धर्मशास्त्रहरू
सिद्धान्त र करार १०८


खण्ड १०८

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, डिसेम्बर २६, १८३५ मा दिइएको प्रकाश । यो खण्ड लाइमन शर्मनको अनुरोधमा प्राप्त भएको थियो, जसलाई पहिले सत्तरी नियुक्त गरिएको थियो र जो आफ्नो कर्तव्य बुझ्नका लागि एक प्रकाशका लागि अनुरोध गर्न अगमवक्तासामु आएका थिए ।

१–३, लाइमन शर्मनलाई तिनका पापहरूका लागि क्षमा गरिएको छ; ४–५, उनलाई चर्चका प्रमुख एल्डरहरूसँग गनिने छ; ६–८, उनलाई सुसमाचारको प्रवचन दिन र आफ्ना बन्धुहरूलाई मजबुत बनाउन बोलावट गरिएको छ ।

साच्चैँ नै परमप्रभुले तिमीलाई यसो भन्नुहुन्छ, मेरा सेवक लाइमन: तिम्रा पापहरू तिमीलाई क्षमा गरिएको छ, किनभने मैले नियुक्त गरेका उनको सल्लाह प्राप्त गर्नका लागि आज बिहान यहाँ आएर तिमीले मेरो वाणी पालना गरेका छौ ।

त्यसकारण, तिम्रो आत्मालाई तिम्रो आध्यात्मिक स्थितिका सम्बन्धमा शान्त हुन देऊ र मेरो वाणीको अब प्रतिरोध नगर ।

अनि माथि उठ र तिम्रा प्रतिज्ञाहरू पालना गर्नमा यस समयदेखि अगाडि अझै बढी होशियार बन, जुन तिमीले बनाएका छौ र बनाउँछौ र तिमीलाई धेरै महान् आशीर्वादहरूले आशीषित् गरिने छ ।

धीरतापूर्वक प्रतिक्षा गर जबसम्म मेरा सेवकहरूको पवित्र सभा बोलाइने छैन, त्यसपछि तिमीलाई मेरा पहिला एल्डरहरूमध्येका रूपमा स्मरण गरिने छ र मैले छनोट गरेका मेरा बाँकी एल्डरहरूसँग नियुक्तिद्वारा अधिकार प्राप्त गर्ने छौ ।

हेर, यदि तिमी निरन्तर रूपमा आस्थावान् रह्यौ भने यो तिमीलाई पिताको प्रतिज्ञा हुन्छ ।

अनि त्यो दिनमा यो तिमीमा पूरा हुने छ ताकि त्यस समयदेखि तिमीलाई मेरो सुसमाचार प्रवचन गर्ने अधिकार हुने छ जहाँ म तिमीलाई पठाउने छु ।

त्यसकारण, तिम्रा सबै वार्तालापहरूमा, तिम्रा सबै प्रार्थनाहरूमा, तिम्रा सबै प्रोत्साहनहरूमा र तिम्रा सबै उपदेशहरूमा तिम्रा बन्धुहरूलाई मजबुत बनाऊ ।

अनि हेर र अवलोकन गर, म तिमीलाई आशीर्वाद दिन र सदासर्वदाका लागि मुक्त गर्न तिम्रो साथमा छु । आमीन ।

प्रिन्ट गर्नुहोस्