धर्मशास्त्रहरू
सिद्धान्त र करार ४


खण्ड ४

अगमवक्ता जोसेफ स्मिथद्वारा उनका पितालाई दिइएको प्रकाश, जोसेफ स्मिथ सिनियर हार्मोनी, पेन्सिलभेनियामा, फेब्रूवरी १८२९ ।

१–४, परमप्रभुका सेवकहरूलाई साहसी सेवाले सुरक्षित गर्दछ; ५–६, परमेश्वरका विशेषताहरूले तिनीहरूलाई सेवाका लागि सक्षम बनाउँछन्; , परमेश्वरका विषयहरूको खोजी गरिनु पर्छ ।

अब हेर, मानवका सन्ततिहरूमाझ विस्मयकारी कार्य आउँदै छ ।

त्यसकारण, ए तिमीहरू जो परमेश्वरको सेवामा सहभागी छौ, हेर कि तिमीहरूले सम्पूर्ण हृदय, क्षमता, मस्तिष्क र शक्तिले उहाँको सेवा गर, ताकि तिमीहरू अन्तिम दिनमा परमेश्वरका अगाडि निस्कलङ्क उभिन सक्छौ ।

त्यसकारण, यदि तिमीसँग परमेश्वरको सेवा गर्ने चाहनाहरू छन् भने तिमीलाई त्यस कार्यका लागि बोलावट गरिन्छ;

किनकि हेर बाली काट्नका लागि सेतो भएको छ; अनि हेर, ऊ जसले आफ्नो क्षमताले उसको हँसियाद्वारा जोड लगाउँछ, त्यसले भण्डारण गर्दछ ताकि उसको विनाश नहोस् तर उसले आत्माको मुक्ति ल्याओस्;

अनि परमेश्वरको महिमाप्रति एकाग्र भएर आस्था, आशा, करुणा र प्रेमद्वारा, उसलाई त्यस कार्यका निम्ति योग्य बनाउँछ ।

आस्था, सद्गुण, ज्ञान, आत्मसंयम, धीरता, भ्रातृस्नेह, ईश्वरीयपन, करुणा, नम्रता, लगनशीलतालाई स्मरण गर ।

माग र तिमीहरूले प्राप्त गर्ने छौ; ढक्ढक्याओ र त्यो तिमीहरूका निम्ति उघारिने छ । आमीन ।

प्रिन्ट गर्नुहोस्