धर्मशास्त्रहरू
सिद्धान्त र करार ९६


खण्ड ९६

अगमवक्ता जोसेफ स्मिथलाई कर्टल्याण्ड, ओहायोमा, जुन ४, १८३३ मा, कर्टल्याण्डका सन्तहरूलाई उदाहरणका रूपमा सियोनको शहर वा किलाको रीत देखाउँदै दिइएको प्रकाश । यो उच्च पादरीहरूको सम्मेलनको अवसर थियो र विचार विमर्शको प्रमुख विषय निश्चित जग्गाहरूको व्यवस्थापन गर्नु थियो, जसलाई कर्टल्याण्ड नजिकैको चर्चको स्वामित्वमा रहेको फ्रान्सेली फार्म भनिन्छ । फार्मको व्यवस्थापनको उत्तरदायित्व कसले लिने भनेर सम्मेलनमा सहमति हुन नसकेकाले यस विषयमा परमप्रभुसँग सोधपुछ गर्न सबै सहमत भए ।

, सियोनको कर्टल्याण्डको किला मजबुत बनाइनु पर्छ; २–५, बिशपले सन्तहरूका लागि उत्तराधिकारहरू बाँढ्नु पर्छ; ६–९, जोन जोन्सन संयुक्त क्रमका सदस्य हुनु पर्छ ।

हेर, म तिमीहरूलाई भन्छु, यहाँ ज्ञान छ, जसद्वारा तिमीहरूले यस विषयमा कसरी कार्य गर्ने भनेर जान्न सक्छौ, किनकि यो ममा उचित छ कि मैले सियोनको शक्तिका लागि राखेको यो किलालाई मजबुत बनाइनु पर्छ ।

त्यसैले, मेरा सेवक नुवल के. ह्विटनीले त्यो स्थानको उत्तरदायित्व लिनु पर्छ जुन तिमीहरूका बीचमा उल्लेख गरिएको छ, जसमा मैले मेरो पवित्र गृह निर्माणका लागि रचना गरेको छु ।

अनि पुनः, यसलाई टुक्रामा विभाजित गरिनु पर्छ, ज्ञानअनुसार, उत्तराधिकार खोज्नेहरूको लाभका लागि, यो तिमीहरूका बीचमा परिषद् मा निर्धारण गरिने छ ।

त्यसकारण, कान थाप ताकि तिमीहरूले यस विषयमा हेर्छौँ र त्यो अंश जुन मेरो रीतलाई लाभ पुर्‍याउन आवश्यक छ, मेरा वचनलाई मानिसहरूका छोराछोरीहरूमा ल्याउने उद्देश्यका लागि ।

किनकि हेर, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यो ममा अति नै उचित छ, कि मेरा वचन मानिसहरूका छोराछोरीहरूमा जानु पर्छ, तिमीहरूका लाभका लागि मानिसहरूका छोराछोरीहरूको हृदयलाई विनम्र पार्ने उद्देश्यले । तसर्थ यस्तै हुने छ । आमीन ।

अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यो ज्ञान हो र ममा उचित छ, कि मेरा सेवक जोन जोन्सन जसको अर्पण मैले स्वीकार गरेको छु र जसको प्रार्थना मैले सुनेको छु, जसलाई म अनन्त जीवनको प्रतिज्ञा दिन्छु जति जति उनले अब देखि मेरा आज्ञाहरू पालना गर्छन्—

किनकि उनी योसेफका सन्तति हुन् र आफ्ना पिता-पुर्खाहरूलाई दिइएको प्रतिज्ञाको आशीर्वादमा सहभागी हुन्छन्—

साच्चैँ नै म तिमीहरूलाई भन्छु, यो मेरा लागि उचित छ कि उनी रीतको सदस्य बन्नु पर्छ ताकि उनले मानिसहरूका छोराछोरीहरूसामु मेरा वचन ल्याउन सहयोग गर्न सक्छन् ।

त्यसकारण तिमीहरूले उनलाई यो आशीर्वादका लागि नियुक्त गर्ने छौ र उनले तिमीहरूका बीचमा नामकरण गरिएको गृहमा रहेका दायित्वहरू हटाउन लगनशीलताका साथ खोजी गर्ने छन् ताकि उनी त्यहाँ बस्न सक्छन् । तसर्थ यस्तै हुने छ । आमीन ।

प्रिन्ट गर्नुहोस्