धर्मशास्त्रहरू
सिद्धान्त र करार ७३


खण्ड ७३

अगमवक्ता जोसेफ स्मिथ र सिड्नी रिग्डनलाई हाइरम, ओहायोमा, जनवरी १०, १८३२ मा दिइएको प्रकाश । गत डिसेम्बरको प्रारम्भदेखि, अगमवक्ता र सिड्नी प्रवचन दिनमा सङ्लग्न थिए र यस माध्यमद्वारा चर्च विरुद्ध उत्पन्न भएका प्रतिकूल भावनाहरू कम गर्न धेरै कार्यहरू पूरा भएका थिए (हेर्नुहोस् शीर्षक खण्ड ७१) को ।

१–२, एल्डरहरूले प्रवचन दिन जारी राख्नुपर्छ; ३–६, जोसेफ स्मिथ र सिड्नी रिग्डनले बाइबलको अनुवाद नसकिएसम्म यसलाई निरन्तरता दिनु पर्छ ।

किनकि साच्चैँ नै, परमप्रभु यसो भन्नुहुन्छ, यो ममा उचित छ कि उनीहरूले सुसमाचारको प्रवचन दिन र सम्मेलनसम्म वरिपरिका क्षेत्रहरूका चर्चहरूलाई प्रोत्साहन गर्न जारी राख्नुपर्छ;

अनि त्यसपछि, हेर, यो उनीहरूलाई सम्मेलनको आवाजद्वारा उनीहरूका अनेक कार्यभारहरूका सम्बन्धमा जानकारी दिइने छ ।

अब, म साच्चैँ नै तिमीहरूलाई भन्छु, मेरा सेवकहरू जोसेफ स्मिथ जुनियर र सिड्नी रिग्डन, परमप्रभु भन्नुहुन्छ, पुनः अनुवाद गर्नु आवश्यक छ;

अनि जति जति यो सम्भव छ, सम्मेलनसम्म वरिपरिका क्षेत्रहरूमा प्रवचन गर्न; अनि त्यसपछि अनुवादको कार्य नसकिएसम्म यसलाई निरन्तरता दिन आवश्यक छ ।

अनि थप ज्ञान नपाएसम्म एल्डरहरूमा यो एक नमूना हुनुपर्छ, लेखिएअनुसार ।

अब म यस समयमा तिमीहरूलाई अरू थप दिन्न । कम्मर कस र गम्भीर होऊ । तसार्थ यस्तै हुने छ । आमीन ।

प्रिन्ट गर्नुहोस्