धर्मशास्त्रहरू
सिद्धान्त र करार ८३


खण्ड ८३

अगमवक्ता जोसेफ स्मिथद्वारा, इन्डिपेन्डेन्स, मिजोरीमा, अप्रिल ३०, १८३२ मा दिइएको प्रकाश । अगमवक्ता आफ्ना बन्धुहरूसँग परिषदमा बस्दा यो प्रकाश प्राप्त भएको थियो ।

१–४, तिनीहरूको पालनपोषणका लागि महिला र बालबालिकाहरूको आफ्ना पति र पिताहरूमाथि अधिकार हुन्छ; ५–६, विधवा र टुहुराहरूको पालनपोषणका लागि यस चर्चमाथि अधिकार हुन्छ ।

साच्चैँ नै परमप्रभु यसो भन्नुहुन्छ, चर्चका नियमहरूका अतिरिक्त महिला र बालबालिकाहरूका सम्बन्धमा जो यस चर्चमा सम्बन्धित छन्, जसले आफ्ना पति वा पिता गुमाएका छन्:

पतिको मृत्यु नहुँदा सम्म तिनीहरूको पालनपोषणका लागि आफ्ना पतिहरूमाथि महिलाहरूको अधिकार हुन्छ; अनि यदि तिनीहरूले उल्लङ्घन नगरेको पाइएमा यस चर्चमा तिनीहरूले पूर्ण अधिकार सहितको सदस्यता प्राप्त गर्नु पर्छ ।

अनि यदि तिनीहरू आस्थावान् रहेनन् भने तिनीहरूले यस चर्चमा सदस्यताको उत्तराधिकार प्राप्त गर्ने छैनन्; यद्यपि तिनीहरू भूमिका नियमहरू अनुसार आफ्ना पैतृक उत्तराधिकारहरूमा रहिरहन सक्छन् ।

तिनीहरू वयश्क नहुँदा सम्म आफ्नो पालनपोषणका लागि सबै छोराछोरीहरूको तिनका अभिभावकहरूमाथि अधिकार हुन्छ ।

अनि त्यसपछि, यदि तिनीहरूका अभिभावकहरूसँग तिनीहरूलाई दिन उत्तराधिकार छैन भने तिनीहरूको चर्चद्वारा सहयोग प्राप्त गर्ने अथवा अर्को शब्दमा भन्दा परमप्रभुको भण्डारमा अधिकार हुन्छ ।

अनि चर्चका दानहरूबाट भण्डार राखिनु पर्छ; अनि विधवा र टुहुराहरू अनि गरिबहरूलाई पनि प्रदान गरिनु पर्छ । आमीन ।

प्रिन्ट गर्नुहोस्