धर्मशास्त्रहरू
सिद्धान्त र करार ८८


खण्ड ८८

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, डिसेम्बर २७ र २८, १८३२ र ३ जनवरी, १८३३ मा दिइएको प्रकाश । अगमवक्ताले यसलाई “‘जैतूनको पात’ भनेर तोकेका छन् … प्रमोदवनको रूखबाट उखेलिएको, हामीलाई परमप्रभुको शान्तिको सन्देश ।” एक सम्मेलनमा प्रधान पादरीहरूले “सियोनको निर्माणका सम्बन्धमा उहाँको चाहना हामीलाई प्रकट गर्न परमप्रभुलाई छुट्टै र उच्च स्वरमा प्रार्थना गरेपछि प्रकाश प्रदान गरिएको थियो ।”

१–५, आस्थावान् सन्तहरूले त्यो आश्वासी प्राप्त गर्छन्, जुन अनन्त जीवनको प्रतिज्ञा हो; ६–१३, सबै विषयहरू ख्रीष्टको ज्योतिद्वारा नियन्त्रित र प्रशासित छन्; १४–१६, पुनरुत्थान उद्धारद्वारा आउँछ; १७–३१, सेलेस्टियल, टेरेस्ट्रियल वा टेलेस्टियल नियमको आज्ञाकारिताले मानिसहरूलाई ती सम्बन्धित अधिराज्यहरू र महिमाहरूका लागि तयार पार्छ; ३२–३५, पापमा रहन चाहनेहरू अझै पनि फोहोरी रहन्छन्; ३६–४१, सबै अधिराज्यहरू नियमद्वारा प्रशासित छन्; ४२–४५, परमेश्वरले सबै विषयहरूका लागि नियम दिनुभएको छ; ४६–५०, मानिसले परमेश्वरलाई पनि बुझ्ने छ; ५१–६१, मानिसले आफ्ना सेवकहरूलाई खेतमा पठाएको र तिनीहरूलाई पालैपालो भेट्ने दृष्टान्त; ६२–७३, परमप्रभुको नजिक जाओ र तिमीहरूले उहाँको मुहार देख्ने छौ; ७४–८०, आफूलाई पवित्र बनाओ र एक अर्कालाई अधिराज्यका सिद्धान्तहरू सिकाओ; ८१–८५, चेतावनी दिइएका हरेक मानिसले आफ्नो छिमेकीलाई चेतावनी दिनु पर्छ; ८६–९४, सङ्केतहरू, तत्वहरूको उथलपुथल र स्वर्गदूतहरूले परमप्रभुको आगमनका लागि मार्ग तयार पार्छन्; ९५–१०२, अलौकिक तुरहीहरूले मृतकहरूलाई उनीहरूको दर्जामा बोलाउँछन्; १०३–११६, अलौकिक तुरहीहरूले सुसमाचारको पुनर्स्थापना, बेबिलोनको पतन र महान् परमेश्वरको युद्धको घोषणा गर्छन्; ११७–१२६, शिक्षा खोज, परमेश्वरको गृह (मन्दिर) स्थापना गर र परोपकारको बन्धनमा वस्त्र लगाओ; १२७–१४१, अगमवक्ताहरूको शिक्षालयका तरिकामा, पाउ धुने विधि सहित प्रस्तुत गरिएको छ ।

साच्चैँ नै, परमप्रभुले तिमीहरूलाई यसो भन्नुहुन्छ जसले तिमीहरूका सम्बन्धमा उहाँको चाहना प्राप्त गर्न आफैलाई एकसाथ एकत्रित गरेका छौ:

हेर, यो तिमीहरूका परमप्रभुलाई आनन्ददायक छ र स्वर्गदूतहरू तिमीहरूमा आनन्दित छन्; तिमीहरूका प्रार्थनाको दान सबाथका परमप्रभुको कानमा पुगेको छ र पवित्र मानिसहरूको नामको पुस्तकमा अभिलेख गरिएको छ, सेलेस्टियल संसारका तिनीहरूलाई समेत ।

यसकारण, म अब तिमीहरूलाई अर्को आश्वासी पठाउँछु, तिमीहरू मेरा मित्रहरूलाई समेत, ताकि यो तिमीहरूका हृदयमा रहन सक्ने छ, प्रतिज्ञाको पवित्र आत्मा समेत; अर्को आश्वासी जुन त्यही हो जुन मैले मेरा शिष्यहरूलाई प्रतिज्ञा गरेको थिएँ, जुन यूहन्नाको गवाहीमा अभिलेख गरिएको छ ।

यो आश्वासी प्रतिज्ञा हो जुन म अनन्त जीवनको, सेलेस्टियल अधिराज्यको महिमा समेत तिमीहरूलाई दिन्छु;

जुनमहिमा पहिलो जन्मेकाको चर्चको हो, परमेश्वरको समेत, सबै भन्दा पवित्र, उहाँका पुत्र येशू ख्रीष्टद्वारा—

उहाँ जसमाथि आरोहण गर्नुभयो, त्यसैगरी उहाँले सबै विषयहरू तल अवतरण गर्नुभयो, त्यसमा उहाँले सबै प्रसङ्गहरू बुझ्नुभयो, ताकि उहाँ सबैमा र सबै विषयहरूद्वारा सत्यको ज्योति हुन सक्नुहुन्छ;

जुन सत्य प्रज्वलित छ । यो ख्रीष्टको ज्योति हो । त्यसैगरी उहाँ सूर्यमा हुनुहुन्छ र सूर्यको ज्योतिमा पनि हुनुहुन्छ र त्यसको शक्ति जसद्वारा यो निर्माण गरिएको थियो ।

त्यसैगरी उहाँ चन्द्रमामा हुनुहुन्छ र चन्द्रमाको ज्योतिमा पनि हुनुहुन्छ र त्यसको शक्ति जसद्वारा यो निर्माण गरिएको थियो;

त्यसैगरी ताराहरूको ज्योति र तिनीहरूको शक्तिमा पनि, जसद्वारा तिनीहरू निर्माण गरिएका थिए;

१० अनि पृथ्वी पनि र यसको शक्ति, पृथ्वी समेत जसमाथि तिमीहरू खडा छौ ।

११ अनि ज्योति जुन चम्किन्छ, जसले तिमीहरूलाई ज्योति दिन्छ, त्यो उहाँद्वारा हो जसले तिमीहरूको आँखालाई ज्योति दिनुहुने छ, जुन उही ज्योति हो जसले तिमीहरूको समझलाई जीवित पार्ने छ;

१२ जुन ज्योति अन्तरिक्षको विशालतालाई भर्न परमेश्वरको उपस्थितिबाट बाहिर निस्कन्छ—

१३ ज्योति जो सबै विषयमा छ, जसले सबै विषयलाई जीवन दिन्छ, जुन नियम हो जसद्वारा सबै विषयहरू नियन्त्रित हुन्छन्, परमेश्वरको शक्ति समेत जो आफ्नो सिँहासनमा विराजमान हुनुहुन्छ, जो अनन्तको छातीमा हुनुहुन्छ, जो सबै विषयहरूको बीचमा हुनुहुन्छ ।

१४ अब, साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिमीहरूका लागि निर्माण गरिएको उद्धारद्वारा मृतकहरूबाट पुनरुत्थान ल्याइएको हो ।

१५ अनि आत्मा र शरीर मानिसका जीवात्मा हुन् ।

१६ अनि मृतकबाट पुनरुत्थान आत्माको उद्धार हो ।

१७ अनि आत्माको उद्धार उहाँद्वारा हो जसले सबै विषयहरूलाई जीवित पार्छ, जसको छातीमा यो निर्णय गरिएको छ कि पृथ्वीका गरिब र विनम्रहरू यसको उत्तराधिकारी हुने छन् ।

१८ त्यसकारण, यो सबै अधर्मबाट पवित्र हुनुपर्छ, ताकि यो सेलेस्टियल महिमाका लागि तयार हुन सक्ने छ;

१९ किनकि यसले आफ्नो सृष्टिको उद्देश्य पूरा गरिसकेपछि, परमेश्वर पिताको उपस्थितिमा समेत यसलाई महिमाको मुकुट लगाइने छ;

२० ती शरीरहरू जो सेलेस्टियल अधिराज्यका हुन् सदासर्वदाका लागि यो अधिकार हुन सक्छ; किनकि, यस उद्देश्यका लागि यो बनाइएको र सृष्टि गरिएको थियो र यस उद्देश्यका लागि तिनीहरू पवित्र परिएका छन् ।

२१ अनि तिनीहरू जो मैले तिमीहरूलाई दिएको नियम, ख्रीष्टको नियमद्वारा पवित्र गरिएनन्, उनीहरूले अर्को अधिराज्यको, एक टेरेस्ट्रियल अधिराज्यको वा टेलेस्टियल अधिराज्यको समेत उत्तराधिकार हुनु पर्छ ।

२२ किनकि जसले सेलेस्टियल अधिराज्यका नियम पालना गर्न सक्दैन उसले सेलेस्टियल महिमा पालना गर्न सक्दैन ।

२३ अनि जो टेरेस्ट्रियल अधिराज्यको नियम पालना गर्न सक्दैन, उसले टेरेस्ट्रियल अधिराज्यको महिमा पालना गर्न सक्दैन ।

२४ अनि जसले टेलेस्टियल अधिराज्यको नियम पालना गर्न सक्दैन उसले टेलेस्टियल अधिराज्यको महिमा पालना गर्न सक्दैन; त्यसकारण ऊ महिमाको अधिराज्यका लागि योग्य छैन । त्यसकारण ऊ एक अधिराज्यमा रहनु पर्छ जुन महिमाको अधिराज्य होइन ।

२५ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, पृथ्वीले सेलेस्टियल अधिराज्यको नियम पालना गर्छ, किनकि यसले आफ्नो सृष्टिको मापनलाई पूर्ण गर्छ र नियमलाई उल्लङ्घन गर्दैन—

२६ यसकारण, यो पवित्र पारिने छ; हो, यद्यपि यो मर्ने छ, यो पुनः जीवित पारिने छ र त्यो शक्ति रहने छ जसद्वारा यसलाई जीवित पारिएको छ र धर्मीहरू यसका उत्तराधिकारी हुने छन् ।

२७ किनकि यद्यपि तिनीहरू मर्छन्, तिनीहरू पुनः जीवित हुने छन्, एक आत्मिक शरीरका रूपमा ।

२८ तिनीहरू जो सेलेस्टियल आत्माका छन् तिनीहरूले उही शरीर प्राप्त गर्ने छन् जुन प्राकृतिक शरीर थियो; तिमीहरूले आफ्ना शरीरहरू पनि प्राप्त गर्ने छौ र तिमीहरूको महिमा त्यो महिमा हुने छ जसद्वारा तिमीहरूका शरीरहरू जीवित पारिने छन् ।

२९ तिमीहरू जो सेलेस्टियल महिमाको एक अंशद्वारा जीवित पारिएका छौ, त्यसपछि त्यहीँ एक पूर्णता समेत प्राप्त गर्ने छन् ।

३० अनि तिनीहरू जो टेरेस्ट्रियल महिमाको एक अंशद्वारा जीवित पारिएका छन् त्यसपछि त्यहीँ एक पूर्णता समेत प्राप्त गर्ने छन् ।

३१ अनि तिनीहरू पनि जो टेलेस्टियल महिमाको एक अंशद्वारा जीवित पारिने छन्, त्यसपछि त्यहीँ एक पूर्णता समेत प्राप्त गर्ने छन् ।

३२ अनि बाँकी रहेकाहरूलाई पनि जीवित पारिने छ; तैपनि, तिनीहरू पुनः आफ्नै स्थानमा फर्कने छन्, त्यसको आनन्द लिन जुन तिनीहरू प्राप्त गर्नका लागि इच्छुक छन्, किनभने तिनीहरू आनन्द लिन इच्छुक थिएनन् जुन तिनीहरूले प्राप्त गरेका हुन सक्छन् ।

३३ किनकि मानिसलाई उपहार दिइयो र उसले त्यो उपहार स्वीकार गरेन भने यसले उसलाई के लाभ गर्छ र? हेर, ऊ त्यसमा आनन्दित हुँदैन न त उहाँसँग आनन्दित हुन्छ जो उपहार दाता हुनुहुन्छ ।

३४ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, जो नियमद्वारा शासित हुन्छ त्यसलाई नियमद्वारा संरक्षित पनि गरिन्छ र त्यसैद्वारा परिपूर्ण र पवित्र पारिन्छ ।

३५ जसले नियम तोड्छ र नियमको पालना गर्दैन तर आफ्नै लागि नियम बन्न खोज्छ र पापमा रहन चाहन्छ र पूर्ण रूपमा पापमा रहन्छ र न नियमद्वारा, न दयाद्वारा, न न्यायद्वारा, न कानूनद्वारा निष्कलङ्क हुन सक्दछ । त्यसकारण, तिनीहरू अझै पनि फोहोरमा रहनु पर्छ ।

३६ सबै अधिराज्यहरूलाई एक नियम दिइएको छ;

३७ अनि त्यहाँ धेरै अधिराज्यहरू छन्; किनकि त्यहाँ कुनै स्थान छैन जहाँ अधिराज्य छैन; र त्यहाँ कुनै अधिराज्य छैन जहाँ कुनै स्थान छैन, या त ठूलो वा सानो अधिराज्य ।

३८ अनि हरेक अधिराज्यलाई एक नियम दिइएको छ; र प्रत्येक नियममा निश्चित सीमाहरू र सर्तहरू पनि छन् ।

३९ ती अवस्थाहरू पालना नगर्ने सबै प्राणीहरू न्यायोचित छैनन् ।

४० किनकि बुद्धिमानीले बुद्धिमानीलाई पालना गर्छ; ज्ञानले ज्ञानलाई स्वीकार गर्छ; सत्यले सत्यलाई अँगाल्छ; सद्गुणले सद्गुणलाई प्रेम गर्छ; ज्योतिले ज्योतिलाई पालना गर्छ; कृपाले कृपामा दया देखाउँछ र आफ्नो दावी गर्छ; न्यायले आफ्नो मार्गलाई निरन्तरता दिन्छ र आफ्नो दाबी गर्छ; सिंहासनमा विराजमान हुनुहुने र सबै विषयहरू शासन गर्ने र कार्यान्वयन गर्नेको मुहारका अगाडि न्याय हुन्छ ।

४१ उहाँले सबै विषयहरू बुझ्नुहुन्छ र सबै विषय उहाँसामु छन् र सबै विषय उहाँका वरिपरि छन्; र उहाँ सबै विषयहरू भन्दा माथि हुनुहुन्छ र सबै विषयहरूमा र सबै विषयहरूद्वारा हुनुहुन्छ र सबै विषयका वरिपरि हुनुहुन्छ; अनि सबै विषयहरू उहाँद्वारा छन् र उहाँबाट हुन्, परमेश्वरबाट समेत, सदा र सदासर्वदाका लागि ।

४२ अनि पुनः, म तिमीहरूलाई साच्चैँ नै भन्दछु, उहाँले सबै विषयहरूलाई एक नियम दिनुभएको छ, जसद्वारा तिनीहरू तिनीहरूको समय र मौसमहरूमा चल्छन्;

४३ अनि तिनीहरूका कक्षहरू निश्चित छन्, स्वर्ग र पृथ्वीका कक्षहरू समेत, जसले पृथ्वी र सबै ग्रहहरूलाई बुझ्छन् ।

४४ अनि तिनीहरूले एक-अर्कालाई तिनीहरूको समय र तिनीहरूको मौसममा, तिनीहरूको मिनेटमा, तिनीहरूका घण्टामा, तिनीहरूका दिनहरूमा, तिनीहरूका हप्ताहरूमा, तिनीहरूका महिनाहरूमा, तिनीहरूका वर्षहरूमा प्रकाश दिन्छन्—यी सबै परमेश्वरसँग एक वर्ष हुन् तर मानिसहरूसँग होइनन् ।

४५ पृथ्वी आफ्नो कक्षमा परिक्रमा गर्छ र सूर्यले दिनमा आफ्नो उज्यालो दिन्छ र चन्द्रमाले रातमा आफ्नो उज्यालो दिन्छ र ताराहरूले पनि आफ्नो प्रकाश दिन्छन् जसरी तिनीहरू आफ्नो महिमामा आफ्नो कक्षमा परिक्रमा गर्छन्, परमेश्वरको शक्तिको बीचमा ।

४६ म यी अधिराज्यहरूलाई केसँग तुलना गरूँ, ताकि तिमीहरूले बुझ्न सक्ने छौ?

४७ हेर, यी सबै अधिराज्यहरू हुन् र कुनै पनि मानिस जसले यीमध्ये कुनै वा कम्तीमा एकलाई देखेको छ परमेश्वरलाई आफ्नो महिमा र शक्तिमा घुमिरहेको देखेको छ ।

४८ म तिमीहरूलाई भन्छु, उसले उहाँलाई देखेको छ; तैपनि, जो आफ्नाहरूसामु आउनुभयो उहाँलाई नै ग्रहण गरिएन ।

४९ ज्योति अन्धकारमा चम्कन्छ र अन्धकारले यसलाई बुझ्दैन; तैपनि, त्यो दिन आउने छ जब उहाँमा र उहाँद्वारा जीवित भएर तिमीहरूले परमेश्वरलाई पनि बुझ्ने छौ ।

५० तब तिमीहरूले जानकारी प्राप्त गर्ने छौ कि तिमीहरूले मलाई देखेका छौ र म नै हुँ र म नै सत्य ज्योति हुँ जुन तिमीहरूमा छ र तिमीहरू ममा छौ; अन्यथा तिमीहरू उन्नति गर्न सक्दैनौ ।

५१ हेर, म यी अधिराज्यहरूलाई खेत भएको मानिससँग तुलना गर्ने छु र उनले आफ्ना सेवकहरूलाई खेत खन्न खेतमा पठाए ।

५२ अनि उनले पहिलोलाई भने: जाऊ र खेतमा परिश्रम गर र पहिलो घण्टामा म तिमीकहाँ आउने छु र तिमीले मेरो मुहारको खुसी देख्ने छौ ।

५३ अनि उसले दोस्रोलाई भने: तिमी पनि खेतमा जाऊ र दोस्रो घण्टामा म मेरो मुहारको खुसीले तिमीलाई भेट्ने छु ।

५४ अनि तेस्रोलाई पनि, यसो भन्दै: म तिमीलाई भेट्ने छु;

५५ अनि चौथोलाई र त्यस्तै गरी बाह्रौँलाई पनि ।

५६ अनि खेतका मालिक पहिलो घण्टामा पहिलोकहाँ गए र त्यो घण्टा उसँग बसे र ऊ आफ्नो मालिकको मुहारको ज्योतिले खुसी भयो ।

५७ अनि त्यसपछि उनले पहिलोलाई छोडे ताकि उनले दोस्रोलाई पनि भेट्न सक्छन् र त्यसै गरी तेस्रो, चौथो र त्यस्तै गरी बाह्रौँलाई पनि ।

५८ अनि यसरी तिनीहरू सबैले, प्रत्येक मानिसले आफ्नो घडीमा, आफ्नो समयमा र आफ्नो मौसममा, आफ्ना मालिकको मुहारको ज्योति पाए—

५९ पहिलोबाट सुरु गरेर र त्यस्तै गरी अन्तिम सम्म र अन्तिमबाट पहिलो र पहिलोबाट अन्तिमसम्म;

६० प्रत्येक मानिस आफ्नै दर्जामा, उसको समय पूरा नभएसम्म, जसरी उसको मालिकले उसलाई आज्ञा गरेअनुसार समेत, ताकि उसको मालिकले उसमा महिमा पाओस् र उसले उसको मालिकमा, ताकि तिनीहरू सबैको महिमा होस् ।

६१ त्यसकारण, यस दृष्टान्तमा म यी सबै अधिराज्यहरू र त्यहाँका बासिन्दाहरूलाई तुलना गर्ने छु—प्रत्येक अधिराज्यलाई यसको घडीमा र यसको समयमा र यसको मौसममा, परमेश्वरले बनाउनु भएको उर्दीअनुसार समेत ।

६२ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, मेरा मित्रहरू, म तिमीहरूलाई यी वचनहरू तिमीहरूका हृदयहरूमा मनन गर्नका लागि छोड्छु, म तिमीहरूलाई यो आज्ञा दिन्छु, ताकि म नजिक हुँदा तिमीहरूले मलाई पुकार्ने छौ—

६३ मेरो नजिक आओ र म तिमीहरूका नजिक आउने छु; लगनशीलताका साथ मलाई खोज र तिमीहरूले मलाई भेट्टाउने छौ; माग र तिमीहरूले प्राप्त गर्ने छौ; ढकढक्याओ र यो तिमीहरूका लागि उघारिने छ ।

६४ तिमीहरूले मेरो नाममा पितासँग जे माग्छौ त्यो तिमीहरूलाई दिइने छ, त्यो तिमीहरूका लागि उपयुक्त छ;

६५ अनि यदि तिमीहरूले केही माग्यौ भने जुन तिमीहरूका लागि उपयुक्त छैन, यो तिमीहरूको तिरस्कारमा परिणत हुने छ ।

६६ हेर, त्यो तिमीहरूले सुनेको उजाड स्थानमा कोही रुँदै गरेको आवाज जस्तै हो—उजाड स्थानमा किनभने तिमीहरूले उसलाई देख्न सक्दैनौ—मेरो वाणी, किनभने मेरो वाणी आत्मा हो; मेरो आत्मा सत्य हो; सत्य रहिरहन्छ र त्यसको अन्त्य हुँदैन; अनि यदि यो तिमीहरूमा छ भने त्यो वृद्धि हुने छ ।

६७ अनि यदि तिमीहरू मेरो महिमामा एकाग्र छौ भने, तिमीहरूको सम्पूर्ण शरीर ज्योतिले भरिने छ र तिमीहरूमा अन्धकार हुने छैन; र ज्योतिले भरिएको त्यो शरीरले सबै विषय बुझ्छ ।

६८ त्यसकारण, आफूलाई पवित्र बनाओ ताकि तिमीहरूका मस्तिष्कहरू परमेश्वरमा एकाग्र हुन्छन् र दिनहरू आउने छन् ताकि तिमीहरूले उहाँलाई देख्ने छौ; किनकि उहाँले आफ्नो मुहार तिमीहरूलाई खोल्नु हुने छ र यो उहाँको आफ्नै समयमा, आफ्नै तरिकामा र उहाँको चाहनाअनुसार हुने छ ।

६९ मैले तिमीहरूलाई गरेको महान् र अन्तिम प्रतिज्ञा सम्झ; तिमीहरूका व्यर्थ विचारहरू र तिमीहरूका अनावश्यक हाँसो आफूबाट टाढा फ्याँक ।

७० बिलम्ब गर, यस स्थानमा तिमीहरू बिलम्व गर र यो अन्तिम अधिराज्यमा प्रथम मजदुरहरू समेतको एक पवित्र सभा बोलाओ ।

७१ अनि जसलाई उनीहरूले आफ्नो यात्रामा चेतावनी दिएका छन् तिनीहरूले परमप्रभुलाई पुकार गर्नु पर्छ र तिनीहरूले प्राप्त गरेका चेतावनीलाई तिनीहरूका हृदयहरूमा केही समयका लागि मनन गर्नु पर्छ ।

७२ हेर र अवलोकन गर, म तिमीहरूका भेडाहरूको हेरचाह गर्ने छु र एल्डरहरू खडा गर्ने छु र तिनीहरूलाई पठाउने छु ।

७३ हेर, म मेरो कार्यको आफ्नो समायमा गति वृद्धि गर्ने छु ।

७४ अनि म तिमीहरूलाई, जो यस अन्तिम अधिराज्यमा प्रारम्भका श्रमिकहरू हुन्, एक आज्ञा दिन्छु ताकि तिमीहरू आफूहरूलाई एकसाथ एकत्रित गर र आफूहरूलाई सङ्गठित गर र आफूहरूलाई तयार पार र आफूहरूलाई पवित्र बनाओ; हो, तिमीहरूका हृदय शुद्ध पार र मेरासामु आफ्ना हात र पाउहरू सफा गर ताकि म तिमीहरूलाई शुद्ध पार्न सक्छु;

७५ ताकि म तिमीहरूका पिता, तिमीहरूका परमेश्वर र मेरा परमेश्वरलाई प्रमाणित गर्न सक्छु ताकि तिमीहरू यस पतीत सन्ततिहरूको रगतबाट शुद्ध छौ; ताकि म यो प्रतिज्ञा जब म चाहन्छु, पूरा गर्न सक्छु, यो महान् र अन्तिम प्रतिज्ञा, जुन मैले तिमीहरूलाई गरेको छु ।

७६ साथै, म तिमीहरूलाई एक आज्ञा दिन्छु ताकि तिमीहरूले यस समयदेखि प्रार्थना र उपवासलाई निरन्तरता दिने छौ ।

७७ अनि म तिमीहरूलाई एक आज्ञा दिन्छु ताकि तिमीहरूले एकअर्कालाई अधिराज्यका सिद्धान्त सिकाउने छौ ।

७८ तिमीहरूले लगनशीलताका साथ सिकाओ र मेरो अनुग्रहले तिमीहरूलाई साथ दिने छ, ताकि परिकल्पनामा, आधारभूत सिद्धान्तमा, सिद्धान्तमा, सुसमाचारको नियममा, परमेश्वरको अधिराज्यसँग सम्बन्धित सबै विषयहरूमा, तिमीहरूलाई पूर्ण रूपमा निर्देशन दिन सकिन्छ, जुन तिमीहरूलाई बुझ्नका लागि उपयुक्त छन्;

७९ स्वर्ग र पृथ्वी दुबै विषयहरूका र पृथ्वीमुनिका; ती विषयहरू जुन भइरहेका छन्, ती विषयहरू जुन छन्, ती विषयहरू जुन छिट्टै आउनु पर्छ; ती विषयहरू जुन घरमा छन्, ती विषयहरू जुन सीमाभन्दा बाहिर छन्; युद्धहरू र राष्ट्रहरूका व्याकुलताहरू र भूमिमा भएका न्यायहरू; र देशहरू र अधिराज्यहरूको एक ज्ञान पनि—

८० ताकि तिमीहरू सबै विषयमा तयार रहन सक्ने छौ जब मैले तिमीहरूलाई बोलावट गरेको बोलावटलाई सम्मान गर्न तिमीहरूलाई पुनः पठाउने छु अनि जुन सुसमाचारको प्रचारका साथ मैले तिमीहरूलाई अधिकार दिएको छु ।

८१ हेर, मैले तिमीहरूलाई मानिसहरूलाई गवाही दिन र चेतावनी दिन बाहिर पठाएँ र यो हरेक मानिसमा उपयुक्त हुन्छ जसलाई चेतावनी दिइएको छ उसले आफ्ना छिमेकीलाई चेतावनी दिनु पर्छ ।

८२ त्यसकारण, तिनीहरूलाई बिना बहाना छोडिएका छन् र तिनीहरूका पापहरू तिनीहरूका आफ्नै शिर माथि छन् ।

८३ जसले मलाई खोज्नमा लगनशील हुने छ उसले मलाई प्राप्त गर्ने छ र त्यागिने छैन ।

८४ त्यसकारण, बिलम्व गर र लगनशीलताका साथ परिश्रम गर, ताकि तिमीहरू अन्तिम पटक गैह्र यहूदीहरूका बीचमा जानका लागि आफ्नो सेवामा निपुण बन्न सक्षम हुन सक्छौ, जति जति परमप्रभुको मुखले नाम लिनुहुने छ, जुन आउने छ नियमलाई बाँध्न र गवाहीलाई मोहर लगाएर बन्द गर्न र फैसलाको समयका लागि सन्तहरूलाई तयार पार्न जुन आउने छ;

८५ ताकि तिनीहरूका आत्माहरू परमेश्वरको क्रोधबाट बच्न सक्छन्, यस संसारमा र आउने संसारमा, कुकर्मको उजाड जसले पतीतहरूलाई पर्खन्छ । साच्चैँ नै, म तिमीहरूलाई भन्छु, जो प्रारम्भिक एल्डरहरू होइनन् तिनीहरूलाई अङ्गुरको बगैँचामा रहन देऊ जबसम्म परमप्रभुको मुखबाट तिनीहरूलाई बोलावट गरिने छैन, किनकि तिनीहरूको समय अझै आएको छैन; तिनीहरूका वस्त्रहरू यस सन्ततिको रगतबाट शुद्ध छैनन् ।

८६ तिमीहरू लिबर्टीमा रहो जसद्वारा तिमीहरूलाई स्वतन्त्र गरिएको छ; आफू स्वयंलाई पापमा नपार तर परमप्रभु नआउँदा सम्म तिमीहरूका हातहरू सफा हुन देऊ ।

८७ किनकि अब धेरै दिनहरू छैनन् र पृथ्वी थरथर काप्ने छ र मातेको मानिस जस्तै यताउता हल्लिने छ; अनि सूर्यले आफ्नो मुहार लुकाउने छ र उज्यालो दिन अस्वीकार गर्ने छ; र चन्द्रमा रगतले नुहाउने छ; अनि ताराहरू असाध्यै क्रोधित हुने छन् र अञ्जिरको रूखबाट खस्ने अञ्जिर जस्तै आफूलाई निकाला गर्ने छन् ।

८८ अनि तिमीहरूको गवाही पछि मानिसहरूमाथि रीस र क्रोध आउँछ ।

८९ किनकि तिमीहरूका गवाही पछि भूकम्पको गवाही आउँछ, जसले उसको बीचमा आर्तनादहरू ल्याउने छ र मानिसहरू भुइँमा लड्ने छन् र खडा हुन सक्षम हुने छैनन् ।

९० अनि तिनीहरू स्वयंलाई सिमाभन्दा बाहिर निकाल्दै गर्जनको आवाज र चट्याङको आवाज र आँधीको आवाज र समुद्रका छालहरूको आवाजको गवाही पनि आउँछ ।

९१ अनि सबै विषयवस्तुहरू हल्लिने छन्; र निश्चय नै, मानिसहरूको हृदयले तिनीहरूलाई असफल पार्ने छ; किनकि सबै मानिसहरूमा भय आउने छ ।

९२ अनि स्वर्गदूतहरू स्वर्गको बीचबाट उड्ने छन्, ठूलो आवाजमा कराउँदै, परमेश्वरको तुरही फुक्दै, यसो भन्दै: तयार होऊ, तयार होऊ, हे पृथ्वीका बासिन्दाहरू; किनकि हाम्रा परमेश्वरको न्याय आएको छ । हेर र अवलोकन गर, दुलहा आउँदै हुनुहुन्छ; उहाँलाई भेट्न तिमीहरू बाहिर जाओ ।

९३ अनि तत्कालै स्वर्गमा एउटा ठूलो सङ्केत देखा पर्ने छ र सबै मानिसहरूले यसलाई सँगै देख्ने छन् ।

९४ अनि अर्का स्वर्गदूतले आफ्नो तुरही फुक्ने छन्, यसो भन्दै: त्यो विशाल चर्च, घृणितहरूकी जननी, जसले सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारको क्रोधको दाखमद्य पिउन लगायो, जसले परमेश्वरका सन्तहरूलाई सताउँछ, जसले तिनीहरूको रगत बगाउँछ—उनी जो धेरै पानीहरू र समुद्रका टापुहरूमा बस्छिन्—हेर, त्यो पृथ्वीको सामा हो; उनी मुठ्ठाहरूमा बाँधिएकी छिन्; तिनका बन्धनहरू मजबुत बनाइएका छन्, कुनै मानिसले तिनीहरूलाई खोल्न सक्दैन; त्यसकारण, उनी जलाइन तयार छिन् । अनि उनले आफ्नो तुरही लामो र चर्को आवाजमा फुक्ने छन् र सबै राष्ट्रहरूले त्यो सुन्ने छन् ।

९५ अनि स्वर्गमा आधा घण्टाका लागि मौनता हुने छ; र तत्कालै स्वर्गको पर्दा खोलिने छ, जसरी यसलाई केही समय पछि एक मुठ्ठो जस्तै खोलिन्छ र परमप्रभुको मुहार अनावरण गरिने छ;

९६ अनि पृथ्वीमा भएका सन्तहरू, जो जीवित छन्, उहाँलाई भेट्नका लागि जीवन्त पारिने छन् र समातिने छ ।

९७ अनि तिनीहरू जो आफ्ना चिहानहरूमा सुतेका छन् बाहिर आउने छन्, किनकि तिनीहरूका चिहानहरू खोलिने छन्; र तिनीहरूलाई पनि उहाँलाई स्वर्गको स्तम्भको बीचमा भेट्न समातिने छ—

९८ तिनीहरू ख्रीष्टका हुन्, पहिलो फलहरू, तिनीहरू जो उहाँसँग पहिले ओर्लने छन् र तिनीहरू जो पृथ्वीमा र तिनीहरूका चिहानहरूमा छन्, जसलाई उहाँलाई भेट्न पहिलो पटक टाढा लगिएका छन्; र यो सबै परमेश्वरका स्वर्गदूतको तुरहीको आवाजको ध्वनिद्वारा ।

९९ अनि त्यसपछि अर्का स्वर्गदूतले आवाज दिने छन्, जो दोस्रो तुरही हो; र त्यसपछि उहाँको आगमनमा ख्रीष्टका हुनेहरूको उद्धार आउँछ; जसले तिनीहरूका लागि तयार पारिएको कारागारमा आफ्नो पुरस्कार प्राप्त गरेका छन् ताकि तिनीहरूले सुसमाचार ग्रहण गर्न सक्छन् र मानिसहरू जस्तै शरीरमा न्याय गरिन सक्छन् ।

१०० अनि पुनः अर्को तुरही फुकिने छ, जुन तेस्रो तुरही हो; अनि त्यसपछि मानिसहरूका आत्माहरू आउँछन् जसलाई न्याय गरिनु पर्छ र तिरस्कार अन्तर्गत पाइन्छन्;

१०१ अनि बाँकी मृतकहरू यी हुन्; र हजार वर्षको अन्त्य नहुँदासम्म तिनीहरू पुनः जीवित हुने छैनन् न त पुनः, पृथ्वीको अन्त्य नभएसम्म ।

१०२ अनि अर्को तुरही फुकिने छ, जुन चौथो तुरही हो, यसो भन्दै: त्यहाँ ती महान् र अन्तिम दिनसम्म र अन्त्यसम्म समेत रहनु पर्नेहरूमध्ये भेटिने छन्, जो अझै पनि फोहोरी छन् ।

१०३ अनि अर्को तुरही फुकिने छ, जुन पाँचौँ तुरही हो, जुन पाँचौँ स्वर्गदूत हुन् जसले अनन्त सुसमाचार सुनाउँछन्—स्वर्गको बीचबाट उड्दै, सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू र जनहरूमा;

१०४ अनि यो उनको तुरहीको आवाज हुने छ, स्वर्ग र पृथ्वीमा र पृथ्वी मुनि भएका सबै मानिसहरूलाई यसो भन्दै—किनकि हरेक कानले यो सुन्ने छ र हरेक घुँडा टेकिने छ र हरेक जिब्रोले स्वीकार गर्ने छ; जब तिनीहरूले तुरहीको आवाज सुन्छन, यसो भन्दै: परमेश्वरसँग डराओ र सिंहासनमा विराजमान हुनुहुनेलाई सदासर्वदा महिमा देओ; किनकि उहाँको न्यायको समय आएको छ ।

१०५ अनि पुनः, अर्को स्वर्गदूतले आफ्नो तुरही फुक्ने छन्, जुन छैटौँ स्वर्गदूत हुन्, यसो भन्दै: उनी पतीत भएकी छिन् जसले सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारको क्रोधको दाखमद्य पिउन लगाइन्; उनी पतीत भइन्, पतीत भइन्!

१०६ अनि पुनः, अर्को स्वर्गदूतले आफ्नो तुरही फुक्ने छन्, जुन सातौँ स्वर्गदूत हुन्, यसो भन्दै: यो समाप्त भयो; यो समाप्त भयो! परमेश्वरको थुमाले दाखमद्य-कुण्डलाई, सर्वशक्तिमान् परमेश्वरको क्रोधको उग्रताको दाखमद्य-कुण्डलाई समेत एक्लै परास्त गर्नुभएको छ र कुल्चिदिनुभएको छ ।

१०७ अनि तब स्वर्गदूतहरूलाई उहाँको शक्तिको महिमाले मुकुट लगाइने छ र सन्तहरू उहाँको महिमाले भरिने छन् र तिनीहरूको उत्तराधिकार प्राप्त गर्ने छन् र उहाँसँग समान हुने छन् ।

१०८ अनि त्यसपछि पहिलो स्वर्गदूतले पुनः आफ्नो तुरही सबै जीवितहरूको कानमा फुक्ने छन् र मानिसहरूका गोप्य कार्यहरू र पहिलो हजार वर्षमा परमेश्वरका शक्तिशाली कार्यहरू प्रकट गर्ने छन् ।

१०९ अनि त्यसपछि दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुक्ने छन् र मानिसहरूका गोप्य कार्यहरू र तिनीहरूका हृदयका विचारहरू र अभिप्रायहरू र दोस्रो हजार वर्षमा परमेश्वरका शक्तिशाली कार्यहरू प्रकट गर्ने छन्—

११० अनि यस्तै गरी, सातौँ स्वर्गदूतले आफ्नो तुरही नफुकेसम्म; र उनी जमिन र समुद्रमा खडा हुने छन् र सिंहासनमा विराजमान हुनुहुनेको नाममा कसम खाने छन् कि अब समय हुने छैन; र शैतानलाई बाँधिने छ, त्यो पुरानो सर्प, जसलाई शैतान भनिन्छ र एक हजार वर्षको अन्तरालका लागि छोडिने छैन ।

१११ अनि त्यसपछि उसलाई केही समयका लागि छोडिने छ, ताकि उसले आफ्ना सेनाहरू एकत्रित गर्न सक्ने छ ।

११२ अनि मिखाएलले, सातौँ स्वर्गदूत, प्रधान स्वर्गदूत समेत, आफ्ना सेनाहरू, स्वर्गका सेनाहरू समेत एकत्रित गर्नुहुने छ ।

११३ अनि शैतानले आफ्ना सेनाहरू एकत्रित गर्ने छ; नरकका सेनाहरू समेत र मिखाएल र उहाँका सेनाहरू विरुद्ध लड्न आउने छ ।

११४ अनि त्यसपछि महान् परमेश्वरको युद्ध आउँछ; र शैतान र त्यसका सेनाहरूलाई तिनीहरूका आफ्नै स्थानमा फ्याँकिने छ, ताकि तिनीहरूले सन्तहरूमाथि कुनै पनि शक्ति प्राप्त गर्ने छैनन् ।

११५ किनकि मिखाएलले तिनीहरूको लडाइ लड्नुहुने छ र उसमाथि विजय प्राप्त गर्नुहुने छ जसले उहाँको सिंहासन खोज्छ, जो सिंहासनमा विराजमान हुनुहुन्छ, थुमा समेत ।

११६ यो परमेश्वरको महिमा र पवित्र गरिएको हो; अनि तिनीहरूले पुनः कहिल्यै मृत्यु देख्ने छैनन् ।

११७ त्यसकारण, साच्चैँ नै म तिमीहरूलाई भन्छु, मेरा मित्रहरू, मैले तिमीहरूलाई आज्ञा दिएअनुसार, एक सभा बोलाओ ।

११८ अनि जसरी सबैमा आस्था छैन, लगनशीलताका साथ खोज र एक-अर्कालाई ज्ञानका वचनहरू सिकाओ; हो, उत्कृष्ट पुस्तकहरूबाट ज्ञानका वचनहरू प्राप्त गर; शिक्षा प्राप्त गर, अध्ययन गरेर समेत र आस्थाद्वारा पनि ।

११९ आफूलाई व्यवस्थित गर; सबै आवश्यक विषयहरू तयार पार; र एक गृह, प्रार्थनाको गृह, उपवासको गृह, आस्थाको गृह, शिक्षाको गृह, महिमाको गृह, व्यवस्थाको गृह, परमेश्वरको गृह स्थापना गर समेत;

१२० ताकि तिमीहरूको आगमन परमप्रभुको नाममा हुन सक्छ; ताकि तिमीहरूको बहिर्गमन परमप्रभुको नाममा हुन सक्छ; ताकि तिमीहरूका सबै अभिवादनहरू परमप्रभुको नाममा हुन सक्छ, सर्वोच्चमा हात उठाएर ।

१२१ त्यसकारण, तिमीहरूका सबै निरर्थक भाषणहरूबाट टाढा होऊ, सबै हाँसोबाट, तिमीहरूका सबै अभिलाषापूर्ण चाहनाहरूबाट, तिमीहरूका सबै घमण्ड र तुच्छ अनि तिमीहरूका सबै क्षुद्र कार्यहरूबाट टाढा होऊ ।

१२२ तिमीहरूका बीचमा एक जना शिक्षक नियुक्त गर र सबै एकैपटक प्रवक्ता नहोऊ; तर एक पटकमा एकजनालाई बोल्न देऊ र सबैले उनका कथनहरू सुन ताकि जब सबैले बोलेका छन् ताकि सबैको आत्मिक वृद्धि हुन सक्छ र प्रत्येक मानिसलाई समान अवसर प्राप्त हुन सक्छ ।

१२३ हेर कि तिमीहरू एक-अर्कालाई प्रेम गर्छौ; लोभी हुन बन्द गर; सुसमाचारको आवश्यकताअनुसार एक अर्कालाई बाँढ्न सिक ।

१२४ निष्क्रिय हुन बन्द गर; अशुद्ध हुन छोड; एक अर्काको दोष खोज्न बन्द गर; आवश्यकता भन्दा बढी सुत्न बन्द गर; आफ्नो ओछ्यानमा छिटो सुत, ताकि तिमीहरू थाक्दैनौ; सबेरै उठ, ताकि तिमीहरूको शरीर र तिमीहरूको मस्तिष्कलाई ऊर्जा मिल्न सक्छ ।

१२५ अनि सबै विषयहरू भन्दा माथि, आफूलाई परोपकारको बन्धनमा वस्त्र जस्तै आवरण लगाओ, जुन परिपूर्णता र शान्तिको बन्धन हो ।

१२६ म नआउँदा सम्म तिमीहरू बेहोश नहोऊ भनेर सदैव प्रार्थना गर । हेर र अवलोकन गर, म छिट्टै आउने छु र तिमीहरूलाई आफैँमा ग्रहण गर्ने छु । आमीन ।

१२७ अनि पुनः, अगमवक्ताहरूको शिक्षालयको अध्यक्षताका लागि तयार पारिएको घरको रीत, तिनीहरूका लागि उपयुक्त हुने सबै विषयहरूमा तिनीहरूको निर्देशनका लागि स्थापित, चर्चका सबै विभागहरूका लागि समेत वा अर्को शब्दमा, चर्चमा सेवा गर्न बोलावट गरिएकाहरूलाई, प्रधान पादरीहरूबाट सुरु भई, डिकनहरूसम्म समेत—

१२८ अनि यो शिक्षालयको अध्यक्षताको घरको रीत हुने छ: अध्यक्ष वा शिक्षक नियुक्ति भएको व्यक्ति, उसका लागि तयार पारिएको घरमा आफ्नो स्थानमा खडा भएको हुनु पर्छ ।

१२९ त्यसकारण, उनी परमेश्वरको गृहमा पहिलो हुनु पर्छ, त्यो स्थानमा जहाँगृहको सभाले ठूलो स्वरमा नबोली उनका वचनहरू ध्यानपूर्वक र स्पष्ट रूपमा सुन्न सक्ने छन् ।

१३० अनि जब उनी परमेश्वरको गृहमा आउँछन्, किनकि उनी गृहमा पहिलो हुनु पर्छ—हेर, यो सुन्दर छ, कि उनी एउटा उदाहरण हुन सक्छन्—

१३१ उनले अनन्त करारको प्रतीक वा सम्झनामा परमेश्वरका अगाडि घुँडा टेकेर प्रार्थनामा आफैलाई अर्पण गरून् ।

१३२ अनि जब कोही उनी पछि भित्र आउँछन्, शिक्षकलाई उठ्न देऊ र स्वर्गमा उचालेका हातहरूले, हो, सिधै, आफ्ना बन्धु वा बन्धुहरूलाई यी शब्दहरूद्वारा अभिवादन गर्ने छौ:

१३३ तिमी भाइ हो कि बन्धु? म तिमीहरूलाई परमप्रभु येशू ख्रीष्टको नाममा अभिवादन गर्छ, अनन्त करारको प्रतीक वा सम्झनामा, जुन करारमा म तिमीहरूलाई सङ्गतिमा ग्रहण गर्छु, स्थिर, अचल र अपरिवर्तनीय दृढ सङ्कल्पमा, तिमीहरूको मित्र र बन्धु बन्न, प्रेमको बन्धनमा परमेश्वरको अनुग्रहद्वारा, परमेश्वरका सबै आज्ञाहरूमा निर्दोष भएर, कृतज्ञता प्रकट गर्दै सदा र सदासर्वदा हिँड्नका लागि । आमीन ।

१३४ अनि जो यो अभिवादनको अयोग्य मानिन्छ, उसले तिमीहरूका बीचमा स्थान प्राप्त गर्नु हुँदैन; किनकि तिमीहरूले उसद्वारा मेरो गृह अपवित्र पार्न दिनु हुँदैन ।

१३५ अनि जो भित्र आउँछन् र मेरासामु आस्थावान् हुन्छन् र एक हुन्छन् वा यदि तिनीहरू बन्धुहरू हुन्छन् भने, तिनीहरूले अध्यक्ष वा शिक्षकलाई स्वर्गमा हात उठाएर अभिवादन गर्ने छन्, यही प्रार्थना र करारका साथ वा आमीन भन्दै, त्यसैको प्रतीकमा ।

१३६ हेर, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, परमेश्वरको गृहमा, अगमवक्ताहरूको शिक्षालयमा एक-अर्कालाई अभिवादन गर्न तिमीहरूका लागि यो एक नमुना हो ।

१३७ अनि तिमीहरूलाई प्रार्थना र आभारद्वारा यो गर्न बोलावट गरिएको छ, जसरी परमप्रभुको गृह, अगमवक्ताहरूको शिक्षालयमा तिमीहरूका सबै कार्यहरूमा आत्माले बोल्ने छ ताकि यो एक आरक्षण, तिमीहरूलाई सुधार गर्ने पवित्र आत्माको एक पवित्र मण्डप बन्न सक्छ ।

१३८ अनि तिमीहरूमध्ये कसैलाई पनि यस सन्ततिको रगतबाट शुद्ध नभएसम्म यस शिक्षालयमा ग्रहण गरिने छैन;

१३९ अनि उनलाई पाउ धुने विधिद्वारा ग्रहण गरिनु पर्छ, किनकि यसका लागि पाउ धुने विधि स्थापना गरिएको थियो ।

१४० अनि पुनः, पाउ धुने विधि चर्चका अध्यक्ष वा अध्यक्षता गर्ने एल्डरद्वारा प्रशासन गरिनु पर्छ ।

१४१ यो प्रार्थनासँगै सुरू गरिनु पर्छ; र रोटी र दाखमद्य खाएपछि, उनले मेरो सम्बन्धमा यूहन्नाको गवाहीको तेह्रौँ अध्यायमा दिइएको नमुनाअनुसार आफ्नो कम्मर बेर्नु पर्छ । आमीन ।

प्रिन्ट गर्नुहोस्