धर्मशास्त्रहरू
सिद्धान्त र करार ६२


खण्ड ६२

अगमवक्ता जोसेफ स्मिथद्वारा मिजोरी नदीको किनारमा, च्यारिटन, मिजोरीमा, अगस्त १३, १८३१ मा दिइएको प्रकाश । यस दिन अगमवक्ता र उनका समूह जो इन्डिपेन्डेन्सबाट कर्टल्याण्ड जाँदै थिए, धेरै एल्डरहरूलाई बाटोमा भेटे जो सियोनको भूमितर्फ जाँदै थिए, अनि प्रसन्नताका अभिवादनहरू पश्चात्त यो प्रकाश प्राप्त गरे ।

१–३, गवाहीहरूको स्वर्गमा अभिलेख राखिन्छ; ४–९, एल्डरहरूले ज्ञान र आत्माले निर्देशन गरेअनुसार यात्रा गर्नु पर्छ र प्रवचन दिनु पर्छ ।

हेर, अनि सुन, हे मेरा चर्चका तिमी एल्डरहरू, परमप्रभु तिमीहरूका परमेश्वर येशू ख्रीष्ट तिमीहरूका अधिवक्ता समेतले भन्नुहुन्छ, जसलाई मानिसका कमजोरी र प्रलोभनमा परेकालाई कसरी सहयोग गर्ने थाहा छ ।

अनि साच्चैँ नै मेरा आँखाहरू तिनीहरूमा छन् जो अझैसम्म सियोनको भूमिमा गएका छैनन्; यसकारण तिमीहरूको उद्देश्य पूर्ण भएको छैन ।

यद्यपि, तिमीहरू आशीषित् छौ, किनकि स्वर्गदूतहरूले हेर्नका लागि तिमीहरूले व्यक्त गरेका गवाहीहरू स्वर्गमा अभिलेख गरिएका छन्; अनि तिनीहरू तिमीहरूका कारण रमाउँछन् अनि तिमीहरूका पापहरूबाट तिमीहरूलाई क्षमा गरिएको छ ।

अनि अब आफ्नो यात्रालाई निरन्तरता देऊ । सियोनको भूमिमा एकत्रित होओ; अनि एक सभाको आयोजना गर र सँगै रमाओ अनि सर्वोच्चसामु प्रभुभोज अर्पण गर ।

अनि त्यसपछि तिमीहरू गवाही दिन, हो, सबैजनासँगै अथवा तिमीहरूलाई ठीक लागेअनुसार दुई दुईजना गरेर समेत फर्कन सक्छौ, मलाई फरक पर्दैन; आस्थावान् मात्रै रह अनि पृथ्वीका बासिन्दाहरू अथवा क्षुद्रहरूका भेलाहरूमा खुशीका सन्देशको घोषणा गर ।

हेर, म, परमप्रभुले तिमीहरूलाई एकसाथ ल्याएको छु ताकि त्यो प्रतिज्ञा पूर्ण होस् ताकि मिजोरीको भूमिमा तिमीहरूमध्ये आस्थावानहरूको संरक्षण होस् अनि सँगै रमाओस् । म, परमप्रभु आस्थावानहरूलाई प्रतिज्ञा गर्दछु र झूट बोल्न सक्दिनँ ।

म, परमप्रभु, इच्छुक छु, यदि तिमीहरूमध्ये कोही घोडा चढ्ने अथवा खच्चर चढ्ने अथवा रथ चढ्ने चाहना राख्छौ भने, सबै परिस्थितिहरूमा कृतज्ञ हृदयका साथ यदि उसले यो परमप्रभुका बाहुबाट ग्रहण गरेमा, उसले यो आशीर्वाद प्राप्त गर्ने छ ।

यी कार्यहरू तिमीहरूका विवेक र आत्माको निर्देशनहरूअनुसार गर्न तिमीहरूसँगै रहन्छन् ।

हेर, अधिराज्य तिमीहरूकै हो । अनि हेर र अवलोकन गर, म सदैव आस्थावानहरूसँग हुन्छु । अनुसार समेत । आमीन ।

प्रिन्ट गर्नुहोस्