धर्मशास्त्रहरू
अल्मा ६३


अध्याय ६३

शिब्लोनले र पछि हेलामानले पवित्र अभिलेखहरूको अधीनमा लिन्छन्—धेरै नफीहरू उत्तरतर्फको भूमितिर यात्रा गर्छन्—हगोतले पानीजहाज बनाउँछन्, जुन पश्चिम समुन्द्रतिर जान्छ—मोरोनीहाहले लमानीहरूलाई लडाइँमा हराउँछन्। लगभग ई.पू. ५६–५२।

नफीका जन माथिको न्यायकर्ताहरूको शासनको छत्तीसौँ वर्षको प्रारम्भमा यस्तो हुन गयो कि, अल्माले हेलामानलाई हस्तान्तरण गरिएका ती पवित्र कुराहरूको शिब्लोनले अधीनमा लिए।

अनि उनी एक न्यायिक मानिस थिए र उनले परमेश्वरअगाडि सिधा भएर हिँडे; र उनले निरन्तर असल गर्न, परमप्रभु उनका परमेश्वरले दिएका आज्ञाहरू पालना गर्न ध्यान दिए; अनि उनका भाईले पनि त्यसै गरे।

अनि यस्तो हुन गयो कि मोरोनीको पनि मृत्यु भयो। अनि यसरी न्यायकर्ताहरूको शासनको छत्तीसौँ वर्षको अन्त्य भयो।

अनि यस्तो हुन गयो कि न्यायकर्ताहरूको शासनको सैँत्तीसौँ वर्षमा, त्यहाँ मानिसहरूको एक ठूलो समूह थियो, उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीहरूका साथ, पाँच हजार चार सय पुग्ने जति, जरहेम्लाको भूमिबाट उत्तरतर्फको भूमितर्फ प्रस्थान गरे।

अनि यस्तो हुन गयो कि हगोत, उनी एक अत्यन्त उत्सुक मानिस भएकोले, त्यसकारण उनी अघि गए र बाउन्टिफुल भूमिका सिमानाहरूमा, उजाड भूमि नजिक आफ्ना निम्ति एक अत्यन्त विशाल पानीजहाज बनाए र त्यसलाई पश्चिम समुन्द्रतिर, उत्तरतर्फ लैजाने सानो घाँटीनेर चलाउन सुरु गरे।

अनि हेर, त्यहाँ नफीहरूमध्ये धेरै थिए, जसले त्यसमा प्रवेश गरे र धेरै बन्दोबस्तीका सामानहरूका साथ अघि खियाए र धेरै आइमाईहरू र बालबालिकाहरू पनि; र उनीहरूले उत्तरतर्फको बाटो लिए। अनि यसरी सैत्तीसौँ वर्षको अन्त्य भयो।

अनि अठ्तीसौँ वर्षमा, यो मानिसले अरु पानीजहाजहरू बनाए। अनि पहिलो जाहज पनि फर्कियो र अरु धेरै मानिसहरू त्यसमा प्रवेश गरे; अनि उनीहरूले पनि धेरै बन्दोबस्तीका सामानहरू लगे र फेरि उत्तरतर्फको भूमितिर अगाडि प्रस्थान गरे।

अनि यस्तो हुन गयो कि उनीहरूका बारेमा अरु केही सुनिएन। अनि हामी अनुमान गर्छौँ कि उनीहरू समुन्द्रका गहिराइहरूमा डुबे। अनि यस्तो हुन गयो कि अर्को एउटा पानीजाहाज पनि अघि गयो; र उनी कहाँ गइन् हामीलाई थाहा छैन।

अनि यस्तो हुन गयो कि यो वर्षमा त्यहाँ धेरै मानिसहरू थिए जो उत्तरतर्फको भूमितिर अघि गए। अनि यसरी अठतीसौँ वर्षको अन्त्य भयो।

१० न्यायकर्ताहरूको शासनको उनन्चालीसौँ वर्षमा यस्तो हुन गयो, शिब्लोनको पनि मृत्यु भयो, अनि कोरियान्तोन एक पानीजाहाजमा उत्तरको भूमितिर त्यस भूमिमा गएका जनलाई बन्दोवस्तीका सामान पुऱ्याउन गएका थिए।

११ त्यसकारण शिब्लोनलाई, आफ्नो मृत्युभन्दा पहिले, ती पवित्र कुराहरू, हेलामानका छोरा, उनकै पिताका नाउँबाट नामाकरण गरिएका, हेलामानलाई प्रदान गर्न यो आवश्यक भयो।

१२ अब हेर, हेलामानका अधीनमा भएका ती सबै कुँदाइहरू लेखिएका थिए र अल्माद्वारा लैजान हुन्न भनि भनिएका ती भागहरू बाहेक सम्पूर्ण भूमि भरि मानिसका छोराछोरीहरूमाझ पठाइएको थियो।

१३ तैपनि, यी कुराहरू पवित्र राखिनु पर्ने र एक पिँढीदेखि अर्कोसम्म हस्तान्तरण गरिनु पर्ने थियो; त्यसकारण, यो वर्षमा, शिब्लोनको मृत्युअगाडि हेलामानलाई प्रदान गरिएको थियो।

१४ अनि यस वर्षमा यस्तो हुन गयो कि त्यहाँ केही भिन्न मतधारीहरू थिए जो लमानीहरू अघि गए; र उनीहरूलाई नफीहरूका विरुद्ध क्रोधमा फेरि उक्साइएको थियो।

१५ अनि सोही वर्षमा पनि उनीहरू एक अनगिन्ती सेनाका साथ मोरोनीहाहका जन, अर्थात् मोरोनीहाहका सेनाविरुद्ध युद्ध गर्न आए, जुनमा उनीहरूलाई हराइयो र ठूलो क्षति सहँदै उनीहरूका आफ्ना भूमिहरूतिर लखेटियो।

१६ अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको उनान्चालीसौँ वर्षको अन्त्य भयो।

१७ अनि यसरी अल्माको र उनका छोरा हेलामनको र शिब्लोन, जो उनका छोरा थिए, उनको पनि विवरण अन्त्य भयो।

प्रिन्ट गर्नुहोस्