धर्मशास्त्रहरू
सिद्धान्त र करार ६५


खण्ड ६५

अगमवक्ता जोसेफ स्मिथद्वारा प्रार्थनाका सम्बन्धमा हाइरम, ओहायोमा, अक्टोबर ३०, १८३१ मा दिइएको प्रकाश ।

१–२, परमेश्वरको अधिराज्यका साँचाहरू पृथ्वीका मानिसहरूलाई सुम्पिएका छन् र सुसमाचारको उदेश्य विजय हुने छ; ३–६, स्वर्गको सहस्राब्दी अधिराज्य आउने छ र पृथ्वीमा परमेश्वरको अधिराज्यमा सम्मिलित हुने छ ।

सुन र अवलोकन गर, एक ब्यक्तिको वाणी जुन माथिबाट तल पठाइएको छ, जो शक्तिशाली र प्रभावकारी हुनुहुन्छ, जो पृथ्वीका सीमान्तहरूसम्म पुग्नुहुन्छ, हो, जसको वाणी मानिसहरूका लागि हो—तिमीहरूले परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सीधा बनाओ ।

परमेश्वरको अधिराज्यका साँचाहरू पृथ्वीका मानिसहरूलाई सुम्पिएका छन् र त्यहाँबाट हातहरू बिना पहाडबाट काटिएको ढुङ्गा फैलिए जस्तै पृथ्वीका सीमान्तहरूमा सुसमाचार फैलिने छ, जबसम्म यसले सम्पूर्ण पृथ्वी भरिंदैन ।

हो, एक वाणी उच्च आवाजमा भन्दै—परमप्रभुको मार्ग तयार पार, थुमाको भोज तयार पार, वरका लागि तयार गर ।

परमप्रभुलाई प्रार्थना गर, उहाँको पवित्र नाम पुकार, मानिसहरूका बीच उहाँका आश्चर्यजनक कार्यहरूको घोषणा गर ।

परमप्रभुलाई पुकार, ताकि उहाँको अधिराज्य पृथ्वीमा फैलिन सक्छने छ, ताकि त्यहाँका बासिन्दाहारूले त्यो प्राप्त गर्न सक्ने छन् र आउने दिनहरूका लागि तयार रहन सक्ने छन्, जसमा मानिसका छोरा स्वर्गबाट तल आगमन हुनुहुने छ, उहाँको महिमाको चमकको वस्त्र लगाएर, परमेश्वरको अधिराज्यलाई भेट्न जुन पृथ्वीमा स्थापित छ ।

यसकारण, परमेश्वरको अधिराज्य फैलियोस्, ताकि स्वर्गको अधिराज्य आउन सकोस्, ताकि हजुर, हे परमेश्वर, स्वर्गमा साथै पृथ्वीमा महिमित हुनुहोस्, ताकि हजुरका शत्रुहरू अधिनमा होस्; किनकि सम्मान, शक्ति र महिमा सदासर्वदा र सदा हजुरकै हुन् । आमीन ।

प्रिन्ट गर्नुहोस्