धर्मशास्त्रहरू
सिद्धान्त र करार २५


खण्ड २५

अगमवक्ता जोसेफ स्मिथद्वारा, हार्मोनी, पेन्सिलभेनियामा, जुलाई १८३० मा दिइएको प्रकाश (हेर्नुहोस् शीर्षक खण्ड २४) । यस प्रकाशले अगमवक्ताकी श्रीमती एमा स्मिथका लागि परमप्रभुको चाहना प्रकट गर्दछ ।

१–६, एमा स्मिथ, एक चुनिएकी महिला, आफ्नो श्रीमानलाई सहयोग र सान्त्वना दिनका लागि बोलावट गरिएको छ; ७–११, उनलाई लेख्न, धर्मशास्त्रहरू व्याख्या गर्न र भजनहरू छनोट गर्नका लागि पनि बोलावट गरिएको छ; १२–१४, धर्मीहरूको गीत परमप्रभुलाई प्रार्थना हो; १५–१६, यस प्रकाशमा आज्ञाकारिताका सिद्धान्तहरू सबैमा लागू हुन्छन् ।

तिम्रा परमप्रभुको आवाजलाई सुन जब म तिमीलाई बोल्दछु, मेरी छोरी एमा स्मिथ; किनकि साँच्चै नै म तिमीलाई भन्दछु, मेरा सुसमाचारलाई प्राप्त गर्नेहरू सबै मेरा अधिराज्यमा छोराहरू र छोरीहरू हुन् ।

मेरा चाहनाका सम्बन्धमा तिमीलाई एक प्रकाश दिन्छु; यदि तिमी आस्थावान छौ र सद्गुणको मार्गमा मेरासामु हिँद्छौ भने, म तिम्रो जीवनको संरक्षण गर्दछु अनि तिमीले सियोनमा उत्तराधिकार प्राप्त गर्ने छौ ।

हेर, तिम्रा पापहरूबाट तिमीलाई क्षमा गरिएको छ, अनि तिमी चुनिएकी महिला हौ, जसलाई मैले बोलावट गरेको छु ।

तिमीले नदेखेका कुराहरूका कारण गनगन नगर, किनकि तिनीहरू तिमीबाट र संसारबाट स्थगित गरिएको छ, जुन आउने समयका लागि ममा ज्ञान छ ।

अनि तिम्रो बोलावटको विभाग मेरा सेवक जोसेफ स्मिथ जुनियर, तिम्रा श्रीमानका आश्वाशनका लागि हुनेछ, उनको कष्टमा, सानत्वोनाका वचनहरूका साथ, विनम्रताको भावनामा ।

अनि तिमी उनको जाने समयमा उनको साथमा जानेछौ र उनका लागि शास्त्री बन्नु, जबसम्म उनका लागि शास्त्री बन्न कोही हुनेछैन, ताकि म मेरा सेवक ओलिवर काउड्रीलाई पठाउने छु, जहाँ म चाहन्छु ।

अनि तिमीलाई उनका हातहरू राखेर, मेरा आत्माद्वारा तिमीलाई दिइए अनुसार धर्मशास्त्रहरूको व्याख्या गर्न र चर्चलाई प्रोत्साहित गर्न नियुक्त गरिने छ ।

किनकि उनले तिमीमाथि आफ्नो हात राख्नेछन् र तिमीले पवित्र आत्मा प्राप्त गर्नेछौ, अनि लेख्न र अझै बढी सिक्न तिम्रो समय दिइनु पर्दछ ।

अनि तिमीले डराउनु पर्दैन, किनकि तिम्रा श्रीमानले तिमीलाई चर्चमा साथ दिनेछन्; किनकि उनको बोलावट तिनीहरूका लागि हो, ताकि म जे चाहन्छु, तिनीहरूको आस्था अनुसार सबै विषयहरू तिनीहरूमा प्रकट होऊन् ।

१० अनि साँच्चै नै म तिमीलाई भन्दछु कि तिमीले यस संसारका कुराहरूलाई त्यागनु पर्दछ र अझ राम्रा कुराहरूको खोजी गर्नु पर्दछ ।

११ अनि तिमीलाई पवित्र भजनहरूका छनोट गर्न पनि दिइनेछ, जसरी यो तिमीलाई दिइन्छ, जुन मेरा चर्चमा भएकोमा मेरा लागि आनन्ददायक छ ।

१२ किनकि मेरो आत्मा हृदयको गीतमा आनन्दित हुन्छ; हो धर्मीहरूको गीत मेरा लागि प्रार्थना हो र यसको प्रतिउत्तर तिनीहरूका शिरहरूमा आशीर्वादका साथ दिइने छ ।

१३ यसकारण, आफ्नो हृदय उचाल र आनन्दित होऔ र तिमीले गरेका करारहरूमा रहिरहनू ।

१४ विनम्रताको भावनामा निरन्तरता दिनू र घमण्डबाट सावधान हुनू । तिम्रो आत्मा तिम्रो श्रीमानमा र उनीमाथि आउने महिमामा रमाओस् ।

१५ मेरा आज्ञाहरूको निरन्तर पालन गर्नु अनि तिमीले धार्मिकताको मुकुट प्राप्त गर्ने छौ । अनि तिमीले यसो गरेनौ भने, म भएको स्थानमा तिमी आउन सक्ने छैनौ ।

१६ अनि साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु कि सबैका लागि यो मेरो आवाज हो । आमीन ।

प्रिन्ट गर्नुहोस्