धर्मशास्त्रहरू
सिद्धान्त र करार ५५


खण्ड ५५

अगमवक्ता जोसेफ स्मिथद्वारा विलियम डबल्यू. फेल्प्सलाई कर्टल्याण्ड, ओहायोमा, जुन १४, १८३१ मा दिइएको प्रकाश । विलियम डबल्यू. फेल्प्स, एक मुद्रक र उसका परिवार कर्टल्याण्डमा भर्खरै आइपुगेका थिए, अनि अगमवक्ताले उनका सम्बन्धमा परमप्रभुसँग जानकारी खोजे ।

१–३, विलियम डबल्यू. फेल्प्सलाई बप्तिस्मा लिन, एल्डरमा नियुक्त गरिन अनि सुसमाचारको प्रचार गर्न बोलावट दिइन्छ र छनोट गरिन्छ; , उनले चर्चका शिक्षालयहरूका बालबालिकाहरूका लागि पुस्तकहरू पनि लेख्नु पर्छ; ५–६, उनले मिजोरीको यात्रा गर्नु पर्छ, जुन उनको श्रमको क्षेत्र हुने छ ।

हेर, परमप्रभु, हो, सारा पृथ्वीका समेत परमप्रभु, तिमीलाई यसो भन्नुहुन्छ, मेरा सेवक विलियम, तिमीलाई बोलावट गरिएको र छनोट गरिएको छ; र तिमीलाई पानीद्वारा बप्तिस्मा दिइएपछि, जुन तिमीले यदि मेरो महिमामा एकाग्र भएर गरेमा, तिमीले आफ्ना पापहरूबाट छुट्कारा प्राप्त गर्ने छौ अनि शिरमा हातहरू राखेर पवित्र आत्मालाई प्राप्त गर्ने छौ;

अनि त्यसपछि तिमीलाई मेरा सेवक जोसेफ स्मिथ जुनियरका हातबाट यस चर्चमा पश्चात्ताप सिकाउन र जीवित परमेश्वरका पुत्र येशू ख्रीष्टका नाममा बप्तिस्माद्वारा पापहरूबाट छुट्काराको प्रवचन दिन का लागि एल्डर हुन नियुक्त गरिने छ ।

अनि ती सबै जसमा तिमीले हातहरू राख्ने छौ, यदि उनीहरू मेरासामु पश्चात्तापी भएमा, तिमीले पवित्र आत्मा दिने शक्ति प्राप्त गर्ने छौ ।

अनि पुनः, तिमीलाई मेरा सेवक ओलिवर काउड्रीलाई मुद्रणको कार्य गर्न, यो चर्चका शिक्षालयहरूका लागि पुस्तकहरू छनोट गर्न र लेख्न सहायता गर्न नियुक्त गरिने छ, ताकि साना बालबालिकाहरूले पनि मेरासामु निर्देशन प्राप्त गरून् जसले मलाई खुसी दिन्छ ।

अनि पुनः, साच्चैँ नै म तिमीलाई भन्छु, यस कारण तिमीले मेरा सेवकहरू जोसेफ स्मिथ जुनियर र सिड्नी रिग्डनसँग आफ्नो यात्रा सुरु गर्ने छौ, ताकि तिमीलाई यो कार्य गर्न तिम्रो उत्तराधिकारको भूमिमा बसोबास गर्न सक्छौ ।

अनि पुनः, मेरा सेवक जोसेफ कोले पनि उनीहरूसँग यात्रा गर्नु पर्छ । बाँकी मेरो इच्छाअनुसार यसपछि जानकारी गराइने छ । आमीन ।

प्रिन्ट गर्नुहोस्