धर्मशास्त्रहरू
सिद्धान्त र करार ११५


खण्ड ११५

अगमवक्ता जोसेफ स्मिथद्वारा फार वेस्ट, मिजोरीमा, अप्रिल २६, १८३८ मा त्यो स्थान र परमप्रभुको गृह निर्माण गर्ने सम्बन्धमा परमेश्वरको चाहनाको जानकारी दिँदै दिइएको प्रकाश । यो प्रकाशले अध्यक्षता गर्दै गरेका अधिकारीहरू र चर्चका सदस्यहरूलाई सम्बोधन गर्छ ।

१–४, परमप्रभुले उहाँको चर्चको नाम पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च राख्नुहुन्छ; ५–६, सियोन र उनका किलाहरू सुरक्षा र शरण स्थानहरू हुन्; ७–१६, सन्तहरूलाई फार वेस्टमा परमप्रभुको गृह निर्माण गर्न आज्ञा गरियो; १७–१९, जोसेफ स्मिथले पृथ्वीमा परमेश्वरको राज्यका साँचाहरू धारण गर्छन् ।

साच्चैँ नै परमप्रभु तिमिहरूलाई यसो भन्नुहुन्छ, मेरा सेवक जोसेफ स्मिथ जुनियर र मेरा सेवक सिड्नी रिग्डन र मेरा सेवक हाइरम स्मिथ पनि र जो तिमीहरूका सल्लाहकारहरू हुन् र यसपछि नियुक्त हुनेहरूलाई;

अनि तिमीहरूलाई पनि, मेरा सेवक एड्वार्ड पाट्रिज र उनका सल्लाहकारहरू;

अनि मेरा आस्थावान् सेवकहरूलाई पनि, जो सियोनमा मेरो चर्चको उच्च परिषद्मा छन्, किनकि यसलाई यस्तो भनिनु पर्छ र संसार भर छरिएका पछिल्ला दिनका मेरा सन्तहरूको येशू ख्रीष्टको चर्चका एल्डरहरू र जनहरूलाई;

किनकि अन्तिम दिनहरूमा मेरो चर्चलाई यसरी बोलाइनु पर्छ, जुन पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च हो ।

साच्चैँ नै, म तिमीहरू सबैलाई भन्छु: उठ र उज्यालो बन, ताकि तिम्रो ज्योति राष्ट्रहरूका लागि उदाहरण बन्न सक्ने छ;

अनि कि सियोनको भूमिमा र उनको किल्लामा सँगै एकत्रित हुने, सुरक्षाका लागि र आँधीबाट र क्रोधबाट शरणका लागि हुन सक्ने छ जब यो सम्पूर्ण पृथ्वीमा मिश्रण बिना खन्याइने छ ।

फार वेस्ट मेरा लागि पवित्र र समर्पित भूमि हुनु पर्छ; र यो अति पवित्र भूमि भनिने छ, किनकि तिमीहरू उभिएको जमिन पवित्र छ ।

त्यसकारण, म तिमीहरूलाई मेरो सन्तहरूलाई एकत्रित गर्नका लागि मेरा लागि गृह निर्माण गर्न आज्ञा दिन्छु, ताकि उनीहरूले मेरो आराधना गर्न सक्छन् ।

अनि त्यहाँ यो आउँदो ग्रीष्म ऋतुमा यो कार्यको आरम्भ हुनु पर्छ र आधार र कार्यको तयारी हुनु पर्छ;

१० अनि त्यसपछिको जुलाईको चौथो दिनमा आरम्भ गर्नु पर्छ; अनि त्यो समय देखि मेरा जनहरूले मेरो नाममा गृह निर्माण गर्नका लागि लगनशीलताका साथ परिश्रम गर्नु पर्छ;

११ अनि यस दिनबाट एक वर्षमा उनीहरूले मेरो गृहको आधार बसाल्न पुनः आरम्भ गर्नु पर्छ ।

१२ यसरी जबसम्म यो समाप्त हुँदैन त्यो समयदेखि उनीहरूले लगनशीलताका साथ पररिश्रम गर्नु पर्छ, त्यसको आधारशिला देखि उच्चतम भागसम्म, जबसम्म त्यहाँ समाप्त नभएको कुनै पनि बाँकी रहँदैन ।

१३ साच्चैँ नै म तिमीहरूलाई भन्छु, मेरा सेवक जोसेफ, न त मेरा सेवक सिड्नी, न त मेरा सेवक हाइरम मेरो नाममा गृह निर्माण गर्नका लागि थप ऋणमा पर्नु हुँदैन;

१४ परन्तु मेरो नाममा मेरो नमूनाअनुसार गृह निर्माण गराइनु पर्छ जुन मैले उनीहरूलाई देखाउँछु ।

१५ अनि यदि मेरा जनहरूले मैले उनीहरूको अध्यक्षतामा देखाएको नमुनाअनुसार निर्माण गरेनन् भने, म यो उनीहरूको हातबाट स्वीकार गर्ने छैन ।

१६ परन्तु यदि मेरा मानिसहरूले यसलाई मैले उनीहरूको अध्यक्षतामा, मेरा सेवकहरू जोसेफ र उनका सल्लाहकारहरूलाई देखाउने नमुनाअनुसार निर्माण गर्छन् भने म यो मेरा जनहरूको हातबाट स्वीकार गर्ने छु ।

१७ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यो मेरो चाहना हो कि फार वेस्टको सहर मेरा सन्तहरूलाई एकत्रित गरेरछिट्टै निर्माण गरिनु पर्छ;

१८ अनि यो पनि कि अरू स्थानहरू वरिपरिका क्षेत्रहरूमा तिनीहरूलाई समय समयमा मेरा सेवक जोसेफलाई प्रकट गारिएअनुसार किलाहरूका लागि नियुक्त गरिनु पर्छ ।

१९ किनकि हेर, म उनीसँग हुने छु र म उनलाई मानिसहरूसामु पवित्र बनाउने छु; किनकि उनलाई मैले अधिराज्य र सेवाका साँचाहरू दिएको छु । तसर्थ यस्तै हुने छ । आमीन ।