धर्मशास्त्रहरू
सिद्धान्त र करार १०४


खण्ड १०४

अगमवक्ता जोसेफ स्मिथलाई, ओहायोको, कर्टल्याण्डमा वा नजिकै, अप्रील २३, १८३४ मा संयुक्त उद्यमका सम्बन्धमा दिइएको प्रकाश (हेर्नुहोस् खण्डको शीर्षकहरू ७८८२) । यो सम्भवतः संयुक्त उद्यमका सदस्यहरूको परिषद्को बैठकको अवसर थियो, जसले चर्चको अत्यावश्यक अस्थायी आवश्यकताहरूका सम्बन्धमा छलफल गरेको थियो । यसपूर्व अप्रील १० गते बसेको उद्यमको बैठकले संस्था विघटन गर्ने निर्णय गरेको थियो । यो प्रकाशले उद्यमलाई पुनर्गठन गर्न निर्देशन दिन्छ; यसको सम्पत्तिहरू उद्यमका सदस्यहरू बीच तिनीहरूको भण्डारको रूपमा बाँडिनु पर्छ । जोसेफ स्मिथको निर्देशनअन्तर्गत, “संयुक्त उद्यम” वाक्यांशलाई पछि प्रकाशमा “संयुक्त व्यवस्था”ले प्रतिस्थापन गरियो ।

१–१०, संयुक्त व्यवस्थाका विरुद्धमा उल्लङ्घन गर्ने सन्तहरूलाई श्राप दिइने छ; ११–१६, परमप्रभुले आफ्ना सन्तहरूलाई आफ्नै तरिकाले प्रबन्ध गर्नु हुन्छ; १७–१८, सुसमाचारको नियमले गरिबहरूको हेरचाहलाई नियन्त्रण गर्छ; १९–४६, विभिन्न बन्धुहरूको रखवारी र आशीर्वादहरू तोकिएका छन्; ४७–५३, कर्टल्याण्डमा संयुक्त व्यवस्था र सियोनमा व्यवस्था अलग कार्य गर्नका लागि हुन्; ५४–६६, परमप्रभुको पवित्र कोष धर्मशास्त्रको मुद्रणका लागि स्थापित् गरिएको छ; ६७–७७, संयुक्त व्यवस्थाको सामान्य कोष साझा सहमतिका आधारमा सञ्चालन गरिनु पर्छ; ७८–८६, संयुक्त व्यवस्थामा भएकाहरूले तिनीहरूको सबै ऋण तिर्नु पर्छ र परमप्रभुले तिनीहरूलाई आर्थिक बन्धनबाट छुट्कारा दिनु हुने छ ।

साच्चैँ नै म तिमीहरूलाई भन्छु, मेरा मित्रहरू, म तिमीहरूलाई सल्लाह र एक आज्ञा दिन्छु, सबै सम्पत्तिहरूका सम्बन्धमा, जुन व्यवस्थासँग सम्बन्धित छ जुन मैले सङ्गठित र स्थापित गर्न आज्ञा दिएको छु, संयुक्त व्यवस्था हुन र मेरो चर्चको लाभका लागि र म नआउञ्जेलसम्म मानिसहरूको मुक्तिका लागि चिरस्थायी व्यवस्था हुनका लागि—

स्थिर र अपरिवर्तनीय प्रतिज्ञाका साथ, ताकि जति जति मैले आज्ञा गरेकाहरू आस्थावान् थिए तिनीहरूले आशीर्वादहरूको बहुलताका साथ आशीषित हुनु पर्छ;

परन्तु जति जति तिनीहरू आस्थावान् भएनन् तिनीहरू श्रापको नजिक भए ।

त्यसकारण, जति जति मेरा केही सेवकहरूले आज्ञा पालना गरेका छैनन् तर स्वार्थ र जाली शब्दहरूद्वारा करार तोडेका छन्, मैले उनीहरूलाई धेरै पीडादायी र शोकमय श्राप दिएको छु ।

किनकि म, परमप्रभुले मेरो हृदयमा उर्दी जारी गरेको छु, कि व्यवस्थासँग सम्बन्धित कुनै पनि व्यक्ति अपराधी भेटिएमा वा अर्को शब्दमा, उनले बाँधिएको प्रतिज्ञा तोडेमा, उनलाई आफ्नो जीवनमा श्राप दिइने छ र म जसद्वारा चाहन्छु ऊद्वारा प्रताडित गरिइने छ;

किनकि यी विषयहरूमा म, परमप्रभुको उपहास गरिनु हुँदैन—

अनि यो सबै ताकि तिमीहरूमाझ निर्दोषहरूलाई अन्यायीहरूसँगै दोषी ठहर्‍याइनु हुँदैन; र तिमीहरूमध्येका दोषीहरू उम्कनु हुँदैन; किनभने म, परमप्रभुले तिमीहरूलाई मेरो दाहिने हातमा महिमाको मुकुट दिने प्रतिज्ञा गरेको छु ।

त्यसकारण, जति जति तिमीहरू उल्लङ्घनकारी भेटिन्छौ, तिमीहरूले आफ्नो जीवनमा मेरो क्रोधबाट बच्न सक्दैनौ ।

जति जति तिमीहरूलाई उल्लङ्घनका लागि अलग्याइन्छ, तिमीहरू उद्धारको दिनसम्म शैतानको यातनाबाट बच्न सक्दैनौ ।

१० अनि म अब तिमीहरूलाई यही क्षणबाट शक्ति दिन्छु, कि यदि तिमीहरूमध्ये कुनै मानिस, रीतको, एक उल्लङ्घनकारी पत्ता लाग्यो र दुष्टताबाट पश्चात्ताप गर्दैन, ताकि तिमीहरूले उनलाई शैतानको यातनामा सुम्पिने छौ; अनि तिमीहरूमाथि विपत्ति ल्याउने शक्ति उससँग हुने छैन ।

११ यो ममा ज्ञान हो; त्यसकारण, म तिमीहरूलाई एक आज्ञा दिन्छु, ताकि तिमीहरूले आफुस्वयम् लाई व्यवस्थित गर्नु पर्छ र प्रत्येक मानिसलाई आफ्नो रखवारी नियुक्त गर्नु पर्छ;

१२ ताकि हरेक मानिसले उनलाई नियुक्त गरेको रखवारीको विवरण मलाई दिन सक्छ ।

१३ किनकि यो उचित छ कि म, परमप्रभुले हरेक मानिसलाई जवाफदेही बनाउनु पर्छ, सांसारिक आशीर्वादहरूमा रखवारीका रूपमा, जुन मैले मेरा प्राणीहरूका लागि निर्माण गरेको र तयार पारेको छु ।

१४ म, परमप्रभुले स्वर्गहरू फैलाएको छु र पृथ्वी निर्माण गरेको छु, मेरो आफ्नै हस्तकला; र त्यहाँ भएका सबै वस्तुहरू मेरा हुन् ।

१५ अनि मेरा सन्तहरूलाई उपलब्ध गराउनु मेरो उद्देश्य हो किनकि सबै विषयवस्तुहरू मेरा हुन् ।

१६ परन्तु यो मेरो आफ्नै तरिकाले गर्न आवश्यक छ; अनि हेर यो तरिका हो कि म, परमप्रभुले मेरा सन्तहरूका लागि उपलब्ध गर्न उर्दी जारी गरेको छु, ताकि गरिबहरूलाई उच्च पारिने छ, जुनद्वारा धनीहरूलाई निम्न बनाइन्छ ।

१७ किनकि पृथ्वी भरिपूर्ण छ र त्यहाँ पर्याप्त र बाँकी छ; हो, मैले सबै विषयवस्तुहरू तयार पारेँ र मानिसहरूका छोराछोरीहरूलाई तिनीहरू स्वयम् का लागि प्रतिनिधि हुन दिएँ ।

१८ त्यसकारण, यदि कुनै मानिसले मैले निर्माण गरेको प्रशस्तताबाट लिन्छ र मेरो सुसमाचारको नियमानुसार, गरिब र आवश्यकतामा परेकाहरूलाई आफ्नो अंश बाँड्दैन भने, उसले क्षुद्रहरूसँग यातनामा नरकमा आफ्नो आँखा उठाउने छ ।

१९ अनि अब, साच्चैँ नै, त्यस व्यवस्थाको सम्पत्तिहरूका सम्बन्धमा म तिमीहरूलाई भन्छु—

२० मेरा सेवक सिड्नी रिग्डनले उनलाई हाल बसेको स्थान र उनको रखवारीका लागि छालाको कार्य गर्ने स्थान, मेरो अङ्गुरको बगैँचामा परिश्रम गरिरहेको समयमा उनको सहयोगका लागि नियुक्त गरिएको हुनु पर्छ, मैले चाहना गरेअनुसार समेत जब म उनलाई आज्ञा दिने छु ।

२१ अनि सबै विषयहरू व्यवस्थाको सल्लाह र संयुक्त सहमति अथवा व्यवस्थाको आवाजअनुसार गरिनु पर्छ जो कर्टल्याण्डको भूमिमा बस्छन् ।

२२ अनि यो रखवारी र आशीर्वाद, म, परमप्रभु, मेरा सेवक सिड्नी रिग्डनलाई उनी र तिनी पछिका उनका सन्ततिलाई आशीर्वादका रूपमा प्रदान गर्छु;

२३ अनि जति जति उनी मेरा अगाडि विनम्र हुने छन् म उनलाई धेरै आशीर्वाद खन्याउने छु ।

२४ अनि पुनः, मेरा सेवक मार्टिन ह्यारिसले उनको रखवारीका लागि त्यो जमीनको टुक्रा आफूलाई नियुक्त गरेको हुनु पर्छ, जुन मेरा सेवक जोन जोन्सनले उनको पुरानो उत्तराधिकारको बदलामा प्राप्त गरेको थियो, उनका लागि र उनी पछिका उनका सन्ततिहरूका लागि;

२५ अनि जति जति उनी आस्थावान् हुन्छन्, म उनलाई र तिनी पछिका उनका सन्ततिहरूलाई धेरै आशीर्वाद खन्याउने छु ।

२६ अनि मेरा सेवक मार्टिन ह्यारिसले मेरा सेवक जोसेफ स्मिथ जुनियरको निर्देशनअनुसार, मेरा वचनहरूको घोषणाका लागि आफ्नो पैसा खर्च गर्नु पर्छ ।

२७ अनि पुनः, मेरा सेवक फ्रेडरिक जी. विलियम्सलाई त्यो स्थान दिइनु पर्छ जहाँ उनी अहिले बस्छन् ।

२८ अनि मेरा सेवक ओलिभर काउड्रीलाई त्यो स्थान दिइनु पर्छ जुन घरको छेउमा छ, जुन मुद्रण कार्यालयका लागि हुनु पर्छ, जुन जमीन सङ्ख्या एक हो र उनका पिता बस्ने स्थान पनि दिइनु पर्छ ।

२९ अनि मेरा सेवकहरू फ्रेडरिक जी. विलियम्स् र ओलिभर काउड्रीलाई मुद्रण कार्यालय र यससँग सम्बन्धित सबै कार्यहरू दिइनु पर्छ ।

३० अनि यो तिनीहरूको रखवारी हुने छ जुन तिनीहरूलाई नियुक्त गरिनु पर्छ ।

३१ अनि जति जति तिनीहरू आस्थावान् हुन्छन्, हेर म तिनीहरूलाई आशीर्वाद दिने छु र धेरै आशीर्वादहरू खन्याउने छु ।

३२ अनि यो रखवारीको प्रारम्भ हो जुन मैले तिनीहरूलाई नियुक्त गरेको छु, तिनीहरू र तिनीहरू पछिका तिनीहरूका सन्ततिहरूका लागि ।

३३ अनि जति जति तिनीहरू आस्थावान् हुन्छन्, म तिनीहरूलाई र तिनीहरू पछिका तिनीहरूका सन्ततिहरूलाई धेरै आशीर्वाद खन्याउने छु, आशीर्वादहरूको बहुलता समेत ।

३४ अनि पुनः, मेरा सेवक जोन जोन्सनलाई उनी बसेको घर र उत्तराधिकार दिइनु पर्छ, मेरा गृहहरूको निर्माणका लागि आरक्षित गरिएको जमीन बाहेक सबै, जुन त्यो उत्तराधिकारसँग सम्बन्धित छ र ती जमीनहरू बाहेक जुन मेरा सेवक ओलिभर काउड्रीका लागि तोकिएको छ ।

३५ अनि जति जति उनी आस्थावान् हुन्छन्, म उनलाई धेरै आशीर्वाद खन्याउने छु ।

३६ अनि यो मेरो चाहना हो ताकि उनले मेरा सन्तहरूको सहरको निर्माणका लागि राखिएका जमीनहरू बेच्नु पर्छ, जति जति यो उनलाई आत्माको आवाजद्वारा र व्यवस्थाको सल्लाहअनुसार र व्यवस्थाको आवाजद्वारा जानकारी दिइने छ ।

३७ अनि यो रखवारीको प्रारम्भ हो जुन मैले उनलाई नियुक्त गरेको छु, उनी र उनीपछि उनका सन्ततिहरूका आशीर्वादका लागि ।

३८ अनि जति जति उनी आस्थावान् हुन्छन्, म उनलाई आशीर्वादहरूको बहुलताले आशीष खन्याउने छु ।

३९ अनि पुनः, मेरा सेवक नुवल के. ह्विट्नीलाई उनी अहिले बसेको घरहरू र जमीनमा अनि व्यवसायिक प्रतिष्ठान खडा भएको जमीन र भवन र व्यापारिक स्थापनाको दक्षिण कुनामा रहेको जमीन पनि र कारखाना रहेको जमीन पनि नियुक्त गरिएको हुनु पर्छ ।

४० अनि यी सबै मैले मेरो सेवक नुवल के. ह्विट्नीलाई रखवारीका लागि नियुक्त गरेको छु, उनी र उनी पछि उनका सन्ततिहरूलाई आशीर्वादका लागि, मेरो व्यवस्थाको व्यवसायिक स्थापनाको लाभका लागि जुन मैले कर्टल्याण्डको भूमिमा मेरो किलाको स्थापनाका लागि गरेको छु ।

४१ हो, साच्चैँ नै, यो त्यही रखवारी हो जसमा मैले मेरा सेवक एन के. ह्विट्नीलाई यो सम्पूर्ण व्यवसायिक स्थापना पनि, उनी र उनका प्रतिनिधि र उनी पछि उनका सन्ततिहरूलाई नियुक्त गरेको छु ।

४२ अनि जति जति मेरा आज्ञाहरू पालना गर्नमा उनी आस्थावान् छन् जुन मैले उनलाई दिएको छु, म उनलाई र उनका सन्ततिहरूलाई धेरै आशीर्वाद खन्याउने छु, आशीर्वादहरूको बहुलता समेत ।

४३ अनि पुनः, मेरा सेवक जोसेफ स्मिथ जुनियर, उनलाई मेरो गृहको निर्माणका लागि राखिएको जमीनमा, जुन दुई सय मिटर लामो र साठी मिटर चौडा छ र उनका पिता हाल बस्ने जमीनमा पनि नियुक्त गरिनु पर्छ;

४४ अनि यो रखवारीको प्रारम्भ हो जुन मैले उनलाई नियुक्त गरेको छु, उनी र उनका पितालाई आशीर्वादका लागि ।

४५ किनकि हेर, मैले उनका पिताका लागि, उनको सहयोगका लागि उत्तराधिकार सुरक्षित गरेको छु; त्यसकारण उनलाई मेरा सेवक जोसेफ स्मिथ जुनियरको घरमा गणना गरिने छ ।

४६ अनि मेरा सेवक जोसेफ स्मिथ जुनियर जति जति आस्थावान् हुन्छन्, म उनको घरमा धेरै आशीर्वादहरू खन्याउने छु, आशीर्वादहरूको बहुलता समेत ।

४७ अनि अब, सियोनका सम्बन्धमा म तिमीहरूलाई एक आज्ञा दिन्छु, ताकि तिमीहरू अब उप्रान्त सियोनका आफ्ना बन्धुहरूसँग संयुक्त व्यवस्थाका रूपमा बाँधिने छैनौ, यस प्रकारले मात्र—

४८ तिमीहरू सङ्गठित भएपछि, तिमीहरूलाई कर्टल्याण्ड सहरको सियोनको किलाको संयुक्त व्यवस्था भनिनु पर्छ । अनि तिमीहरूका बन्धुहरू, तिनीहरू सङ्गठित भएपछि, सियोनको सहरको संयुक्त व्यवस्था भनिनु पर्छ ।

४९ अनि तिनीहरू आ-आफ्नै नाममा र तिनीहरूका आफ्नै नामहरूमा सङ्गठित हुनु पर्छ; अनि तिनीहरूले आफ्नै नाममा र आ-आफ्नै नामहरूमा तीनको व्यवसाय गर्नु पर्छ;

५० अनि तिमीहरूले आफ्नो व्यवसाय आफ्नो आधिकारिक नाममा र आ-आफ्नै आधिकारिक नामहरूमा गर्नु पर्छ ।

५१ अनि मैले यो तिमीहरूको मुक्तिका लागि र तिनीहरूको मुक्तिका लागि पनि गर्न आज्ञा दिएको छु, फलस्वरूप तिनीहरूलाई निष्काशन गरिएमा र भविष्यमा हुने विषयका लागि ।

५२ उल्लङ्घन, लोभ र जालीसाजीका शब्दहरूद्वारा करारहरू भङ्ग भएका हुनाले—

५३ त्यसकारण, तिमीहरू आफ्ना बन्धुहरूसँग संयुक्त व्यवस्थाको रूपमा विघटन भएका छौ, कि तिमीहरू उनीहरूसँग केवल यस क्षणसम्म मात्रै दायित्वमा छैनौ, यस प्रकारले मात्र, मैले भनेजस्तै, परिषद् मा यस व्यवस्थाद्वारा सहमत हुने ऋणद्वारा, तिमीहरूको परिस्थितिहरूले अनुमति दिएअनुसार र परिषद्को आवाजले निर्देशन दिएअनुसार ।

५४ अनि पुनः, म तिमीहरूलाई आज्ञा दिन्छु तिमीहरूको रखवारीका सम्बन्धमा जुन मैले तिमीहरूलाई नियुक्त गरेको छु ।

५५ हेर, यी सबै सम्पत्तिहरू मेरा हुन्, अन्यथा तिमीहरूको आस्था व्यर्थ छ र तिमीहरू ढोँगीहरू हौ र तिमीहरूले मसँग गरेका करारहरू भङ्ग भएका छन्;

५६ अनि यदि सम्पत्तिहरू मेरा हुन् भने तिमीहरू रखवालाहरू हौ; अन्यथा तिमीहरू रखवालाहरू होइनौ ।

५७ परन्तु, साच्चैँ नै म तिमीहरूलाई भन्छु, मैले तिमीहरूलाई मेरो गृहमा रखवालाहरू हुन नियुक्त गरेको छु, वास्तवमा रखवालाहरू समेत ।

५८ अनि यस उद्देश्यका लागि मैले तिमीहरूलाई आफूलाई व्यवस्थित गर्न आज्ञा दिएको छु, मेरा शब्दहरू छाप्नका लागि समेत, मेरा धर्मशास्त्रहरूको परिपूर्णता, जुन प्रकाशहरू मैले तिमीहरूलाई दिएको छु र जुन म पछि, समय-समयमा तिमीहरूलाई दिन्छु—

५९ मेरो चर्च र पृथ्वीमा राज्य निर्माण गर्ने उद्देश्यका लागि र मेरा जनहरूलाई त्यस समयका लागि तयार पार्न जब म तिनीहरूसँग बस्ने छु, जुन नजिकै छ ।

६० अनि तिमीहरूले आफूस्वयम् का लागि एउटा कोषका लागि स्थान तयार गर्नु पर्छ र यसलाई मेरो नाममा समर्पित गर्नु पर्छ ।

६१ अनि तिमीहरूले कोष राख्नका लागि तिमीहरूमध्ये एक जनालाई नियुक्त गर्नु पर्छ र उनलाई यो अनुग्रहका लागि नियुक्त गरिनु पर्छ ।

६२ अनि कोषमा मोहर लगाइनु पर्छ र सबै पवित्र आज्ञाहरू कोषमा राखिनु पर्छ; अनि तिमीहरूमध्ये कसैले पनि यसलाई वा यसको कुनै अंश आफ्नो भन्नु हुँदैन, किनकि यो एकै सहमतिमा तिमीहरू सबैको हुनु पर्छ ।

६३ अनि म यही क्षणबाट तिमीहरूलाई दिन्छु; र अब सुनिश्चित गर कि तिमीहरू जान्छौ र मैले तिमीहरूलाई नियुक्त गरेको रखवारीको प्रयोग गर्छौ, ती पवित्र वचनहरू बाहेक, यी पवित्र आज्ञाहरू छाप्ने उद्देश्यका लागि मैले भनेको छु ।

६४ अनि पवित्र आज्ञाहरूबाट भएका लाभहरू कोषमा राखिनु पर्छ र त्यसमा मोहर लगाइनु पर्छ; र यो कसैद्वारा पनि प्रयोग गरिनु हुँदैन वा कोषबाट बाहिर निकालिनु हुँदैन, न त त्यसमा रखिएको मोहर खोलिनु हुन्छ, केवल व्यवस्थाको आवाज वा आज्ञाद्वारा मात्र ।

६५ अनि यसरी तिमीहरूले पवित्र र विशुद्ध उद्देश्यहरूका लागि, कोषमा भएका पवित्र आज्ञाहरूका लाभहरू सुरक्षित राख्नु पर्छ ।

६६ अनि यसलाई परमप्रभुको पवित्र कोष भनिने छ; र त्यसमा मोहर लगाइनु पर्छ ताकि यो पवित्र र परमप्रभुका निम्ति समर्पित हुन सक्छ ।

६७ अनि पुनः, त्यहाँ अर्को कोष तयार हुनु पर्छ र कोषको निरीक्षण गर्नका लागि एक कोषाध्यक्ष नियुक्त गरिनु पर्छ र त्यसमा मोहर लगाइनु पर्छ;

६८ अनि मैले तिमीहरूलाई नियुक्त गरेका सम्पत्तिहरूमा थप गरेर, घरहरूमा वा जमीनहरूमा वा गाईवस्तुहरूमा वा सबै सामग्रीहरूमा, मैले सुरक्षित राखेका पवित्र र शुद्ध लेखहरू बाहेक तिमीहरूले आफ्नो रखवारीमा प्राप्त गर्ने सबै पैसाहरू पवित्र र विशुद्ध उद्देश्यका लागि तिमीहरूले पैसा प्राप्त गर्ना साथ, सय वा पचास वा बीस वा दश वा पाँचहरू तत्कालै कोषमा हालिनु पर्छ ।

६९ अथवा अर्को शब्दमा, यदि तिमीहरूमध्ये कुनै मानिसले पाँच डलर प्राप्त गर्छ भने त्यो उसले कोषमा हाल्नु पर्छ; अथवा यदि उसले दश, बीस, पचास वा एक सय प्राप्त गर्छ भने, उसले त्यसै गर्नु पर्छ;

७० अनि तिमीहरूमध्ये कसैले पनि यो तिनको आफ्नै हो भनी भन्नु हुँदैन; किनकि यसलाई वा यसको कुनै अंश उनको भनिनु हुँदैन ।

७१ अनि त्यहाँ व्यवस्थाको आवाज र साझा सहमतिद्वारा बाहेक यसको कुनै अंश प्रयोग गरिनु वा कोषबाट निकालिनु हुँदैन ।

७२ अनि यो व्यवस्थाको आवाज र साझा सहमति हुने छ—कि तिमीहरू मध्ये कुनै पनि मानिसले कोषाध्यक्षलाई भन: मलाई मेरो रखवारीमा सहयोग गर्न यो आवश्यक छ—

७३ यदि यो पाँच डलर होस् वा यदि यो दस डलर वा बीस वा पचास वा एक सय होस्, कोषाध्यक्षले तिनलाई उनको रखवारीमा सहयोग गर्न आवश्यक पर्ने रकम उनलाई दिने छन्—

७४ जबसम्म उनी एक उल्लङ्घनकारी भेटिन्छन् र यो व्यवस्थाको परिषद्को अगाडि स्पष्ट रूपमा प्रकट हुन्छ कि उनी बेइमान र बुद्धिहीन रखवाला हुन् ।

७५ परन्तु जबसम्म उनी पूर्ण सङ्गतिमा छन् र आफ्नो रखवारीमा आस्थावान् र बुद्धिमान् छन्, यो कोषाध्यक्षका लागि उनको सङ्केत हुने छ जुन कोषाध्यक्षले रोक्नु हुँदैन ।

७६ परन्तु उल्लङ्घन भएको अवस्थामा, ती कोषाध्यक्ष परिषद् र व्यवस्थाको आवाजको अधीनमा हुनु पर्छ ।

७७ अनि यदि ती कोषाध्यक्ष एक बेइमान र बुद्धिहीन रखवाला भेटिए भने, उनी परिषद् र व्यवस्थाको आवाजको अधीनमा हुनु पर्छ र उनको स्थानबाट हटाइनु पर्छ र उनको स्थानमा अर्को नियुक्त गरिनु पर्छ ।

७८ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिमीहरूका ऋणहरूका सम्बन्धमा—हेर यो मेरो चाहना हो कि तिमीहरूले आफ्ना सबै ऋणहरू तिर्ने छौ ।

७९ अनि यो मेरो चाहना हो कि तिमीहरूले आफूलाई मेरा अगाडि विनम्र बनाउने छौ र तिमीहरूको लगनशीलता र विनम्रता र आस्थाको प्रार्थनाद्वारा यो आशीर्वाद प्राप्त गर्ने छौ ।

८० अनि जति जति तिमीहरू लगनशील र विनम्र हुन्छौ र आस्थाको प्रार्थनाको अभ्यास गर्छौ, हेर, म तिनीहरूका हृदयहरूलाई कोमल पार्ने छु जसको तिमीहरू ऋणी छौ, तबसम्म जबसम्म म तिमीहरूको उद्दारका लागि माध्यम पठाउने छैन ।

८१ त्यसकारण यथाशीघ्र न्यू योर्कमा लिखित वार्तालाप गर र मेरो आत्माद्वारा निर्देशन गरिएअनुसार लेख; अनि म तिनीहरूका हृदयहरूलाई कोमल पार्ने छु जसको तिमीहरू ऋणी छौ, ताकि तिनीहरूको मस्तिष्कबाट तिमीहरूमाथि दुःखकष्ट ल्याउने विषय हटाइने छ ।

८२ अनि जति जति तिमीहरू विनम्र र आस्थावान् छौ र मेरो नाम पुकार्‍छौ, हेर, म तिमीहरूलाई सफलता दिने छु ।

८३ म तिमीहरूलाई प्रतिज्ञा गर्छु, कि तिमीहरूलाई यो एक पटक तिमीहरूको दासत्वबाट छुटकारा दिइने छ ।

८४ जति जति तिमीहरूले सयौँ वा हजारौँ पैसा ऋण लिने अवसर प्राप्त गरे तापनि तिमीहरूले आफूलाई दासत्वबाट छुट्कारा प्रदान गर्न पर्याप्त ऋण प्राप्त गर्दासम्म, यो तिमीहरूको विशेषाधिकार हो ।

८५ अनि मैले तिमीहरूका हातमा दिएका सम्पत्तिहरू यो एक पटक, साझा सहमतिमा वा अन्य प्रकारले, तिमीहरूलाई लाभदायी लागे अनुसार आफ्नो नाम दिएर बन्धक राख ।

८६ म तिमीहरूलाई यो विशेषाधिकार दिन्छु, यो एक पटक; अनि हेर, यदि तिमीहरूले मेरा आज्ञाहरूअनुसार ती कार्यहरू गर्न अघि बढ्यौ जुन मैले तिमीहरूका अघि राखेको छु, यी सबै सामग्रीहरू मेरा हुन् र तिमीहरू मेरा रखवालाहरू हौ र मालिकले आफ्नो घर भत्काउन अनुमति दिने छैनन् । तसर्थ यस्तै हुने छ । आमीन ।

प्रिन्ट गर्नुहोस्