धर्मशास्त्रहरू
सिद्धान्त र करार ९०


खण्ड ९०

अगमवक्ता जोसेफ स्मिथलाई, कर्टल्याण्ड, ओहायोमा मार्च ८, १८३३ मा दिइएको प्रकाश । यो प्रकाश प्रथम अध्यक्षताको स्थापनामा एक निरन्तर कदम हो (खण्ड ८१ को शीर्षक हेर्नुहोस्); यसको परिणामका रूपमा, उल्लेख गरिएका सल्लाहकारहरू मार्च १८, १८३३ मा नियुक्त गरिएका थिए ।

१–५, राज्यका साँचाहरू जोसेफ स्मिथलाई र उनीद्वारा चर्चलाई प्रतिवद्धता गरिएका छन्; ६–७, सिड्नी रिग्डन र फ्रेडरिक जी. विलियम्स् ले प्रथम अध्यक्षतामा सेवा गर्नु पर्छ; ८–११, सुसमाचार हरेक मानिसले आफ्नै भाषामा सुन्ने गरी इस्राएलका राष्ट्रहरू, गैह्र यहूदीहरू र यहूदीहरूलाई प्रचार गरिनु पर्छ; १२–१८, जोसेफ स्मिथ र तिनका सल्लाहकारहरूले चर्चलाई व्यवस्थित गर्ने छन्; १९–३७, विभिन्न व्यक्तिहरूलाई परमप्रभुले धार्मिकतामा हिंड्न र उहाँको राज्यमा सेवा गर्न सल्लाह दिनुभएको छ ।

त्यसैले परमप्रभु यसो भन्नुहुन्छ, साच्चैँ नै, साच्चैँ नै मेरा पुत्र, म तिमीलाई भन्छु, तिम्रो निवेदनअनुसार, तिम्रा पापहरू क्षमा गरिएका छन्, किनकि तिम्रा प्रार्थनाहरू र तिम्रा बन्धुहरूका प्रार्थनाहरू मेरा कानमा पुगेका छन् ।

त्यसकारण, अबदेखि तिमी आशीषित छौ जसले आफूलाई दिइएका अधिराज्यका साँचाहरू धारण गरेका छौ; जुन अधिराज्य अन्तिम पटक आउँदै छ ।

साच्चैँ नै म तिमीलाई भन्छु, जबसम्म तिमी संसारमा हुन्छौ, यस राज्यका साँचाहरू तिमीबाट कहिल्यै खोसिने छैनन्, न त आउने संसारमा नै खोसिने छन्;

यद्यपि, तिमीद्वारा अरूहरूलाई, हो, चर्चलाई समेत देववाणीहरू दिइने छन् ।

अनि तिनीहरू सबै जसले परमेश्वरका देववाणीहरू प्राप्त गर्छन्, तिनीहरूले आफूहरूलाई कसरी धारण गर्ने भनेर सावधान रहनु पर्छ, अन्यथा तिनीहरूलाई हलुका विषयका रूपमा लिइन्छ अनि त्यस माध्यमद्वारा तिरस्कारको अधीनमा ल्याइन्छ र आँधीबेहरी आउँदा, बतास चल्दा र पानी पर्दा ठक्कर खान्छन् र तल खस्छन् र तिनीहरूका गृहलाई हान्छन् ।

अनि पुनः, साच्चैँ नै म तिम्रा बन्धुहरूलाई भन्छु, सिड्नी रिग्डन र फ्रेडरिक जी. विलियम्स्, तिनीहरूका पापहरूलाई क्षमा दिइएको छ अनि तिनीहरूलाई यो अन्तिम अधिराज्यका साँचाहरू धारण गर्नका लागि तिमी समान मानिएको छ;

त्यसैगरी अगमवक्ताहरूका शिक्षालयका साँचाहरू, जसलाई तिम्रो प्रशासनद्वारा मैले सङ्गठित हुन आज्ञा दिएको छु;

ताकि यसबाट तिनीहरू जति धेरैले विश्वास गर्ने छन्, सियोन र इस्राएलका राष्ट्रहरू र गैह्र यहूदीहरूको मुक्तिका लागि आफ्ना सेवामा परिपूर्ण हुन सक्छन्;

ताकि तिम्रो प्रशासनद्वारा तिनीहरूले वचन प्राप्त गर्न सक्छन्, अनि तिम्रो प्रशासनद्वारा वचन पृथ्वीका सीमान्तहरूमा, पहिले गैह्र यहूदीहरूसामु जाने छन्, अनि त्यसपछि, हेर, अनि अवलोकन गर, त्यो यहूदीहरूतर्फ फर्कने छ ।

१० अनि त्यसपछि त्यो दिन आउँछ जब राष्ट्रहरू, विधर्मी राष्ट्रहरू, योसेफका घरानालाई, तिनीहरूको मुक्तिको सुसमाचारको विश्वास दिलाउनमा परमप्रभुका बाहुबलमा प्रकट हुने छन् ।

११ किनकि त्यस दिनमा यस्तो हुन आउने छ, कि हरेक मानिसले सुसमाचारको परिपूर्णता आफ्नै जिब्रो र आफ्नै भाषामा सुन्ने छन्, तिनीहरूद्वारा जो येशू ख्रीष्टको प्रकाशका लागि तिनीहरूमा पठाइएका आश्वासीको प्रभावद्वारा यस शक्तिमा नियुक्त गरिएका छन् ।

१२ अनि अब, साच्चैँ नै म तिमीहरूलाई भन्छु, म तिमीहरूलाई एउटा आज्ञा दिन्छु ताकि तिमीहरूले सेवा र अध्यक्षता गर्न निरन्तरता देओ ।

१३ अनि जब तिमीहरूले अगमवक्ताहरूको अनुवाद समाप्त गर्‍यौ, तिमीहरूले त्यो समयदेखि चर्च र शिक्षालयका कारोवारहरूको अध्यक्षता गर्ने छौ;

१४ अनि समय-समयमा, अधिराज्यका रहस्यहरू खुलासा गर्न आश्वासीद्वारा प्रकट गरिएअनुसार प्राप्त प्रकाशहरू प्रकट गरिने छन्;

१५ अनि चर्चहरूलाई व्यवस्थित गर र अध्ययन गर अनि सिक र सबै राम्रा पुस्तकहरूसँग अनि सबै भाषाहरूसँग, सबै बोल्ने तरिकाहरू र सबै मानिसहरूसँग परिचित बन ।

१६ अनि परिषद् मा अध्यक्षता गर्न र यस चर्च र अधिराज्यका सबै क्रियाकलापहरूलाई व्यवस्थित गर्न तिम्रो सम्पूर्ण जीवनमा यो तिम्रो व्यवसाय र लक्ष्य हुने छ ।

१७ लज्जित नहोऊ, न त खलवल नै; तर आफ्ना सबै उच्च अहङ्कार र घमण्डमा चेतावनी देऊ, किनकि यसले तिम्रो अन्तस्करणमा एक पासो ल्याउँछ ।

१८ आफ्ना घरहरूलाई व्यवस्थित पार; आलस्य र अशुद्धतालाई तिमीहरूबाट टाढा राख ।

१९ अब, म साच्चैँ नै तिमीलाई भन्छु, यथाशीघ्र तिम्रा सल्लाहकार र शास्त्री, फ्रेडरिक जी. विलियम्स् को परिवारका लागि पनि त्यहाँ एक स्थान उपलब्ध गराइनु पर्छ ।

२० अनि मेरा वयस्क सेवक, जोसेफ स्मिथ, सिनियर आफ्नो परिवार सँगै उनी अहिले बसिरहेको स्थानमा बस्नु पर्छ; अनि जबसम्म परमप्रभुको मुखबाट यसको नाम निस्किँदैन यसलाई बेच्नु हुँदैन ।

२१ अनि मेरा सल्लाहकार, सिड्नी रिग्डन पनि, परमप्रभुको मुखबाट नाम नआएसम्म उनी अहिले बसिरहेको स्थानमा बस्नु पर्छ ।

२२ अनि प्रतिनिधि प्राप्त गर्न बिशपले लगनशीलताका साथ खोजी गर्नु पर्छ र ऊ भण्डारमा धन भएको मानिस हुनु पर्छ—परमेश्वरको एक मानिस र एक दृढ आस्थाको मानिस—

२३ ताकि यसरी उनी हरेक ऋण चुक्ता गर्न सक्षम हुन सक्छन्; ताकि परमप्रभुको ढुकुटीलाई मानिसहरूका नजरमा बदनाममा ल्याउन सकिँदैन ।

२४ लगनशीलताका साथ खोज, सदैव प्रार्थना गर र विश्वास गर अनि यदि तिमीहरू धार्मिकतामा हिँड्छौ र तिमीहरूले एक अर्कासँग गरेका करारहरूलाई सम्झन्छौ भने सबै विषयहरूले तिमीहरूको भलाइका लागि एकसाथ कार्य गर्ने छन् ।

२५ तिमीहरूका परिवारहरू थोरै हुनु पर्छ, विशेष गरी मेरा वयस्क सेवक जोसेफ स्मिथ सिनियरका ती मानिसहरूका सम्बन्धमा जो तिमीहरूका परिवारहरूसँग सम्बन्धित छैनन्;

२६ ताकि ती विषयहरू जुन मेरो कार्य पूरा गर्न, तिमीहरूका लागि प्रदान गरिएको छ, तिमीहरूबाट नखोसियोस् र अयोग्यहरूलाई नदिइयोस्—

२७ अनि यसप्रकार मैले तिमीहरूलाई आज्ञा दिएका ती विषयहरू पूरा गर्न तिमीहरूलाई अवरोध गरिने छ ।

२८ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यो मेरो चाहना हो कि मेरा सेवक भियना ज्याक्सले उनको खर्च वहन गर्न पैसा प्राप्त गर्नु पर्छ र सियोनको भूमिमा जानु पर्छ;

२९ अनि बाँकी रहेको पैसा मलाई समर्पित गर्न सकिन्छ र उनलाई मेरो आफ्नै समयमा पुरस्कृत गरिने छ ।

३० साच्चैँ नै म तिमीहरूलाई भन्छु, ताकि यो मेरो नजरमा उपयुक्त छ कि उनी सियोनको भूमिमा जानु पर्छ र बिशपको हातबाट उत्तराधिकार प्राप्त गर्नु पर्छ;

३१ ताकि उनी आस्थावान् रहँदासम्म शान्तिमा बसोबास गर्न सक्छिन् अनि त्यसपछिका तिनका दिनहरूमा निष्क्रिय बन्न नपरोस् ।

३२ अनि हेर, साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि तिमीहरूले यो आज्ञा लेख्ने छौ र सियोनमा रहेका आफ्ना बन्धुहरूलाई, प्रेमपूर्ण अभिवादनमा भन्ने छौ, कि मैले तिमीहरूलाई मेरो आफ्नै समयमा सियोनको अध्यक्षता गर्न पनि बोलाएको छु ।

३३ त्यसकारण, तिनीहरूले यस विषयका सम्बन्धमा मलाई थकित पार्न छोड्नु पर्छ ।

३४ हेर, म तिमीहरूलाई भन्छु कि सियोनका तिमीहरूका बन्धुहरूले पश्चात्ताप गर्न प्रारम्भ गरे र स्वर्गदूतहरू उनीहरूसँग रमाउँछन् ।

३५ यद्यपि, म धेरै विषयहरूमा सन्तुष्ट छैन; अनि म मेरा सेवक विलियम ई. मक्लेलिनसँग त्यति खुशी छैन, न त मेरा सेवक सिड्नी गिल्बर्टसँग नै खुशी छु; अनि बिशपसँग पनि र अरूहरूसँग पश्चात्ताप गर्न धेरै विषयहरू छन् ।

३६ परन्तु साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि म, परमप्रभु, सियोनसँग झगडा गर्ने छु र तिनका बलियाहरूसित बिन्ती गर्ने छु र उनलाई मेरासामु विजय र शुद्ध नभएसम्म हप्काउने छु ।

३७ किनकि उनलाई आफ्नो स्थानबाट हटाइने छैन । म, परमप्रभुले यस्तो बोलेको छु । आमीन ।

प्रिन्ट गर्नुहोस्