धर्मशास्त्रहरू
सिद्धान्त र करार ४७


खण्ड ४७

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, मार्च ८, १८३१ मा दिइएको प्रकाश । जोन ह्विटमर, जसले पहिले नै अगमवक्ताको कारिन्दाका रूपमा सेवा गरिसकेका थिए, सुरुमा सङ्कोच महसुस गरे जब उनलाई ओलिवर काउड्रीको स्थानमा चर्च इतिहासकार र अभिलेखकर्ताका रूपमा सेवा गर्न भनियो । उनले लेखे, “म किन्तु यो गर्न चाहन्न तर परमप्रभुको चाहना पूरा भएको देख्न चाहन्छु र यदि उहाँले यो चाहनुहुन्छ भने, म चाहान्छु कि उहाँले द्रष्टा जोसेफद्वारा प्रकट गर्नुहोस् ।” जोसेफ स्मिथले यो प्रकाश प्राप्त गरेपछि, जोन ह्विटमरले स्वीकार गरे र उनलाई नियुक्त गरिएको विभागमा सेवा गरे ।

१–४, जोन ह्विटमरलाई चर्चको इतिहास राख्न र अगमवक्ताका लागि लेख्न तोकिएको छ ।

हेर, यो ममा उचित छ कि मेरा सेवक जोनले लेख्नु पर्दछ र नियमित इतिहास राख्नु पर्छ र मेरा सेवक जोसेफ, तिमीलाई दिइने सबै विषयहरूको प्रतिलिपि बनाउन सहयोग गर्नु पर्छ जबसम्म उनलाई थप दायित्वहरूमा बोलाइँदैन ।

पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्दछु कि उनले पनि सभाहरूमा आफ्नो आवाज उठाउन सक्छन्, जब यो उचित हुने छ ।

अनि पुनः, म तिमीलाई भन्दछु कि चर्चको अभिलेख र इतिहासलाई निरन्तर रूपमा राख्नका लागि उनलाई नियुक्त गरिनु पर्छ; किनकि ओलिवर काउड्रीलाई मैले अर्को विभागमा नियुक्त गरेको छु ।

यसकारण, जति जति उनी आस्थावान् हुन्छन्, आश्वासीद्वारा, यी विषयहरू लेख्नका लागि यो उनलाई दिइनु पर्छ । अनुसार समेत । आमीन ।

प्रिन्ट गर्नुहोस्