धर्मशास्त्रहरू
सिद्धान्त र करार ११९


खण्ड ११९

अगमवक्ता जोसेफ स्मिथद्वारा फार वेस्ट, मिजोरीमा, जुलाई ८, १८३८ मा, उहाँको बिन्ती: “हे परमप्रभु! हजुरका सेवकहरूलाई देखाउनुहोस् कि हजुर आफ्ना जनहरूको सम्पत्तिबाट दशांशका लागि कति चाहनुहुन्छ ।” को उत्तरमा दिइएको प्रकाश । दशांशको नियम, आज बुझिए जस्तै, यो प्रकाश पूर्व चर्चलाई दिइएको थिइएन । शब्द दशांश प्रार्थनामा र यसपूर्वका प्रकाशहरूमा भर्खर उधृत गरिएको (६४:२३; ८५:३; ९७:११) को अर्थ दशांश मात्र होइन, तर सबै स्व-इच्छाका भेटीहरू अथवा चर्च कोषमा योगदानहरू हुन् । परमेश्वरले चर्चलाई यसपूर्व नै समर्पणको नियम र सम्पत्तिको रखवारी दिइसक्नुभएको थियो, जसमा सदस्यहरू (प्रमुख रूपमा अगुवाइ गर्ने एल्डरहरू) चिरस्थायी रहने करारद्वारा प्रवेश गरे । यस करारको पालना गर्न धेरैले उपेक्षा गरेका कारण, परमप्रभुले यो केही समयका लागि फिर्ता लिनुभयो र यसको सट्टामा सम्पूर्ण चर्चलाई दशांशको नियम दिनुभयो । अगमवक्ताले परमप्रभुलाई पवित्र उद्देश्यहरूका लागि उहाँलाई उनीहरूको सम्पत्तिको कति आवश्यक छ भनेर सोधे । उत्तर यो प्रकाश थियो ।

१–५, सन्तहरूले आफ्नो अतिरिक्त सम्पत्ति तिर्नु पर्छ र त्यसपछि तिनीहरूको ब्याजको, दशांशका रूपमा वार्षिक रूपमा दशांश दिनु पर्छ; ६–७, यस्तो प्रक्रियाले सियोनको भूमिलाई पवित्र पार्ने छ ।

साच्चैँ नै परमप्रभु यसो भन्नुहुन्छ, म तिनीहरूको सबै अतिरिक्त सम्पत्ति सियोनमा मेरो चर्चका बिशपको हातमा सुम्पिन निर्देशन दिन्छु ।

मेरो गृहको निर्माणका लागि र सियोनको आधार बसाल्नका लागि र पादरित्व लागि र मेरो चर्चका अध्यक्षताको ऋणका लागि ।

अनि यो मेरा मानिसहरूको दशांशको आरम्भ हुने छ ।

अनि त्यस पछि, यसरी दशांश दिइएकाहरूले वार्षिक रूपमा आफ्नो सबै ब्याजको दशांश तिर्ने छन्; अनि यो तिनीहरूका लागि सदासर्वदाका लागि स्थायी नियम हुने छ, मेरो पवित्र पादरित्वका लागि, परमप्रभु भन्नुहुन्छ ।

साच्चैँ नै म तिमीहरूलाई भन्छु, यस्तो हुन जाने छ कि सियोनको भूमिमा एकत्रित हुनेहरू सबैले तिनीहरूको अतिरिक्त सम्पत्तिको दशांश दिनु पर्छ र तिनीहरूले यो नियम पालना गर्नु पर्छ अन्यथा तिनीहरू तिमीहरूका माझ बस्न योग्य हुने छैनन् ।

अनि म तिमीहरूलाई भन्छु, यदि मेरा जनहरूले यसलाई पवित्र राख्न यो नियमको पालना गरेनन् भने र यस नियमद्वारा सियोनको भूमिलाई मेरा लागि पवित्र बनाइएन भने, कि मेरा निर्धारित नियमहरू र मेरा न्यायहरू त्यहाँ राखिन सक्छन्, कि यो सबै भन्दा पवित्र हुन सक्छ, हेर, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यो तिमीहरूका लागि सियोनको भूमि हुने छैन ।

अनि यो सियोनका सबै किलाहरूमा नमुना बन्ने छ । तसर्थ यस्तै हुने छ । आमीन ।