धर्मशास्त्रहरू
सिद्धान्त र करार ५३


खण्ड ५३

अगमवक्ता जोसेफ स्मिथद्वारा अल्गर्नन सिड्नी गिल्बर्टलाई कर्टल्याण्ड, ओहायोमा, जुन ८, १८३१ मा दिइएको प्रकाश । चर्चमा सिड्नी गिल्बर्टको कार्य र नियुक्तिका सम्बन्धमा सिड्नी गिल्बर्टको अनुरोधमा अगमवक्ताले परमप्रभुलाई सोधे ।

१–३, चर्चमा सिड्नी गिल्बर्टको बोलावट र छनोट एल्डरमा नियुक्त हुनु हो; ४–७, उनले बिशपको प्रतिनिधिका रूपमा पनि सेवा गर्नु पर्छ ।

हेर, म तिमीलाई भन्छु, मेरा सेवक सिड्नी गिल्बर्ट, कि मैले तिम्रा प्रार्थनाहरू सुनेको छु; र तिमीले मलाई पुकारेका छौ ताकि तिम्रा परमप्रभु परमेश्वरद्वारा यो तिमीलाई प्रकट हुनुपर्छ, यस चर्चमा तिम्रो बोलावट र छनोटका सम्बन्धमा, जुन म परमप्रभुले यी अन्तिम दिनहरूमा निर्माण गरेको छु ।

हेर, म, परमप्रभु, जो संसारको पापका लागि क्रूसमा टाँगिएको थिएँ, तिमीलाई एक आज्ञा दिन्छु कि तिमीले संसारलाई त्याग्नु पर्छ ।

मेरा वचन अनि हातहरू राखेर पवित्र आत्माको प्राप्तिअनुसार आस्था र पश्चात्ताप अनि पापहरूबाट छुट्काराको प्रवचन दिन, मेरो नियुक्ति, एकएल्डरको नियुक्ति समेत आफूमा ग्रहण गर;

अनि यसपछि दिइने आज्ञाहरूअनुसार त्यो स्थानमा यो चर्चको प्रतिनिधि बन्न पनि जहाँ बिशपले नियुक्त गर्ने छन् ।

अनि पुनः, साच्चैँ नै म तिमीलाई भन्छु, तिमीले मेरा सेवकहरू जोसेफ स्मिथ जुनियर र सिड्नी रिग्डनसँग आफ्नो यात्रा गर्नु पर्छ ।

हेर, यी प्रथम विधिहरू हुन् जुन तिमीले प्राप्त गर्ने छौ; अनि बाँकी मेरो अङ्गुरको बगैँचामा तिम्रो श्रमअनुसार समय आएपछि प्रकट गराइने छ ।

अनि पुनः, म चाहन्छु कि तिमीले बुझ्नु पर्छ कि त्यसले मात्र मुक्ति पाउँछ जसले अन्त्यसम्म सहन्छ । अनुसार समेत । आमीन ।

प्रिन्ट गर्नुहोस्