खण्ड ११२
अगमवक्ता जोसेफ स्मिथद्वारा, थुमाका बाह्र प्रेरितहरूका सम्बन्धमा थोमस बी. मार्सलाई जुलाई २३, १९३7 मा कर्टल्याण्ड, ओहायोमा दिइएको प्रकाश । यो प्रकाश एल्डरहरू हिबर सी. किमबल र ओर्सन हाइडले पहिलो पटक इङ्गल्याण्डमा सुसमाचारको प्रवचन गरेको दिनमा प्राप्त गरिएको थियो । थोमस बी. मार्स यो समयमा बाह्र प्रेरित गणका अध्यक्ष थिए ।
१–१०, बाह्र जनाले सुसमाचार पठाउनु पर्छ र सबै राष्ट्र र मानिसहरूमा चेतावनीको आवाज उठाउनु पर्छ; ११–१५, उनीहरूले आफ्नो क्रुस उठाउनु पर्छ, येशूलाई अनुशरण गर्नु पर्छ, र उहाँका भेडाहरूलाई खुवाउनु पर्छ; १६–२०, जसले पहिलो अध्यक्षतालाई ग्रहण गर्छन् परमप्रभुलाई ग्रहण गर्छन्; २१–२९, अन्धकारले पृथ्वीलाई ढाक्छ र विश्वास गर्ने र बप्तिस्मा लिनेहरूलाई मात्र मुक्ति दिइने छ; ३०–३४, पहिलो अध्यक्षता र बाह्रले समयको पूर्णताको समयावधिका साँचाहरू बोक्छन् ।
१ साच्चैँ नै मेरा सेवक थोमस परमप्रभुले तिमीलाई यसो भन्नुहुन्छ: मैले तिम्रो प्रार्थना सुनेको छु; र तिम्रा बन्धुहरू जसलाई मेरो नामको गवाही दिन र सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू र जनहरूमा पठाउन छनोट गरिएका छन् र मेरा सेवकहरूका माध्यमद्वारा नियुक्त गरिएका छन्, उनीहरूका तर्फका तिम्रा असल कार्यहरू मेरासामु स्मरणका रूपमा आएका छन् ।
२ साच्चैँ नै म तिमीलाई भन्छु, तिम्रो हृदयमा र तिमीसँग केही विषयहरू छन् जसमा म, परमप्रभु, खुसी थिइन ।
३ यद्यपि, तिमीले आफूलाई विनम्र बनाएका कारण तिमीलाई उच्च पारिने छ; त्यसकारण, तिम्रा पापहरूबाट तिमीलाई क्षमा गरिएको छ ।
४ तिम्रो हृदय मेरो मुहारसामु खुशी हुनु पर्छ; अनि तिमीले मेरो नामको गैह्र यहूदीहरूमा मात्र नभई, यहूदीहरूमा पनि गवाही दिनु पर्छ; अनि तिमीले मेरो वचन पृथ्वीका सीमान्तहरूमा पठाउनु पर्छ ।
५ त्यसकारण, हरेक बिहान छलफल गर; र दिन प्रतिदिन तिम्रो चेतावनीको आवाज अगाडि बढाऊ; र जब रात पर्छ पृथ्वीका बासिन्दाहरूलाई तिम्रो बोलीले निदाउन नदेऊ ।
६ सियोनमा तिम्रो बसोबास जानकारी हुनु पर्छ र तिम्रो घर नहटाऊ; किनकि म परमप्रभुसँग तिम्रा लागि मानिसहरूका छोराछोरीहरूका माझ मेरो नाम प्रचार गर्ने महान् कार्य छ ।
७ त्यसकारण, कार्यका लागि कम्मर कस । तिम्रा पाउहरू पनि तयार गर्नु पर्छ, किनकि तिमी छनोट गरिएका छौ र तिम्रो मार्ग पहाडहरू र धेरै राष्ट्रहरूका बीचमा छ ।
८ अनि तिम्रा वचनले धेरै उच्चहरूलाई तल ल्याइने छ र तिम्रा वचनले धेरै तल्लो स्तरकाहरूलाई उच्च पारिने छ ।
९ तिम्रो आवाज अपराधीका लागि हप्काई बन्ने छ; र तिम्रो हप्काइमा निन्दा गर्नेको जिब्रोले आफ्नो विकृतिबन्द गर्नु पर्छ ।
१० विनम्र होऊ; अनि परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई हात समाएर अगुवाइ गर्नुहुने छ र तिम्रा प्रार्थनाहरूको उत्तर दिनुहुने छ ।
११ म तिम्रो हृदयलाई चिन्छु र तिम्रा बन्धुहरूको सम्बन्धमा तिम्रो प्रार्थना सुनेको छु । अन्य धेरै भन्दा बढी तिनीहरूप्रतिको प्रेममा पक्षपात नगर, तर तिम्रो प्रेम आफ्नो लागि जस्तै तिनीहरूका लागि हुनु पर्छ; र तिम्रो प्रेम सबै मानिसहरूका लागि र मेरो नामलाई प्रेम गर्ने सबैलाई प्रशस्त हुनु पर्छ ।
१२ अनि आफ्ना बाह्र बन्धुहरूका लागि प्रार्थना गर । मेरो नामका लागि उनीहरूलाई कडा चेताउनी देऊ र उनीहरूलाई आफ्ना सबै पापहरूका लागि चेताउनी दिइनु पर्छ र मेरो नाममा मेरासामु आस्थावान् बन्नु पर्छ ।
१३ अनि तिनीहरूका प्रलोभनहरू र धेरै सङ्कष्टहरू पछि, हेर, म, परमप्रभु, तिनीहरूको समीप आउने छु र यदि तिनीहरूले आफ्ना हृदयहरू कठोर बनाएनन् भने र तिनीहरू मेरा विरुद्धमा हठी बनेनन् भने, तिनीहरू परिवर्तन हुने छन् र म तिनीहरूलाई चङ्गाइ दिने छु ।
१४ अब, म तिमीलाई भन्छु र म तिमीलाई जे भन्छु त्यो सबै बाह्रलाई भन्छु: उठ र कम्मर कस, आफ्नो क्रूस उठाऊ र मलाई अनुशरण गर र मेरा भेडालाई खुवाऊ ।
१५ आफूलाई उच्च नबनाऊ; मेरो सेवक जोसेफको विरुद्धमा विद्रोह नगर; किनकि साच्चैँ नै म तिमीहरूलाई भन्छु, म उनीसँग छु, र मेरा बाहु उनीमाथि हुने छन्; अनि मैले उनलाई र तिमीहरूलाई पनि दिएका साँचाहरू, म नआउँदासम्म उनीबाट लगिने छैन ।
१६ साच्चैँ नै म तिमीलाई भन्छु, मेरा सेवक थोमस, तिमी त्यो मानिस हौ जसलाई मैले मेरो अधिराज्यका साँचाहरू धारण गर्न छनोट गरेको छु, बाह्र जनासँग सम्बन्धित, सबै राष्ट्रहरूका बीचमा—
१७ ताकि तिमी सबै स्थानहरूमा अधिराज्यको ढोका खोल्नका लागि मेरा सेवक बन्न सक्ने छौ जहाँ मेरा सेवक जोसेफ र मेरा सेवक सिड्नी र मेरा सेवक हाइरम आउन सक्दैनन्;
१८ किनकि मैले केही समयका लागि सबै चर्चहरूको उत्तरदायित्व तिनीहरूमाथि राखेको छु ।
१९ यसकारण, उनीहरूले तिमीलाई जुनसुकै स्थानमा पाठाए पनि तिमी जाऊ र म तिमीसँग हुने छु; र तिमीले जुनसुकै स्थानमा मेरो नामको घोषणा गर्ने छौ, तिम्रा लागि एक प्रभावकारी ढोका उघारिने छ, ताकि तिनीहरूले मेरा वाणी ग्रहण गर्न सक्ने छन् ।
२० जसले मेरा वाणी ग्रहण गर्ने छन् मलाई प्राप्त गर्ने छन् र जसले मलाई प्राप्त गर्ने छन्, तिनीहरूलाई ग्रहण गर्ने छन्, प्रथम अध्यक्षता, जसलाई मैले पठाएको छु, जसलाई मैले मेरो नामका लागि तिम्रो लागि सल्लाहकार बनाएको छु ।
२१ अनि पुनः म तिमीलाई भन्छु, कि तिमीले जसलाई मेरो नाममा तिमीहरूका बन्धुहरूको आवाजद्वारा पठाउँछौ, तिमीहरूले आधिकारिक रूपले सिफारिस गरेका र अधिकार प्रदान गरेका बाह्र जाना, उनीहरूसँग तिमीहरूले पाठाएका जुनसुकै राष्ट्रमा मेरो अधिराज्यको ढोका खोल्ने शक्ति हुने छ—
२२ जति जति तिनीहरूले आफैँलाई मेरा सामु विनम्र पार्ने छन् र मेरा वचनमा आस्थावान् बन्छन् र मेरो आत्माको आवाज सुन्ने छन् ।
२३ साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्छु, अन्धकारले पृथ्वीलाई ढाकेको छ र घोर अन्धकारले मानिसहरूको मस्तिष्कलाई ढाकेको छ र सबै प्राणीहरू मेरो सामु भ्रष्ट भएको छ ।
२४ हेर, पृथ्वीका बासिन्दाहरूमा प्रातिशोध छिट्टै आउँछ, क्रोधको दिन, जलाउने दिन, उजाडको दिन, क्रन्दनको, शोकको र विलापको दिन; र यो आँधीबेहरी जस्तै पृथ्वीको सबै सतहमा आउने छ, परमप्रभु भन्नुहुन्छ ।
२५ अनि मेरो गृहबाट सुरु हुने छ र मेरो गृहबाट अगाडि बढ्ने छ, परमप्रभु भन्नुहुन्छ;
२६ पहिले तिमीहरूका माझका तिनीहरूमा, परमप्रभु भन्नुहुन्छ, जसले मेरो नाम जानेको दाबी गर्छन् र मलाई चिन्दैनन् र मेरो गृहका बीचमा मेरा विरुद्धमा निन्दा गरेका छन् ।
२७ त्यसकारण, यस स्थानमा मेरो चर्चका मामिलाहरू सम्बन्धमा तिमीहरूले आफैलाई चिन्तित नबानओ, परमप्रभु भन्नुहुन्छ ।
२८ परन्तु मेरासामु आफ्ना हृदयहरूलाई शुद्ध बानाओ; अनि त्यसपछि सारा संसारमा जाओ र मेरो सुसमाचारको प्रवचन सबै प्राणीहरूलाई गर जसले प्राप्त गरेका छैनन्;
२९ अनि जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसलाई बचाइने छ र जसले विश्वास गर्दैन र बप्तिस्मा लिदैन, ऊ दोषी ठहरिने छ ।
३० किनकि तिमीहरूलाई, बाह्रजना र ती प्रथम अध्यक्षता, जसलाई तिमीहरूसँग तिमीहरूका सल्लाहकारहरू र तिमीहरूका अगुवाहरू हुनलाई नियुक्त गरिएको छ, यो पादरित्वको शक्ति दिइएको छ, अन्तिम दिनहरू र अन्तिम समयका लागि, जसमा समयको पूर्णताको समयावधि छ,
३१ जुन शक्ति तिमीहरू धारण गर्छौ, सृष्टिको प्रारम्भदेखि कुनै पनि समयमा युगको प्राप्ति गरेका सबैका साथमा;
३२ किनकि साच्चैँ नै म तिमीहरूलाई भन्छु, युगका साँचाहरू जुन तिमीहरूले प्राप्त गरेका छौ, पिता-पुर्खाहरूबाट तल आएका छन् र अन्तिम पटक तिमीहरूमा स्वर्गबाट पठाइएका छन् ।
३३ साच्चैँ नै, म तिमीहरूलाई भन्छु, आफ्नो बोलावट कति महान् छ भनेर हेर । आफ्ना हृदयहरू र कपडाहरू शुद्ध पार, अन्यथा यस सन्ततिको रगत तिमीहरूको हातमा हुने छ ।
३४ म नआउँदासम्म आस्थावान् होऊ, किनकि म छिट्टै आउँछु; अनि मेरो पुरस्कार म सँगै छ प्रत्येक मानिसलाई उसको कार्यअनुसार पुरस्कृत गर्नका लागि । म अल्फा र ओमेगा हुँ । आमीन ।