धर्मशास्त्रहरू
सिद्धान्त र करार ९३


खण्ड ९३

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा मे ६, १८३३ मा दिइएको प्रकाश ।

१–५, आस्थावान् सबैले परमप्रभुलाई देख्ने छन्; ६–१८, परमेश्वरका पुत्रले पिताको महिमाको पूर्णता प्राप्त नगर्दासम्म अनुग्रहबाट अनुग्रहमा जानुभयो भनेर यूहन्नाले अभिलेख राखे; १९–२०, आस्थावान् मानिसहरूले अनुग्रहबाट अनुग्रहमा जाने, उनीहरूको पूर्णता पनि प्राप्त गर्ने छन्; २१–२२, ख्रीष्टद्वारा जन्माइएकाहरू पहिला जन्मेकाहरूका चर्च हुन्; २३–२८, ख्रीष्टले सबै सत्यको पूर्णता प्राप्त गर्नुभयो र आज्ञाकारिताद्वारा मानिसहरूले पनि त्यस्तै गर्न सक्छन्; २९–३२, मानिसहरू प्रारम्भमा परमेश्वरसँग थिए; ३३–३५, तत्वहरू अनन्त छन् र मानिसहरूले पुनरुत्थानमा आनन्दको पूर्णता प्राप्त गर्न सक्छन्; ३६–३७, परमेश्वरको महिमा ज्ञान हो; ३८–४०, बालबालिकाहरू ख्रीष्टको उद्धारका कारणले परमेश्वरसामु निर्दोष छन्; ४१–५३, नेतृत्व गर्ने बन्धुहरूलाई आफ्ना परिवारहरू व्यवस्थित गर्न आज्ञा दिइएको छ ।

साच्चैँ नै, परमप्रभु यसो भन्नुहुन्छ: यस्तो हुन जाने छ कि हरेक आत्मा जसले आफ्ना पापहरू त्यागेर मकहाँ आउँछ र मेरो नाम पुकार्छ र मेरो वाणी पालना गर्छ र मेरा आज्ञाहरू पालना गर्छ, उसले मेरो मुहार देख्ने छ र म नै हुँ भनी जान्दछ;

अनि म सत्य ज्योति हुँ जसले संसारमा आउने हरेक मानिसलाई उज्यालो दिन्छ;

अनि म पितामा छु र पिता ममा हुनु हुन्छ र पिता र म एक हौँ—

पिताले किनभने उहाँले मलाई उहाँको परिपूर्णता दिनुभयो र पुत्रले किनभने म संसारमा थिएँ र शरीरलाई मेरो मण्डप बनाएँ र मानिसहरूका बीचमा बसेँ ।

म संसारमा थिएँ र मेरा पिताबाट ग्रहण गरिएँ र उहाँका कार्यहरू स्पष्ट रूपमा प्रकट भएका थिए ।

अनि यूहन्नाले देखे र मेरो महिमाको परिपूर्णताको अभिलेख व्यक्त गरे र यूहन्नाको अभिलेखको परिपूर्णता यस पछि प्रकट गरिने छ ।

अनि तिनले यसो भन्दै अभिलेख व्यक्त गरे: मैले उहाँको महिमा देखेँ, कि उहाँ प्रारम्भमा हुनुहुन्थ्यो, संसार हुनुभन्दा पनि पूर्व;

त्यसकारण, प्रारम्भमा वचन थियो, किनकि उहाँ वचन हुनुहुन्थ्यो, मुक्तिको सन्देशवाहक समेत—

संसारको ज्योति र उद्धारकर्ता; सत्यको आत्मा, जो संसारमा आउनुभयो, किनभने संसार उहाँद्वारा निर्माण गरिएको थियो र उहाँमा मानिसहरूको जीवन र मानिसहरूको ज्योति थियो ।

१० संसारहरू उहाँद्वारा निर्माण गरिएका थिए; मानिसहरू उहाँद्वारा निर्माण गरिएका थिए; सबै विषयहरू उहाँद्वारा र उहाँमार्फत र उहाँबाट निर्माण गरिएका थिए ।

११ अनि म, यूहन्ना, अभिलेख गर्छु कि मैले उहाँको महिमा देखेको छु, पिताका जनमाइएका एक मात्रको महिमाका रूपमा, अनुग्रह र सत्यताले भरिएको, सत्यको आत्मा समेत, जो आएर शरीरमा वास गर्नुभयो र हामी बीचमा वास गर्नुभयो ।

१२ अनि म, यूहन्नाले देखेँ कि उहाँले सुरुमा परिपूर्णता प्राप्त गर्नुभएन तर अनुग्रहका लागि अनुग्रह प्राप्त गर्नुभयो;

१३ अनि उहाँले सुरुमा परिपूर्णता प्राप्त गर्नुभयो तर उहाँले परिपूर्णता प्राप्त नगर्दासम्म अनुग्रहबाट अनुग्रहमा निरन्तरता दिनुभयो;

१४ अनि यसरी उहाँलाई परमेश्वरका पुत्र भनियो, किनभने उहाँले पहिले परिपूर्णता प्राप्त गर्नुभएन ।

१५ अनि म, यूहन्ना, अभिलेख राख्छु र हेर, स्वर्गहरू खोलियो र पवित्र आत्मा ढुकुरको स्वरूपमा उहाँमाथि अवतरण गर्‍यो र उहाँमाथि बस्यो र स्वर्गबाट एक वाणी आयो यसो भन्दै: यी मेरा प्रिय पुत्र हुन् ।

१६ अनि म, यूहन्ना, उहाँले पिताको महिमाको परिपूर्णता प्राप्त गरेको विषय अभिलेख गर्छु;

१७ अनि उहाँले स्वर्ग र पृथ्वी दुबैमा सबै शक्ति प्राप्त गर्नुभयो र पिताको महिमा उहाँसँग थियो, किनकि उहाँ उहाँमा वास गर्नुभयो ।

१८ अनि यस्तो हुन जाने छ, कि यदि तिमीहरू आस्थावान् हुन्छौ भने तिमीहरूले यूहन्नाको अभिलेखको परिपूर्णता प्राप्त गर्ने छौ ।

१९ म तिमीहरूलाई यी वचनहरू दिन्छु ताकि तिमीहरूले बुझ्न र आराधना गर्ने तरिका बुझ्न सक्षम हुन सक्छौ र तिमीहरूले के आराधना गर्छौ भनेर जान्न सक्षम हुन सक्छौ, ताकि तिमीहरू मेरो नाममा पिताकहाँ आउन सक्षम हुन सक्छौ र उचित समयमा उहाँको परिपूर्णता प्राप्त गर्न सक्षम हुन सक्छौ ।

२० किनकि यदि तिमीहरूले मेरा आज्ञाहरू पालना गर्‍यौ भने तिमीहरूले उहाँको परिपूर्णता प्राप्त गर्ने छौ र म पितामा भए जस्तै ममा महिमित हुने छौ; त्यसकारण, म तिमीहरूलाई भन्छु, तिमीहरूले अनुग्रहको सट्टा अनुग्रह प्राप्त गर्ने छौ ।

२१ अनि अब, साच्चैँ नै म नै तिमीहरूलाई भन्छु, म प्रारम्भमा पितासँग थिएँ र म सर्वप्रथम जन्मेको हुँ;

२२ अनि मद्वारा जन्मिएका सबै उही महिमाका सहभागीहरू हुन् र पहिला जन्मेकाको चर्च हुन् ।

२३ तिमीहरू पनि प्रारम्भमा पितासँग थियौ; जुन आत्मा हो, सत्यको आत्मा समेत;

२४ अनि सत्य भनेको ती विषयहरूको ज्ञान हो जुन तिनीहरू छन्, तिनीहरू जस्तै थिए र तिनीहरू आउने छन्;

२५ अनि यो भन्दा धेरै वा कम जे छ त्यो दुष्टको आत्मा हो जो प्रारम्भ देखि झूटो थियो ।

२६ सत्यको आत्मा परमेश्वरको हो । म सत्यको आत्मा हुँ र यूहन्नाले मेरा सम्बन्धमा अभिलेख व्यक्त गरेका छन्, यसो भन्दै: उहाँले सत्यको परिपूर्णता प्राप्त गर्नुभयो, हो, सबै सत्यको समेत;

२७ अनि कुनै पनि मानिसले आफ्ना आज्ञाहरू पालना नगरेसम्म परिपूर्णता प्राप्त गर्दैन ।

२८ ऊ जसले आज्ञाहरू पालना गर्छ सत्य र ज्योति प्राप्त गर्छ, जबसम्म ऊ सत्यमा महिमित हुँदैन र सबै विषयहरू जान्दैन ।

२९ मानिस पनि प्रारम्भमा परमेश्वरसँग थियो । ज्ञान वा सत्यको ज्योति, सिर्जना वा निर्माण गरिएको थिएन, न त वास्तवमै हुन सक्छ ।

३० सबै सत्य त्यस क्षेत्रमा स्वतन्त्र छ जसमा परमेश्वरले यसलाई राख्नुभएको छ, आफ्ना लागि कार्य गर्न, सबै ज्ञान पनि; अन्यथा त्यहाँ कुनै अस्तित्व छैन ।

३१ हेर, यहाँ मानिसको छनोटको स्वतन्त्रता छ र यहाँ मानिसको तिरस्कार छ; किनभने जुन प्रारम्भदेखि थियो त्यो तिनीहरूसामु स्पष्ट रूपमा प्रकट भएको छ र तिनीहरूले ज्योति ग्रहण गर्दैनन् ।

३२ अनि हरेक मानिस जसको आत्माले ज्योति ग्रहण गर्दैन, दोषी ठहरिन्छ ।

३३ किनकि मानिस आत्मा हो । तत्वहरू अनन्त छन् र आत्मा र तत्व, अविभाज्य रूपमा जोडिएका, आनन्दको परिपूर्णता प्राप्त गर्छन्;

३४ अनि जब अलग हुन्छ, मानिसले आनन्दको परिपूर्णता प्राप्त गर्न सक्दैन ।

३५ तत्वहरू परमेश्वरका मण्डप हुन्; हो, मानिस परमेश्वरको मण्डप हो, मन्दिरहरू समेत; अनि जुन मन्दिर अपवित्र बनाइन्छ, परमेश्वरले त्यो मन्दिरलाई नष्ट गर्नुहुने छ ।

३६ परमेश्वरको महिमा ज्ञान हो वा अर्को शब्दमा, प्रकाश र सत्य हो ।

३७ ज्ञान र सत्यले त्यो दुष्टलाई त्याग्छ ।

३८ मानिसको हरेक आत्मा प्रारम्भमा निर्दोष थियो; र परमेश्वरले मानिसलाई पतनबाट छुट्कारा दिनुभएपछि, मानिसहरू पुनः, तिनीहरूको शिशु अवस्थामा, परमेश्वरसामु निर्दोष बने ।

३९ अनि त्यो दुष्ट आउँछ र अनाज्ञाकारिताद्वारा, मानिसहरूका छोराछोरीहरूबाट र तिनीहरूका पिता-पुर्खाहरूको परम्पराका कारणले प्रकाश र सत्य खोस्छ ।

४० परन्तु मैले तिमीहरूलाई आफ्ना छोराछोरीहरूलाई ज्ञान र सत्यतामा हुर्काउन आज्ञा दिएको छु ।

४१ परन्तु साच्चैँ नै म तिमीलाई भन्छु, मेरा सेवक फ्रेडरिक जी. विलियम्स्, तिमीले यो तिरस्कारमा निरन्तरता दिएका छौ;

४२ तिमीले आफ्ना छोराछोरीहरूलाई आज्ञाहरूअनुसार प्रकाश र सत्य सिकाएका छैनौ; र त्यो दुष्टको अझै पनि तिमीमाथि शक्ति छ र यो तिम्रो दुःखको कारण हो ।

४३ अनि अब म तिमीलाई एक आज्ञा दिन्छु—यदि तिमीलाई छुट्कारा दिइयो भने तिमीले आफ्नो घरलाई व्यवस्थित गर्नु पर्छ, किनकि त्यहाँ धेरै विषयहरू छन् जुन तिम्रो घरमा सही छैनन् ।

४४ साच्चैँ नै, म मेरा सेवक सिड्नी रिग्डनलाई भन्छु कि केही विषयहरूमा उनले आफ्ना छोराछोरीहरूका लागि आज्ञाहरू पालना गरेका छैनन्; त्यसकारण, सर्वप्रथम आफ्नो घर व्यवस्थित गर ।

४५ साच्चैँ नै, म मेरा सेवक जोसेफ स्मिथ जुनियरलाई भन्छु वा अर्को शब्दमा, म तिमीहरूलाई मित्रहरू भन्ने छु, किनकि तिमीहरू मेरा मित्रहरू हौ र तिमीहरूले मसँग उत्तराधिकार प्राप्त गर्ने छौ—

४६ मैले तिमीहरूलाई संसारका लागि सेवक भनेँ र तिमीहरू मेरा लागि तिनीहरूका सेवक हौ—

४७ अनि अब, साच्चैँ नै म जोसेफ स्मिथ जुनियरलाई भन्छु—तिमीले आज्ञाहरू पालना गरेका छैनौ र परमप्रभुका अगाडि हप्काइनु पर्छ;

४८ तिम्रो परिवारले पश्चात्ताप गर्नु र केही विषयहरू त्याग्नु आवश्यक छ र तिम्रो भनाइहरूमा थप गम्भीर भएर कान थाप्नु पर्छ अन्यथा तिनीहरूको स्थानबाट हटाइनु पर्छ ।

४९ म एकलाई जे भन्छु म सबैलाई त्यही भन्छु; सदैव प्रार्थना गर ताकि त्यो दुष्टको शक्ति तिमीमा नहोस् र तिमीलाई आफ्नो स्थानबाट हटाइयोस् ।

५० मेरा चर्चका एक बिशप, मेरा सेवक नुवल के. ह्विटनीलाई पनि, हप्काउनु पर्छ र उनको परिवारलाई व्यवस्थित गर्नु आवश्यक छ र तिनीहरू घरमा बढी लगनशील र चिन्तित छन् भनेर हेर्नु पर्छ र सदैव प्रार्थना गर्नु पर्छ अन्यथा तिनीहरूलाई तिनीहरूको स्थानबाट हटाइने छ ।

५१ अब, म तिमीहरूलाई भन्छु, मेरा मित्रहरू, मेरा सेवक सिड्नी रिग्डन उनको यात्रामा जानु पर्छ र हतार गर्नु पर्छ र मैले दिएको बोल्ने क्षमताअनुसार परमप्रभुको ग्रहणयोग्य वर्ष र मुक्तिको सुसमाचार पनि घोषणा गर्नु पर्छ; र तिम्रो आस्थाको प्रार्थनाले एक सहमतिमा म उनलाई समर्थन गर्ने छु ।

५२ अनि मेरा सेवकहरू जोसेफ स्मिथ जुनियर र फ्रेडरिक जी. विलियम्स् ले पनि हतार गर्नु पर्छ र यो तिनीहरूलाई आस्थाको प्रार्थनाअनुसार दिइने छ; र जति जति मेरा भनाइहरू पालना गर्छौ तिमीहरू यस संसारमा र आउने संसारमा खलबल पारिने छैनौ ।

५३ अनि, म तिमीहरूलाई साच्चैँ नै भन्छु, कि यो मेरो चाहना हो कि तिमीहरूले मेरा धर्मशास्त्रहरू अनुवाद गर्न हतार गर्नु पर्छ र इतिहास र देशहरू, अधिराज्यहरू, परमेश्वर र मानिसका नियमहरूका ज्ञान प्राप्त गर्न र यी सबै विषयहरू सियोनको मुक्तिका लागि हुन् । आमीन ।

प्रिन्ट गर्नुहोस्