धर्मशास्त्रहरू
सिद्धान्त र करार ३६


खण्ड ३६

अगमवक्ता जोसेफ स्मिथद्वारा एडवर्ड पार्ट्रिजलाई, फेएट नजिकै, न्यू योर्कमा, डिसेम्बर ९, १८३० मा दिइएको प्रकाश (हेर्नुहोस् खण्डको शीर्षक ३५) । जोसेफ स्मिथको इतिहासले बताउँछ कि एडवर्ड पार्ट्रिज “भक्तिको एक नमुना र परमप्रभुका महान् पुरुषहरूमध्येका एक थिए ।”

१–३, परमप्रभुले सिड्नी रिग्डनको हातमार्फत् एडवर्ड पार्ट्रिजमाथि आफ्नो हात राख्नुहुन्छ; ४–८, सुसमाचार र पादरित्व ग्रहण गर्ने हरेक मानिसलाई अघि जान र प्रवचन दिन बोलावट गरिनु पर्दछ ।

इस्राएलका सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, म तिमीलाई भन्दछु, मेरा सेवक एडवर्ड, कि तिमी आशीषित छौ र तिमीलाई तिम्रा पापहरूको क्षमा गरिएको छ र तिमीलाई तुरहीको आवाजले जस्तै मेरो सुसमाचारको प्रवचन दिन बोलावट गरिएको छ;

अनि म मेरा सेवक सिड्नी रिग्डनका हातद्वारा तिमीमाथि मेरा हात राख्नेछु र तिमीले मेरो आत्मा, पवित्र आत्मा, आश्वासी समेत प्राप्त गर्ने छौ, जसले तिमीलाई अधिराज्यको शान्तिपूर्ण विषयहरू सिकाउने छ;

अनि तिमीले यसलाई उच्च स्वरमा घोषणा गर्ने छौ, यसो भन्दै: होसन्ना, सर्वोच्च परमेश्वरको नामको प्रशंसा होस् ।

अनि अब यो बोलावट र आज्ञा म तिमीहरूलाई सबै मानिसहरूका सम्बन्धमा दिन्छु—

मेरा सेवकहरू सिड्नी रिग्डन र जोसेफ स्मिथ जूनियर अगाडि, यो बोलावट र आज्ञालाई आत्मसात गरेर आउने जतिलाई नियुक्त गरिने छ र राष्ट्रहरू बीचमा अनन्त सुसमाचार प्रवचन दिन पठाइने छ—

पश्चात्तापको प्रवचन दिँदै, यसो भन्दै: यहाँसम्म कि मासुको दाग लागेको वस्त्रलाई समेत घृणा गर्दै, आगोबाट बाहिर आऊ र आफूलाई यस अपमानजनक युगबाट बचाऊ ।

अनि मेरा चर्चका एल्डरहरूलाई यो आज्ञा दिइने छ, कि हरेक मानिस जसले यसलाई हृदयको एकाग्रताले अँगाल्ने छ, उसलाई मैले बोले जस्तै नियुक्त गरी पठाउन सकिन्छ ।

म येशू ख्रीष्ट, परमेश्वरको पुत्र हुँ; यसकारण, आफ्नो कम्मर कस अनि अकस्मात् म मेरो मन्दिरमा आउने छु । अनुसार समेत । आमीन ।

प्रिन्ट गर्नुहोस्