खण्ड ११३
अगमवक्ता जोसेफ स्मिथद्वारा फारवेस्ट, मिजोरी वा नजिकै, मार्च १८३८ मा दिइएका यशैयाका लेखहरूका केही प्रश्नहरूका उत्तरहरू ।
१–६, यिशैको डाँठ, त्यहाँबाट निस्केको टुसा र यिशैको जरा पहिचान गरियो; ७–१०, सियोनका छरिएका अवशेषहरूमा पादरित्वको अधिकार छ र परमप्रभुमा फर्कन बोलाइन्छ ।
१ यशैयाको ११औँ अध्यायको पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ पदहरूमा भनिएको यिशैको डाँठ को हो?
२ साच्चैँ नै परमप्रभु यसो भन्नुहुन्छ: यो ख्रीष्ट हो ।
३ यशैयाको ११औँ अध्यायको पहिलो पदमा, भनिएको टुसा के हो, जुन यिशैको डाँठबाट आउँछ?
४ हेर, परमप्रभु यसो भन्नुहुन्छ: यो ख्रीष्टका बाहुहरूको सेवक हो, जो यिशै र साथै एफ्राइमको आंशिक सन्तति हो, अथवा योसेफका घरानाको हो, जसमा धेरै शक्ति राखिएको छ ।
५ ११औँ अध्यायको १०औँ पदमा भनिएको यिशैको जरा के हो?
६ हेर, परमप्रभु यसो भन्नुहुन्छ, यो यिशैको सन्तति हो, साथै योसेफका, जोसँग ध्वजा र अन्तिम दिनहरूमा मेरा मानिसहरू एकत्रित गर्नका लागि पादरित्वको र साँचाहरूको सही रूपमा अधिकार छ ।
७ एलियास हिग्बीद्वारा प्रश्न: यशैया, ५२औँ अध्यायको, पहिलो पदमा, आज्ञाको अर्थ के हो जसले भन्छ: मेरो शक्ति लगाओ, हे सियोन—र यशैयाले कुन मानिसहरूलाई सन्दर्भ गरेका थिए?
८ उनले तिनीहरूलाई सन्दर्भ गरेका थिए जसलाई परमेश्वरले अन्तिम दिनहरूमा बोलाउनुहुने छ, जसले सियोनलाई पुनः ल्याउनको लागि र इस्राएलको उद्धारका लागि पादरित्वको शक्ति धारण गर्ने छ; र उनको शक्ति लगाउने भनेको पादरित्वको अधिकार लगाउनु हो, जुन उनी सियोनसँग बंशद्वारा अधिकार छ; उनीले गुमाएका त्यो शक्तिमा फर्कने पनि ।
९ सियोन आफ्नो घाँटीको पासोबाट मुक्त गर्दै, योबाट हामीले के बुझ्नेझ्ने; दोस्रो पद?
१० हामीले बुझ्नु पर्छ कि छरिएका अवशेषहरूलाई परमप्रभुमा फर्कन आग्रह गरिएको छ जहाँबाट तिनीहरूको पतन भएको छ; जुन यदि तिनीहरूले गर्छन् भने, परमप्रभुको प्रतिज्ञा यो हो कि उहाँले तिनीहरूसँग बोल्नुहुने छ, अथवा तिनीहरूलाई प्रकाश दिनुहुने छ । हेर्नुहोस् छैटौँ, सातौँ र आठौँ पदहरू। उनको घाँटीको पासो उनी माथि परमेश्वरका श्रापहरू हुन् वा इस्राएलका अवशेषहरू उनीहरूका छरिएका अवस्थामा गैह्र यहूदीहरू माझ ।