धर्मशास्त्रहरू
सिद्धान्त र करार ९२


खण्ड ९२

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा फेब्रूवरी २७, १८३३ मा दिइएको प्रकाश । प्रकाशले फ्रेडरिक जी. विलियम्स्लाई निर्देशन दिन्छ, जो हालै जोसेफ स्मिथका लागि सल्लाहकार नियुक्त भएका थिए, संयुक्त उद्यममा आफ्ना कर्तव्यहरूमा (खण्ड ७८८२ का शीर्षकहरू हेर्नुहोस्) ।

१–२, संयुक्त रीतमा सहभागी हुने सम्बन्धमा परमप्रभुले आज्ञा दिनुहुन्छ ।

साँच्चै नै, परमप्रभु यसो भन्नुहुन्छ, म संयुक्त क्रम दिन्छु जुन यसपूर्व दिइएको आज्ञाअनुसारको सङ्गठन हो, मेरा सेवक फ्रेडरिक जी विलियम्सका सम्बन्धमा एक प्रकाश र आज्ञा दिन्छु ताकि तिमीहरूले उनलाई त्यस रीतमा ग्रहण गर्ने छौ । म एकलाई जे भन्छु म सबैलाई त्यही भन्छु ।

अनि पुनः, म तिमीलाई भन्छु मेरा सेवक फ्रेडरिक जी.विलियम्स् तिमी यस रीतमा एक सक्रिय सदस्य हुने छौ; र जति जति तिमी यस पूर्वका सबै आज्ञाहरू पालना गर्नमा आस्थावान् हुने छौ भने तिमी सदाका लागि आशीषित हुने छौ । आमीन ।

प्रिन्ट गर्नुहोस्