धर्मशास्त्रहरू
सिद्धान्त र करार ८९


खण्ड ८९

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा फेब्रूवरी २७, १८३३ मा दिइएको प्रकाश । प्रारम्भका बन्धुहरूद्वारा आफ्ना सभाहरूमा तमाखुको प्रयोग गरिएको परिणाम स्वरूप अगमवक्तालाई यस विषयमा चिन्तनमनन गर्न मार्गदर्शन गरिएको थियो; फलस्वरूप, उनले यसका सम्बन्धमा परमप्रभुलाई सोधे । ज्ञानका वचन भनेर चिनिने यो प्रकाश यसको परिणाम थियो ।

१–९, मदिरा, कडा पेय पदार्थ, तमाखु र तातो पेय पदार्थको प्रयोग निषेध गरिएको छ; १०–१७, जडिबुटी, फलफूल, मासु अनि अन्न मानिस र जनावरहरूको उपयोगका लागि नियुक्त गरिएका हुन्; १८–२१, ज्ञानका वचनसहित, सुसमाचारका नियमको पालनाले, सांसारिक र आध्यात्मिक आशीर्वादहरू ल्याउँछन् ।

एक ज्ञानका वचन, उच्च पादरीहरूको परिषद् र चर्च र सियोनका सन्तहरूको लाभका लागि कर्टल्याण्डमा परिमार्जन गरिएको हो—

आज्ञा वा बाध्यताद्वारा होइन तर प्रकाश र ज्ञानका वचनद्वारा, अन्तिम दिनहरूमा सबै सन्तहरूको सांसारिक मुक्तिमा परमेश्वरको रीत र चाहनालाई देखाउँदै अभिवादन पठाइएको छ—

प्रतिज्ञासहितको आधारभूत सत्यका लागि दिइएका, सबैमध्ये कमजोर अनि अति नै कमजोर सन्तहरूको क्षमतामा अनुकूलित, जसलाई सन्तहरू भनिन्छ वा भन्न सकिन्छ ।

हेर, साच्चैँ नै, परमप्रभु तिमीहरूलाई यसो भन्नुहुन्छ: अन्तिम दिनहरूमा षड्यन्त्र गर्ने मानिसहरूका हृदयमा भएका र हुने दुष्टताहरू र योजनाहरूको परिणामस्वरूप, मैले तिमीहरूलाई सचेत गराएको छु र तिमीहरूलाई प्रकाशद्वारा यो ज्ञानको वचन दिएर पूर्व चेतावनी दिएको छु—

ताकि जति जति मानिसले तिमीहरूका बीचमा मदिरा वा कडा पेय पदार्थ पिउँछन्, हेर, यो राम्रो होइन, आफूहरूलाई एकत्रित गर्दै उहाँसामु आफ्ना प्रभूभोजहरू अर्पण गर्नका लागि बाहेक न त यो तिमीहरूका पिताको नजरमा सही छ ।

अनि, हेर, यो दाखमद्य हुनु पर्छ, हो, दाखको बोटको अङ्गुरको शुद्ध दाखमद्य, तिमीहरू स्वयंद्वारा बनाइएको हुनु पर्छ ।

अनि, पुनः, कडा पेय पदार्थहरू पेटका लागि होइनन् तर तिमीहरूका शरीरहरू धुनका लागि हुन् ।

अनि पुनः, तमाखु शरीरका लागि होइन, न त पेटका लागि नै हो, अनि यो मानिसका लागि राम्रो होइन, तर विवेक र सीपका साथ घाउ र सबै बिरामी गाईवस्तुहरूका लागि प्रयोग गर्न जडीबुटी हो ।

अनि, पुनः, ताता पेय पदार्थहरू शरीर वा पेटका लागि होइनन् ।

१० अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, सबै स्वस्थकर जडीबुटीहरूको बनावट परमेश्वरले, प्रकृति र मानिसको प्रयोगका लागि नियुक्त गर्नुभएको हो—

११ हरेक जडिबुटी त्यसको मौसममा र हरेक फल त्यसको मौसममा; यी सबै विवेक र कृतज्ञताका साथ प्रयोग गर्नका लागि हुन् ।

१२ हो, जनावरहरूको मासु पनि अनि हावामा उड्ने चराचुरुङ्गीहरूको मासु पनि, मानिसहरूलाई आभार व्यक्त गर्दै प्रयोग गर्नका लागि म, परमप्रभुले नियुक्त गरेको छु; यद्यपि तिनीहरू संयमतापूर्वक प्रयोग गरिनु पर्छ;

१३ अनि यो मेरा लागि मनमोहक छ कि जाडो वा चिसो वा अनिकालको समयबाहेक तिनीहरू प्रयोग गरिनु हुँदैन ।

१४ सबै अन्न मानिस र जनावरहरू, मानिसका लागि मात्र होइन तर मैदानका जनावरहरू र स्वर्गका चराहरू र पृथ्वीमा दौडने वा घस्रने सबै जङ्गली जनावरहरूको जीविकोपार्जनका लागि प्रयोग गर्न नियुक्त गरिएको हो;

१५ अनि अनिकाल र अत्यधिक भोकको समयमा मात्रै मानिसको उपयोगका लागि यिनीहरूलाई परमेश्वरले बनाउनुभयो ।

१६ सबै अन्न मानिसको भोजनका लागि असल छन्; साथै लहराको फल पनि; जसले जमिनमा होस् वा जमिनमाथि फल फलाउँछन्—

१७ यद्यपि, मानिसका लागि गहुँ, गोरुका लागि मकै, घोडाका लागि जौ, चराहरू र सुँगुरहरू अनि खेतका सबै जनावरहरूका लागिका रायो र सबै उपयोगी जनावरहरूका लागि जौ, अनि हल्का पेय पदार्थहरूका लागि साथै अन्य अन्न पनि ।

१८ अनि सबै सन्तहरू जसले आज्ञाहरूको आज्ञाकारितामा हिँड्दै, यी कथनहरूको पालना गर्छन् र पालना गर्न सम्झन्छन्, तिनीहरूको हड्डीको मासीमा स्वास्थ्य र तिनीहरूका हड्डीहरूमा हड्डीको मासी प्राप्त गर्ने छन्;

१९ अनि यहाँसम्म कि लुकेका खजानाहरूसहित विद्वत्ता र ज्ञानको ठूलो खजाना पनि भेट्टाउने छन्;

२० अनि दौडने छन् र थकित हुने छैनन् र हिँड्ने छन् र बेहोस हुने छैनन् ।

२१ अनि म, परमप्रभु, तिनीहरूलाई एक प्रतिज्ञा गर्छु कि विनाश गर्ने स्वर्गदूत इस्राएलका सन्ततिहरूजस्तै तिनीहरूका छेउबाट जाने छन् र तिनीहरूलाई बध गर्ने छैनन् । आमीन ।

प्रिन्ट गर्नुहोस्