खण्ड ११८
अगमवक्ता जोसेफ स्मिथद्वारा फार वेस्ट, मिजोरीमा, जुलाई ८, १८३८ मा, “बाह्र जनाका सम्बन्धमा हजुरको चाहना प्रकट गर्नुहोस्, हे परमप्रभु” भनेर गरिएका विनम्र निवेदनको उत्तरमा दिइएको प्रकाश ।
१–३, बाह्र जनाको परिवारहरूलाई परमप्रभुले उपलब्ध गाराउनुहुने छ; ४–६, बाह्रमा रिक्त स्थानहरू भरिए ।
१ साच्चैँ नै, परमप्रभु यसो भन्नुहुन्छ: तत्कालै सम्मेलन आयोजना गरिनु पर्छ; बाह्रलाई व्यवस्थित गरिनु पर्छ; र पतीत भएकाहरूको परिपूर्ति गर्न मानिसहरूलाई नियुक्त गरिनु पर्छ ।
२ मेरा सेवक थमस मेरा वचन प्रकाशित गर्न सियोनको भूमिमा केही समयका लागि रहनु पर्छ ।
३ बाँकी रहेकाहरूले त्यो समयदेखि प्रवचन गर्न जारी राख्नु पर्छ र यदि उनीहरूले यो सबै हृदयको नम्रतामा, विनम्रतामा र विनयमा र सहनशीलतामा गरे भने, म परमप्रभु उनीहरूलाई एक प्रतिज्ञा गर्छु कि म उनीहरूका परिवारहरूलाई उपलब्ध गराउने छु; र अबदेखि उनीहरूका लागि प्रभवकारी ढोका खोलिने छ ।
४ अनि अर्को वसन्तमा यहाँबाट छोडेर उनीहरू समुन्द्रहरूमा जानु पर्छ र त्यहाँ मेरो सुसमाचारको घोषणा गर्नु पर्छ, यसको पूर्णता र मेरो नामको गवाही दिनु पर्छ ।
५ उनीहरूले फार वेस्टको सहरमा अर्को अप्रिलको छब्बीसौँ दिनमा, मेरो गृहको निर्माणस्थलमा मेरा सन्तहरू प्रस्थान गर्नु पर्छ, परमप्रभु भन्नुहुन्छ ।
६ मेरा सेवक जोन टेलर र मेरा सेवक जोन ई. पेज पनि र मेरा सेवक विल्फोर्ड उड्रफ पनि र मेरा सेवक विलार्ड रिचर्ड्स पनि, पतीत भएकाहरूको स्थानलाई भर्न नियुक्त गरिनु पर्छ र उनीहरूका नियुक्ति आधिकारिक रूपमा सूचित गरिनु पर्छ ।