनेर अध्यक्ष रसेल एम. नेल्सनले बताउनुभयो ।”

अगमवक्तालाई ग्रहण गर्नु एक पवित्र कार्य हो । हामी निष्क्रिय र मौन बस्दैनौँ तर सक्रिय रूपमा उहाँको रक्षा गर्छौं, उहाँको सल्लाह पालना गर्छौँ, उहाँका वचनहरू सिकाउँछौँ र उहाँका लागि प्रार्थना गर्छौँ ।

राजा बेन्यामिनले मोर्मोनको पुस्तकमा, मानिसहरूलाई भन्नुभयो, “म तपाईंहरू जस्तै छु, शरीर र मस्तिष्कमा सबै प्रकारका कमजोरीहरूको अधीनमा छु; तैपनि म यी मानिसहरूद्वारा छानिएको छु, अनि मेरो पिताद्वारा पवित्रीकृत गरिएको छु, अनि परमेश्वरका हातद्वारा अनुमति दिइएको कि म यी मानिसहरूका शासक र राजा बनूँ, परमप्रभुले मलाई दिनुभएको मेरो सम्पूर्ण बल, बुद्धि र शक्तिका साथ तिमीहरूको सेवा गर्न उहाँको अतुलनीय क्षमताद्वारा बचाइएको र संरक्षण गरिएको छु ।”

मोशाको हात समात्दै ।

त्यस्तै गरी, १०० वर्षको उमेरमा, अध्यक्ष नेल्सनलाई परमप्रभुद्वारा राखिएको छ र संरक्षण गरिएको छ । अध्यक्ष हेरोल्ड बी. ली, त्यस समयमा प्रथम अध्यक्षताका सदस्यले, मोशा रपीदीको पहाडमा उभिएको उदाहरण उद्धृत गर्नुभयो । “[चर्चका अध्यक्ष] का हाथहरु थकित हुन सक्नुहुन्छ,” उहाँले भन्नुभयो । “उहाँको गहन उत्तरदायित्वका कारण कहिलेकाहीँ तिनीहरू लत्रिन सक्छन्‌; तर जब हामी उहाँका हातहरू समाउँछौँ अनि उहाँको मार्गदर्शनमा अगुवाइ गरिन्छौँ, उहाँको समीपमा, नरकका ढोकाहरू तपाईंहरू र इस्राएलका विरुद्धमा विजयी हुने छैनन् । उहाँको चर्चको अध्यक्षता गर्नका लागि परमप्रभुले नियुक्त गर्नुभएका व्यक्तिलाई अनुशरण गर्ने कि नगर्ने भन्नेमा तपाईंहरूको र हाम्रो सुरक्षा निर्भर गर्छ । यस चर्चमा उहाँ कसलाई अध्यक्षता गर्न दिन चाहनुहुन्छ भनेर उहाँलाई जानकारी छ र उहाँले कुनै गल्ती गर्नुहुने छैन ।”

अध्यक्ष नेल्सनले परमप्रभुको वर्षौंको सेवाबाट अनुभव लिनुभएको छ। उहाँको परिपक्वता, अनुभवको व्यापकता, ज्ञान, र प्रकाशका लगातार प्राप्ति हाम्रा दिनका लागि विशेष रूपमा उपयुक्त छन् । उहाँले भन्नुभएको छ: “पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चले संसारलाई त्यो दिनका लागि तयार गर्दै छ जब ‘पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुने छ’ (यशैया ११:९) । … दुई सय वर्षपूर्व गरिएको दैवी घोषणाद्वारा यो कार्य सशक्तिकृत छ । यसमा केवल सात शब्दहरू थिए: ‘यी मेरा प्रिय पुत्र हुन् । उहाँलाई सुन्नुहोस्!’ (हेर्नुहोस् Joseph Smith—History 1:17).”।

अध्यक्ष नेल्सनले यो पनि भन्नुभएको छ: “संसारको इतिहासमा यस्तो समय कहिल्यै आएको छैन जहाँ हाम्रा मुक्तिदाताको ज्ञान व्यक्तिगत रूपमा हरेक मानव आत्माका लागि बढी महत्त्वपूर्ण र सान्दर्भिक भएको छ । … यदि हामीहरू सबैले येशू ख्रीष्टलाई अनुशरण गर्ने र उहाँका शिक्षाहरूलाई पालना गर्ने छनोट गर्यौँ भने संसारभरका र हाम्रो व्यक्तिगत जीवनमा—विनाशकारी द्वन्द्वहरू कति छिट्टै समाधान हुने छन् भन्ने कल्पना गर्नुहोस्।”

दाजुभाइ तथा दिदीबहिनीहरू, हामीहरूले परमप्रभुका वचन, उहाँका मार्गहरू र उहाँका अगमवक्तालाई धेरै समर्थन र सहयोग प्रदान गर्नु र कम गुनासो र आलोचना गर्नु आवश्यक छ, जसले यसो भन्नुभएको छ: “आज हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको परमेश्वरको सत्यता र शैतानको छलकपटहरू बीचको भिन्नता छुट्याउने हो । त्यसैकारण परमप्रभुले हामीलाई सचेत गराउनुभयो “सदैव प्रार्थना गर, … ताकि [हामीले] शैतान माथि विजय प्राप्त गर्न सक्छौँ अनि … शैतानका सेवकहरूको हातबाट बच्न सक्छौँ जसले [विपक्षीको] कार्यलाई समर्थन गर्छन् ।” [सिद्धान्त र कारर १०:५; जोड दिएर थपिएको].”

मन्टी यूटा मन्दिरको पुन: समर्पण ।

गत अप्रिलमा, सिस्टर रसब्याण्ड र मैले हाम्रा प्रिय अगमवक्ता र सिस्टर नेल्सनलाई मन्टी यूटा मन्दिरको पुन: समर्पणमा सहभागी हुने अवसर प्राप्त गरेका थियौँ ।

कोठामा प्रवेश गर्दा अध्यक्ष नेल्सनले सबैलाई आश्चर्यचकित पार्नुभयो । उहाँ आउँदै हुनुहुन्छ भनेर हामीहरू मध्ये थोरैलाई मात्रै जानकारी थियो । उहाँको उपस्थितिमा, मैले तत्कालै उहाँ सँग भएको प्रकाश तथा अगमवक्ताको अधिकार र उत्तरदायित्व महसुस गरेँ । व्यक्तिगत रूपमा अगमवक्तालाई देखेर मानिसहरूको अनुहारमा देखिने खुशी म सँग सदैव रहिरहने छ ।

पुन: समर्पणको प्रार्थनामा, उहाँको पवित्र गृहले मन्दिरमा प्रवेश गर्ने सबैलाई अपरिहार्य रूपमा ग्रहण गर्ने छ “उहाँहरूले पवित्र आशीर्वादहरू प्राप्त गर्न सक्नुहुन्छ र उहाँहरूका करारहरूप्रति योग्य र आस्थावान् रहन सक्नुहुन्छ … र योग्य रूपमा प्रवेश गर्ने सबैका लागि यो शान्तिको गृह, सान्त्वनाको गृह र यी द्वारहरू व्यक्तिगत प्रकाशको गृह हुने छन् भनेर अध्यक्ष नेल्सनले परमप्रभुलाई निवेदन गर्नुभयो ।”

भय, अन्धकार र विवादको सामना गर्नका लागि प्रतिरोध गर्न र लड्न हामीहरू सबैलाई परमप्रभुद्वारा शान्ति, सान्त्वना र सबै भन्दा बढी व्यक्तिगत प्रकाश सहित उत्थान गरिनु आवश्यक छ ।

पुनः समर्पण गर्नुपूर्व, हामीहरू अध्यक्ष र सिस्टर नेल्सन सँगै सुन्दर संरचना अवलोकन गर्न घाममा उभियौँ । अध्यक्ष नेल्सनका पुर्खाहरूको यो क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ । मेरा केहीले गर्नुभएको जस्तै उहाँका आठ हजुरबुबा हजुरआमाहरू मन्दिर वरपरका उपत्यकाहरूमा बसोबास गर्नुभयो । मेरा बाजे हजुरबुबा एन्ड्रयू एन्डरसनले प्रारम्भिक अग्रगामीहरूको निर्माण टोलीमा सेवा गर्नुभयो जसले रकी माउन्टेन्सको तेस्रो, म्यानटाइ मन्दिर पूरा गर्न ११ वर्ष परिश्रम गर्नुभयो ।

जब हामीहरू अध्यक्ष नेल्सनसँग उभियौँ, हामीहरूले परमप्रभुको पवित्र गृहको पुन: समर्पणको उत्सवमा परमेश्वरका अगमवक्तालाई ग्रहण र समर्थन गर्ने अवसर प्राप्त गर्‍यौँ । त्यो दिन मैले कहिल्यै बिर्सने छैन ।

“हामी परमप्रभुको सम्मान गर्न मन्दिरहरू निर्माण गर्छौँ,” अध्यक्ष नेल्सनले त्यो पवित्र दिनमा भन्नुभयो । “तिनीहरू प्रदर्शनका लागि नभई आराधनाका लागि निर्माण गरिएका हुन् । यी पवित्र मन्दिरहरू भित्र हामीहरूले अनन्त महत्वका पवित्र करारहरू निर्माण गर्छौँ ।” हामीहरूले इस्राएललाई एकत्रित गरिरहेका छौँ ।

अध्यक्ष नेल्सन र उहाँपूर्वका अगमवक्ताहरूले पवित्र मन्दिरहरूका सम्बन्धमा हार्दिकता प्रकट गर्नुभएको छ । आज, सञ्चालन भइरहेका, घोषणा गरिएका वा निर्माणाधीन गरी संसारभरि, हामीसँग परमप्रभुका ३५० पवित्र गृहहरू छन् । २०१८ देखि, अगमवक्ताका रूपमा अध्यक्ष नेल्सनले १६८ मन्दिरहरूको घोषणा गर्नुभएको छ ।

“हाम्रो समयमा,” उहाँले भन्नुभएको छ, “सबै समयावधिका, सबै साँचाहरू र शक्तिहरूको पूर्ण एकताबद्ध र एकसाथ समाहित हुनु पर्छ (हेर्नुहोस् सिद्धान्त र करार १२८:१८) । यी पवित्र उद्देश्यका लागि, पवित्र मन्दिरहरू अहिले नक्सामा बिन्दुहरू जस्तै संसारभरि छन् । म पुनः जोड दिन्छु कि यी मन्दिरहरूको निर्माणले तपाईंहरूको जीवन परिवर्तन नगर्ला, तर मन्दिरमा तपाईंहरूको सेवाले निश्चय नै परिवर्तन गर्ने छ ।”

“मुक्तिदाता र उहाँका सिद्धान्त मन्दिरका मुटु हुनुहुन्छ,” अध्यक्षले भन्नुहुन्छ । “निर्देशन र आत्माका माध्यमद्वारा मन्दिरमा सिकाइएका हरेक विषयले येशू ख्रीष्टप्रतिको हाम्रो बुझाइलाई अभिवृद्धि गर्छ । उहाँका अत्यावश्यक विधिहरूले हामीलाई पादरित्वका पवित्र करारहरूद्वारा उहाँसँग बाँध्छ । त्यसपछि, जब हामी हाम्रा करारहरू पालना गर्छौँ, उहाँले हामीलाई उहाँको चङ्गाइ, मजबुत बनाउने शक्ति प्रदान गर्नुहुन्छ ।”

“मन्दिरमा आराधना गर्ने सबैलाई,” अध्यक्ष नेल्सनले भन्नुभएको छ, “परमेश्वरको शक्ति र स्वर्गदूतहरू सँग ‘उहाँहरूको उत्तरदायित्व’ हुने छ’ [सिद्धान्त र करार १०९:२२] । परमेश्वरको शक्तिले भरिपूर्ण कुनै अभिदान प्राप्त महिला [वा पुरुष वा मन्दिरमा उपस्थित युवाहरू] का रूपमा, तपाईंहरूले एक्लै जीवनको सामना गर्नु पर्दैन भन्ने विषयको जानकारी प्राप्त गर्दा तपाईंहरूको आत्मविश्वासमा कत्तिको वृद्धि हुन्छ? स्वर्गदूतहरूले तपाईंहरूलाई वास्तवमा नै सहयोग गर्नुहुने छ भनी जानकारी प्राप्त गर्दा तपाईंलाई कस्तो साहस मिल्छ?

येशू ख्रीष्टले गेतसमनीको बगैँचामा विनम्र भई घुँडा टेक्नुहुँदा स्वर्गदूतहरूले हामीलाई ग्रहण अघि बढेका भन्ने विषय धर्मशास्त्रमा वर्णन गरिएको छ । आफ्नो पीडाद्वारा उहाँले असीम प्रायश्चित प्रदान गर्नुभयो । “त्यहाँ,” अध्यक्ष नेल्सनले भन्नुभयॊ, “”अभिलेख गरिएको इतिहासको सबैभन्दा महान् एकल प्रेमको कार्य भयो । … त्यहाँ गेतसेमनेमा, परमप्रभुले ‘सबै मानिसहरूका पीडा सहनुभयो, ताकि सबै मानिसहरूले … पश्चात्ताप गर्न सक्छन् र उहाँकहाँ आउन सक्छन् [सिद्धान्त र करार १८:११] ।”

“यो कचौरा मबाट हटाउनुहोस्:” येशू ख्रीष्टले आग्रह गर्नुभयो, “यद्यपि मेरो चाहना होइन, परन्तु हजुरको, पूरा होस् ।

“अनि स्वर्गबाट ​​उहाँलाई मजबुत बनाउँदै उहाँकहाँ एक स्वर्गदूत देखा पर्नुभयो ।”

आज हामी सँग हाम्रा वरिपरि स्वर्गदूतहरू हुनुहुन्छ । अध्यक्ष नेल्सनले भन्नुभएको छ, “[मन्दिरमा,] स्वर्ग र पृथ्वी बीचको पर्दा कसरी विभाजन गर्ने, कसरी परमेश्वरका स्वर्गदूतहरूलाई तपाईंलाई सहयोग गर्नका लागि कसरी आग्रह गर्ने भनेर तपाईंले सिक्नुहुने छ ।”

स्वर्गदूतहरूले ज्योति ल्याउनुहुन्छ । परमेश्वरको ज्योति । उहाँका नफीहरूका प्रेरितहरूलाई येशूले भन्नुभयो, “म त्यही ज्योति हुँ जुन तिमीहरूले धारण गर्ने छौ ।” जब हामी हाम्रा अगमवक्तालाई समर्थन गर्छौँ, हामी गवाही दिन्छौँ कि उहाँलाई हाम्रा मुक्तिदाताद्वारा बोलावट गरिएको हो, जो “संसारको ज्योति …” हुनुहुन्छ ।

प्रिय अध्यक्ष नेल्सन, परमप्रभुको चर्चका सदस्यहरू र मित्रहरूका तर्फबाट, हामी तपाईंको शिक्षा ग्रहण गर्न पाउँदा, ख्रीष्टको जस्तो जीवनको तपाईंको उदाहरण ग्रहण गर्न पाउँदा र हाम्रा परमप्रभु र मुक्तिदाता, हामी सबैका उद्धारकर्ता हाम्रा परमप्रभु र मुक्तिदाताको उत्कट गवाही लाई ग्रहण गर्न पाउँदा हामी आशीषित भएको महसुस गर्छौँ ।

म येशू ख्रीष्ट “संसारको ज्योति…” हुनुहुन्छ भनी प्रेरितका रूपमा मेरो गवाही दिन्छु। उहाँका शिष्यहरूका रूपमा हामी सबै उहाँको ज्योतिलाई “धारण” गरौँ । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. हेर्नुहोस् सिद्धान्त र करार १:३८

  2. २ नफी ४:२०-२१

  3. हेर्नुहोस् रोनल्ड ए. रासब्याण्ड, “Words Matter,” Liahona, मे २०२४, ७०–७६ ।

  4. सिद्धान्त र करार ८१:५

  5. मोसीयाह १८:८-९

  6. ३ नफी १८:२४; जोड दिएर थपिएको

  7. रसेल एम्. नेल्सन, “Sustaining the Prophets,” Liahona, नोभेम्बर २०१४, ७५ ।

  8. मोसीयाह २:११

  9. हेर्नुहोस् सिद्धान्त र करार २१:६; ८१:५

  10. ह्यारोल्ड बी. ली, सम्मेलनको प्रतिवेदन, अक्टोबर १९७०, १५३ मा ।

  11. In “The Restoration of the Fulness of the Gospel of Jesus Christ: A Bicentennial Proclamation to the World,” मा भनिएको छ: “हामी खुसीसाथ घोषणा गर्छौं कि प्रतिज्ञा गरिएको पुनर्स्थापना निरन्तर प्रकाशका माध्यमबाट अगाडि बढ्छ । पृथ्वी पुनः यसपूर्व जस्तै कहिल्यै हुने छैन, किनकि परमेश्वरले ‘ख्रीष्टमा सबै विषयवस्तुलाई एकसाथ एकत्रित गर्नुहुने छ’ (एफिसी १:१०) ।”

  12. रसल एम्. नेल्सन, “The Future of the Church: Preparing the World for the Savior’s Second Coming,” Liahona, अप्रिल २०२०, ६–७ ।

  13. रसल एम्. नेल्सन, “Pure Truth, Pure Doctrine, and Pure Revelation,” Liahona, नोभेम्बर २०२१, ६ ।

  14. रसल एम्. नेल्सन, “The Power of Spiritual Momentum,” Liahona, मे २०२२, ९९ ।

  15. Dedicatory Prayer, Manti Utah Temple, 21 April 2024,” ChurchofJesusChrist.org.

  16. मोर्मोनको पुस्तकमा, अगमवक्ता मोर्मोनले आफ्ना छोरा मोरोनीलाई एक पत्रमा सान्त्वना दिने प्रयास गर्नुभयो । ख्रीष्टले तिमीलाई माथि उचालून् र उहाँका कष्टहरू र मृत्युले … तिम्रो मस्तिष्कमा सदासर्वदाका लागि आश्रय प्राप्त गरोस् ।(मोरोनी ९:२५) ।

  17. १८८८ मा मन्टी यूटा मन्दिरको समर्पण हुनुपूर्व, यूटामा दुई अन्य मन्दिरहरू यसपूर्व नै समर्पित भइसकेका थिए: १८७७ मा सेन्ट जर्ज यूटा मन्दिर र १८८४ मा लोगान यूटा मन्दिर । पुनर्स्थापनाको पहिलो मन्दिर कर्टल्याण्ड, ओहायोमा निर्माण गरिएको थियो र १८३६ मा समर्पण गरिएको थियो । सेवाहरू सहित महान् आत्मिक अभिव्यक्तिहरू प्रदान गरिए र मोशा, एलियास र एलियाहद्वारा पादरित्वका साँचाहरू पुनर्स्थापित् गरियो ताकि मन्दिरका कार्य र इस्राएलको एकीकरण उत्सुकता सहित प्रारम्भ गर्न सकियोस् ।

    जोसेफ स्मिथले अभिलेख गर्नुभयो, “यो पेन्टिकोस्ट थियो र वास्तवमा एक उपहार थियो, धेरै लामो समयसम्म स्मरण गरिने छ, किनकि यस दिनका घटनाहरूका सन्देशहरू सारा संसारमा बाँढिने र सुनिने छन् । यस स्थानबाट सारा संसारमा र यस दिनका यी घटनाहरू पवित्र ऐतिहासिक घटनाहरूका रूपमा सबै पुस्ताका लागि लेखिने छन् । पेन्टिकोस्टको दिन जस्तै ,यस दिनलाई गनिने छ र सर्वोच्च परमेश्वरका सन्तहरूका लागि जयन्ती वर्ष र रमाइलो गर्ने समयका रूपमा मनाइने छ” (Joseph Smith, Journal, 1835–1836, pp. 189–90, josephsmithpapers.org; spelling, capitalization, and punctuation modernized)। अधिकांश सन्तहरूले आफ्नो घर र समुदाय त्यागे पछि मे १८४६ मा नाभू मन्दिर आधिकारिक रूपमा समर्पित भएको थियो । ६,००० भन्दा बढी सन्तहरूले पश्चिमतर्फ भाग्नुपूर्व मन्दिरका करारहरू गर्नुभयो । (सुसमाचारको पुस्तकालयमा चर्चको इतिहासका विषयहरू “Nauvoo Temple,” हेर्नुहोस् ।)

  18. President Nelson Rededicates Manti Utah Temple,”मा रसल एम्. नेल्सन, अप्रिल २१, २०२४, Newsroom.ChurchofJesusChrist.org.

  19. स्कट टेलर, “A By-the-Numbers Look at the 168 Temples Announced by President Nelson,” Church News, अप्रिल १४, २०२४, thechurchnews.com ।

  20. रसल एम्. नेल्सन, “The Future of the Church,” ८–९ ।

  21. रसल एम्. नेल्सन, “The Temple and Your Spiritual Foundation,” Liahona, नोभेम्बर २०२१, ९३–९४ ।

  22. रसल एम्. नेल्सन, “Rejoice in the Gift of Priesthood Keys,” Liahona, मे २०२४, १२१ ।

  23. रसल एम्. नेल्सन, “The Atonement,” Ensign, नोभेम्बर १९९६, ३५ ।

  24. लूका २२:४२–४३

  25. रसल एम्. नेल्सन, “The Temple and Your Spiritual Foundation,” ९६ ।

  26. ३ नफी १८:२४

  27. ३ नफी ११:११

  28. ३ नफी ११:११