धर्मशास्त्रहरू
सिद्धान्त र करार ३


खण्ड ३

अगमवक्ता जोसेफ स्मिथलाई हार्मोनी, पेन्सिलभेनियामा, जुलाई १८२८ मा, दिइएको प्रकाश, मोर्मोनको पुस्तकको प्रथम अंशबाट अनुवाद गरिएका ११६ पृष्टहरूको पाण्डुलिपि हराएको सम्बन्धमा, जसलाई लहीको पुस्तक भनिन्थ्यो । अगमवक्ताले चाहनाबिना नै यी पृष्ठहरूलाई आफ्नो निगरानीबाट मार्टिन ह्यारिसलाई पठाउन अनुमति दिएका थिए, जसले मोर्मोनको पुस्तकको अनुवादमा छोटो अवधिका लागि शास्त्रीका रूपमा सेवा गरेका थिए । ऊरीम र तुम्मिम मार्फत् प्रकाश दिइएको थियो । (हेर्नुहोस् खण्ड १० ।)

१–४, परमप्रभुको मार्ग एक अनन्त चक्र हो; ५–१५, जोसेफ स्मिथले पश्चात्ताप गर्नु पर्छ वा अनुवादको उपहार गुमाउनु पर्ने छ; १६–२०, लहीको बीउ बचाउनका लागि मोर्मोनको पुस्तक बाहिर आउँछ ।

कार्यहरू, योजनाहरू र परमेश्वरका उद्देश्यहरू असफल हुन सक्दैनन्, न त तिनीहरू शून्य नै हुन सक्छन् ।

किनकि परमेश्वर कुटिल मार्गमा हिड्नु हुँदैन, न त उहाँ दाहिने हाततर्फ न देब्रेतर्फ फर्कनुहुन्छ, न त उहाँ आफूले बोल्नुभएको भन्दा फरक गर्नुहुन्छ, यसकारण उहाँका मार्गहरू सिधा छन् र उहाँको मार्ग एउटा अनन्त चक्र हो ।

सम्झ, सम्झ कि यो असफल हुने परमेश्वरको कार्य होइन तर मानिसहरूको कार्य हो;

किनकि यद्यपि मानिससँग धेरै प्रकाशहरू हुन सक्छन् र धेरै शक्तिशाली कार्यहरू गर्न सक्ने शक्ति भए तापनि, यदि उसले आफ्नै शक्तिमा घमण्ड गर्दछ र परमेश्वरको सल्लाहलाई तुच्छ ठान्दछ र आफ्ना चाहना र कामुक इच्छाहरूको आदेशलाई अनुशरण गर्दछ भने, उसले पतन हुनु पर्छ र उसमाथि न्यायोचित परमेश्वरले प्रतिशोध लिनु पर्छ ।

हेर, तिमीलाई यी विषयहरू सुम्पिएको छ तर तिम्रा आज्ञाहरू कति कठोर थिए; र यदि तिमीले ती उल्लङ्घन गरेनौ भने, तिमीलाई गरिएका प्रतिज्ञाहरूलाई पनि सम्झ ।

अनि हेर, तिमीले कति पटक परमेश्वरका आज्ञाहरू र नियमहरू उल्लङ्घन गरेका छौ र मानिसहरूको अनुनयविनयमा चलेका छौ ।

किनकि, हेर, तिमीले मानिससँग परमेश्वरसँग भन्दा बढी डराउनु पर्दैनथ्यो । यद्यपि मानिसहरूले परमेश्वरको सल्लाहलाई तुच्छ ठान्दछन् र उहाँका वचनहरूलाई निन्दा गर्दछन्—

तैपनि तिमी आस्थावान् हुनुपर्थ्यो; र उहाँले आफ्ना बाहुहरू फैलाउनुहुने थियो र शत्रुका अग्निका सबै ज्वालाहरू विरुद्ध तिमीलाई समर्थन गर्नुहुने थियो; अनि हरेक समस्यका समयमा उहाँ तिम्रो साथमा हुनुहुने थियो ।

हेर, तिमी जोसेफ हौ र तिमीलाई परमप्रभुको कार्य गर्नका लागि छनोट गरिएको थियो, तर उल्लङ्घनका कारणले, यदि तिमीलाई अवगत छैन भने तिमी पतन हुने छौ ।

१० परन्तु सम्झ, परमेश्वर दयालु हुनुहुन्छ; त्यसकारण, त्यसको पश्चात्ताप गर जुन तिमीले गरेका छौ जुन मैले तिमीलाई दिएको आज्ञाको विपरीत छ र तिमी अझै पनि छनोट गरिएका हौ र पुनः कार्यमा बोलाइएका छौ;

११ तिमीले यसो गरेनौ भने, तिमीलाई छुटाइ नेछ र तिमी अन्य मानिसहरू जस्तै बन्ने छौ र तिमीसँग अन्य कुनै उपहार हुने छैन ।

१२ अनि जब तिमीले अनुवाद गर्नका लागि सुम्पिएका परमेश्वरले तिमीलाई दिनुभएको दृष्टि र शक्ति, जुन पवित्र थियो, तिमीले त्यसलाई पतीत मानिसका हातहरूमा सुम्पियौ,

१३ जसले परमेश्वरका सल्लाहहरूलाई बेवास्ता गरेका छन् र परमेश्वरसामु बनाएका अति पवित्र प्रतिज्ञाहरू तोडेका छन् र आफ्नै फैसलामा निर्भर छन् र आफ्नै ज्ञानमा घमण्ड गरेका छन् ।

१४ अनि यसकारण हो कि तिमीले एक समयका लागि आफ्ना विशेषाधिकारहरू गुमाएका छौ—

१५ किनकि तिमीले प्रारम्भदेखि नै आफ्ना निर्देशकको सल्लाहलाई कुल्चिएका छौ ।

१६ तैपनि, मेरो कार्य अगाडि बढ्ने छ, किनकि जसरी मुक्तिदाताको ज्ञान संसारमा आएको छ, यहुदाका मानिसहरूको गवाहीद्वारा, त्यसरी नै मुक्तिदाताको ज्ञान मेरा मानिसहरूमा आउने छ—

१७ अनि नफीहरू, याकूबीहरू र योसेफीहरू र जोरामीहरूलाई तिनीहरूका पिताहरूको गवाहीद्वारा—

१८ अनि यो गवाही लमानीहरू र लेमुएलीहरू र इश्माएलीहरूको ज्ञानमा आउने छ, जो तिनीहरूका पिताहरूको कुकर्महरूका कारण अविश्वासमा विचलित भए, जसलाई परमप्रभुले तिनीहरूका बन्धुहरू नफीहरूलाई तिनीहरूका कुकर्म र तिनीहरूका दुष्टताका कारणले विनाश गर्नका लागि कष्ट सहन अनुमति दिनुभएको थियो ।

१९ अनि यही उद्देश्यका लागि यी पाताहरू संरक्षण गरिएका छन्, जसमा यी अभिलेखहरू छन्—ताकि परमप्रभुका प्रतिज्ञाहरू पूरा हुन सकून्, जुन उहाँले आफ्ना जनहरूका लागि गर्नुभएको थियो;

२० अनि लमानीहरू आफ्ना पिताहरूको ज्ञानमा आउन सकून् र उनीहरूले परमप्रभुका प्रतिज्ञाहरू जान्न सकून् र कि उनीहरूले सुसमाचारमा विश्वास गर्न सकून् र येशू ख्रीष्टका योग्यताहरूमा आश्रित बन्न सकून् र आस्थाद्वारा उहाँको नाममा महिमित हुन सकून् अनि ताकि तिनीहरूको पश्चात्तापद्वारा उनीहरूले मुक्ति प्राप्त गर्न सकून् । आमीन ।

प्रिन्ट गर्नुहोस्