खण्ड १२१
अगमवक्ता जोसेफ स्मिथद्वारा चर्चलाई पत्रमा लेखिएका प्रार्थना र भविष्यवाणीहरू, जब उनी मिति मार्च २०, १८३९ मा लिबर्टी, मिजोरीको जेलमा कैदी थिए । अगमवक्ता र विभिन्न मित्रहरू महिनौँसम्म जेलमा रहेका थिए । कार्यकारी अधिकारीहरू र न्यायपालिकालाई दिएका उनीहरूका निवेदन र अपीलहरूले तिनीहरूलाई राहत दिन सकेनन् ।
१–६, अगमवक्ताले पीडित सन्तहरूका लागि परमप्रभुसँग बिन्ती गर्छन्; ७–१०, परमप्रभुले उनलाई शान्तिको अभिव्यक्ति दिनुभयो; ११–१७, परमप्रभुका जनहरू विरुद्ध अपराधको झूटो आवाज उठाउनेहरू श्रापित हुन्छन्; १८–२५, तिनीहरूसँग पादरित्वको अधिकार हुने छैन र धिक्कार गरिने छन्; २६–३२, जसले साहसी भएर अन्तसम्म सहन्छ उसलाई महिमित प्रकाशहरूको प्रतिज्ञा गारिएको छ; ३३–४०, किन धेरैलाई बोलावट गरिन्छ र थोरैलाई छनोट गरिन्छ; ४१–४६, पादरित्वको प्रयोग धार्मिकतामा मात्र प्रयोग गरिनु पर्छ ।
१ हे परमेश्वर, हजुर कहाँ हुनुहुन्छ? अनि हजुरको लुक्ने स्थानलाई ढाक्ने स्थान कहाँ छ?
२ हजुरको हात कहिलेसम्म थाम्नुहने छ र हजुरका आँखा, हो हजुरका विशुद्ध आँखाले अनन्त स्वर्गबाट हजुरका मानिसहरू र हजुरका सेवकहरूका गल्तीहरू हेर्ने छन् र हजुरका कान उनीहरूका पुकारले छेडिने छन्?
३ हो, हे परमप्रभु, हजुरका हृदय उनीहरूप्रति नरम हुनु र हजुरका अन्तस्करण उनीहरूप्रति दयाले उत्प्रेरित हुनुपूर्व, कहिलेसम्म तिनीहरूले यी गल्तीहरू र गैरकानूनी अत्याचारहरू सहने छन्?
४ हे परमप्रभु सर्वशक्तिमान् परमेश्वर, स्वर्ग, पृथ्वी र समुद्रहरू र तिनीहरूमा भएका सबै सामग्रीहरूका सृष्टिकर्ता र जसले शैतानलाई र शेओलका विवेकहीन र अन्धकारको आधिपत्यलाई नियन्त्रण गर्नुहुन्छ र अधीनमा राख्नुहुन्छ—आफ्ना हात तन्काउनुहोस्; हजुरका आँखाले अनुभव गरुन्; हजुरको आरक्षण उठाइनु पर्छ; र हजुरको लुक्ने स्थान अब ढाकिनु हुँदैन; हजुरका कानले सुन्नुहोस्; हजुरको हृदय नरम बनाउनुहोस् र हजुरको अन्तस्करण हामीप्रति दयाले भरियोस् ।
५ हजुरका क्रोध हाम्रा शत्रुहरूमाथि दन्कियोस्; अनि, हजुरको हृदयको क्रोधमा, हजुरको तरबारले हामी प्रतिको गलतको प्रतिशोध लिनुहोस् ।
६ हजुरका पीडित सन्तहरूलाई सम्झनुहोस्; हे, हाम्रा परमेश्वर; र हजुरका सेवकहरू हजुरको नाममा सदासर्वदा रमाउने छन् ।
७ मेरा छोरा, तिम्रो आत्मालाई शान्ति होस्; तिम्रो दुःख र कष्टहरू क्षणिक मात्रै हुने छन्;
८ अनि पछि, यदि तिमीले अन्तसम्म सही तरीकामा सह्यौ भने, परमेश्वरले तिमीलाई उच्चमा राख्नुहुने छ; तिमीले आफ्ना सबै शत्रुहरूमाथि विजय प्राप्त गर्ने छौ ।
९ तिम्रा मित्रहरू तिम्रो छेउमा उभिएका छन् र उनीहरूले तिमीलाई पुनः स्नेह सहित र मित्रवत हातले अभिवादन गर्ने छन् ।
१० तिमी अझै अय्यूब जस्तो बनेका छैनौ; तिम्रा मित्रहरू तिमीबिरुद्द झगडा गर्दैनन्, न त अय्यूबलाई जस्तै तिमीलाई उल्लङ्घनको आरोप लगाउँछन् ।
११ अनि तिनीहरू जसले तिमीलाई उल्लङ्घनको आरोप लगाउँछन्, तिनीहरूको आशा नष्ट हुने छ र तिनीहरूका सम्भावनाहरू नष्ट हुने छन् जसरी उदाउँदो सूर्यका जलिरहेका किरणहरू अगाडि जम्मा भएको तुसारो पग्लिन्छ;
१२ अनि यो पनि कि परमेश्वरले समय र मौसमहरू परिवर्तन गर्नका लागि आफ्ना बाहुहरू राख्नुभएको छ र मोहोर लगाउनुभएको छ र तिनीहरूको मस्तिष्कलाई अन्धा बनाउनका लागि, ताकि तिनीहरूले उहाँका अद्भुत कार्यहरू बुझ्न सक्दैनन्; कि उहाँले तिनीहरूलाई पनि प्रमाणित गर्न सक्नुहुन्छ र तिनीहरूलाई आफ्नै कपटमा समात्न सक्नुहुन्छ;
१३ तिनीहरूको हृदयहरू भ्रष्ट भएको कारणले पनि र तिनीहरूले अरूहरूमाथि ल्याउन चाहेका पीडाहरू र अरूहरूले दुःख प्राप्त गरेको मन पराउने, तिनीहरूस्वयम् मा पूर्ण रूपले आउन सक्छन्;
१४ ताकि तिनीहरू निराश पनि हुने छन् र तिनीहरूका आशाहरू अलग्याइने छन्;
१५ अनि यो समय देखि धेरै वर्ष नहुँदै, कि तिनीहरू र तिनीहरूका सन्ततिहरू स्वर्गमुनिबाट बगाइने छन्, परमेश्वर भन्नुहुन्छ, कि तिनीहरूमध्ये एक जना पनि पर्खालमा उभिन बाँकी रहने छैन ।
१६ मेरा अभिषिक्तहरूका विरुद्धमा कुर्कुच्चा उठाउनेहरू सबै श्रापित छन्, परमप्रभु भन्नुहुन्छ र तिनीहरूले पाप गरेका छन् भनि कराउँछन् जब तिनीहरूले मेरासामु पाप गरेका हुँदैनन्, परमप्रभु भन्नुहुन्छ, तर मेरो नजरमा जे उपयुक्त थियो र जुन मैले तिनीहरूलाई आज्ञा दिएको थिएँ ।
१७ परन्तु जसले उल्लङ्घन गरेका भनेर उद्घोष गर्छन् तिनीहरूले त्यो गर्छन् किनकि तिनीहरू पापका सेवकहरू हुन् र तिनीहरूस्वयम् अवज्ञाकारीका सन्ततिहरू हुन् ।
१८ अनि जसले मेरा सेवकहरूका विरुद्धमा झूटो शपथ खान्छ, ताकि तिनीहरूले उनीहरूलाई दासत्व र मृत्युमा ल्याउन सक्छन्—
१९ धिक्कार छ तिनीहरूलाई; किनभने तिनीहरूले मेरा साना नानीहरूलाई ठेस पुर्याएका छन् तिनीहरूलाई मेरो गृहका विधिहरूबाट अलग्याइने छ ।
२० तिनीहरूको टोकरी भरिने छैनन्, तिनीहरूका घरहरू र तिनीहरूका भकारीहरू नष्ट हुने छन् र तिनीहरूस्वयम्लाई फुरक्याउनेहरूद्वारा घृणा गरिने छन् ।
२१ तिनीहरूसँग पादरित्वको अधिकार हुने छैन, न त तिनीहरू पछिका सन्तति सँग एक पिँढी देखि अर्को पिँढी सम्म ।
२२ तिनीहरूको लागि तिनीहरूको गलामा जाँतो झुण्ड्याएर र तिनीहरूलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुने छ ।
२३ धिक्कार छ ती सबैलाई जसले मेरा मानिसहरूलाई अप्ठ्यारोमा पार्छन् र लखेट्छन् र हत्या गर्छन् र तिनीहरूका विरुद्धमा गवाही दिन्छन्, सैन्यहरूका अधिपति भन्नुहुन्छ; सर्पहरूका सन्तति नरकको अभिशापबाट उम्कने छैन ।
२४ हेर, मेरा आँखाहरूले तिनीहरूका सबै कार्यहरू देख्छन् र बुझ्छन् र तिनीहरू सबैका लागि मसँग तिनीहरूको समयमा द्रूत फैसला सुरक्षित छ;
२५ किनकि प्रत्यक मानिसका लागि उसको कार्यअनुसार समय नियुक्त गरिएको छ ।
२६ परमेश्वरले तिमीहरूलाई उहाँको पवित्र आत्माद्वारा ज्ञान दिनुहुने छ, पवित्र आत्माको अव्यक्त उपहारद्वारा, जुन संसारको अस्तित्वदेखि अहिलेसम्म प्रकट गरिएको छैन;
२७ जुन हाम्रा पुर्खाहरूले अन्तिम समयहरूमा प्रकट हुने उत्सुक आशाका साथ प्रतिक्षारत थिए, जसका लागि तिनीहरूका मस्तिष्कलाई स्वर्गदूतहरूद्वारा औँल्याएका थिए, जसलाई तिनीहरूको महिमाको पूर्णताका लागि सुरक्षित राखिएको छ;
२८ आगामी समय जसमा केही पनि रोकिने छैन, चाहे त्यहाँ एउटा परमेश्वर हुनुहुन्छ वा धेरै परमेश्वरहरू, उहाँहरू प्रकट हुनुहुने छन् ।
२९ सबै सिंहासनहरू र आधिपत्यहरू, प्रदेशहरू र शक्तिहरू, येशू ख्रीष्टको सुसमाचारका लागि साहसका साथ सहनेहरू सबैलाई प्रकट र प्रदान गरिने छन् ।
३० अनि यो पनि यदि त्यहाँ आकाश वा समुद्रहरू वा सुख्खा भूमि वा सूर्य, चन्द्रमा वा ताराहरूका लागि सीमाहरू छन् भने—
३१ तिनीहरूका क्रान्तिहरूका सबै समयहरूमा, सबै निर्धारित दिनहरू, महिनाहरू र वर्षहरू र तिनीहरूका दिनहरूका सबै दिनहरू, महिनाहरू र वर्षहरू र तिनीहरूका सबै महिमाहरू, नियमहरू र निर्धारित समयहरू, समयको पूर्णताको समयावधिमा प्रकट गरिने छ—
३२ यो संसार हुनुपूर्व अन्य सबै परमेश्वरहरूको, अनन्त परमेश्वरको परिषद्को बीचमा नियुक्त गरिएअनुसार, त्यो अन्तिम र यसको अन्त्यका लागि आरक्षित गरिनु पर्छ, जब प्रत्येक मानिस उहाँको अनन्त उपस्थितिमा र उहाँको अमर विश्राममा प्रवेश गर्ने छ ।
३३ बगिरहेको पानी कहिलेसम्म अशुद्ध रहन सक्छ? कुन शक्तिले स्वर्गलाई रोक्ने छ? मानिसले मिजोरी नदीलाई यसको निर्धारित मार्गमा रोक्नका लागि आफ्नो कमजोर पाखुरा पसार्न सक्ने छ वा यसको प्रवाहलाई उल्टो पार्न सक्ने जस्तै गरि, सर्वशक्तिमानलाई स्वर्गबाट पछिल्ला दिनका सन्तहरूको शिरमा ज्ञान खन्याउन बाधा पुर्याएको जस्तै ।
३४ हेर, त्यहाँ धेरैलाई बोलावट गरिन्छ तर थोरैलाई छनोट गरिन्छ । अनि तिनीहरू किन छनोट गरिएका छैनन्?
३५ किनभने तिनीहरूका हृदयहरू यस संसारका विषयवस्तुहरूमा यति धेरै केन्द्रित छन् र मानिसहरूको सम्मानको आकांक्षा राख्छन्, कि तिनीहरूले यो एउटा पाठ सिक्दैनन्—
३६ ताकि पादरित्वका अधिकारहरू स्वर्गका शक्तिहरूसँग अविभाज्य रूपमा जोडिएका छन् र कि स्वर्गका शक्तिहरू धार्मिकताका आधारभूत सत्यहरूमा बाहेक नियन्त्रण गर्न सकिँदैन न त सञ्चालन गर्न नै सकिन्छ ।
३७ यो सत्य हो कि तिनीहरू हामीलाई प्रदान गरिन सकिन्छ; तर जब हामीले आफ्नो पापहरूलाई ढाक्ने अथवा हाम्रो घमण्डलाई, हाम्रो व्यर्थ महत्वाकांक्षालाई सन्तुष्ट गर्ने अथवा मानिसहरूका छोराछोरीहरूका आत्माहरूमा नियन्त्रण गर्ने वा आधिपत्य कायम गर्ने वा विवशताको अभ्यास गर्ने प्रयास गर्छौ भने, अधार्मिकताको कुनै पनि स्तरमा, हेर, स्वर्गहरूले आफैँ त्याग्ने छन्; परमेश्वरको आत्मा दुःखी हुने छ; अनि जब यो त्यागिन्छ, त्यो मानिसको पादरित्व वा अधिकार समाप्त हुने छ ।
३८ हेर, ऊ सचेत हुनुपूर्व, सुइरोमा लात हान्न, सन्तहरूलाई सताउन र परमेश्वरका विरुद्धमा लड्न उसलाई एक्लै छोडिने छ ।
३९ हामीले दुःखद अनुभवबाट सिकेका छौँ कि यो प्रायशः सबै मानिसहरूको प्रकृति र स्वभाव हो, थोरै अधिकार प्राप्त गर्ने बित्तिकै, तिनीहरूले अनुमान गरे जस्तै, तिनीहरूले तत्कालै अधर्मी आधिपत्यको अभ्यास गर्न प्रारम्भ गर्ने छन् ।
४० तसर्थ धेरैलाई बोलावट गरिन्छ तर थोरैलाई छनोट गरिन्छ ।
४१ विश्वास दिलाउँदै, सहनशीलताद्वारा, नम्रता र विनम्रताद्वारा र साँचो प्रेमद्वारा बाहेक कुनै पनि शक्ति वा प्रभाव पादरित्वको सद्गुणद्वारा कायम राखिन वा कायम गरिन सकिँदैन;
४२ दया र विशुद्ध ज्ञानद्वारा, जसले पाखण्डीपना र छलकपट बिना आत्माको धेरै सुधार गर्ने छ—
४३ कठोरताका साथ सही समयमा गाली गर्दै, जब पवित्र आत्माद्वारा प्रेरित भइन्छ; र त्यसपछि ऊप्रति प्रेमको वृद्धि देखाउँदै जसलाई तिमीले गाली गरेका छौ, ताकि उसले तिमीलाई आफ्नो शत्रु ठान्ने छैन;
४४ ताकि उसलाई जानकारी हुन सक्छ कि तिम्रो इमान्दारिता मृत्युको बन्धन भन्दा पनि मजबुत छ ।
४५ तिम्रा हृदय पनि सबै मानिसहरू र आस्थाको परिवार प्रति परोपकारले भरिपूर्ण हुनु पर्छ र सद्गुणले तिम्रा विचारहरूलाई निरन्तर रूपमा सजाउनु पर्छ; त्यसपछि तिम्रो आत्मविश्वास परमेश्वरको उपस्थितिमा बलियो हुने छ; र पादरित्वको सिद्धान्त स्वर्गबाट शीत जस्तै तिम्रो आत्मामा प्रवाह हुने छ ।
४६ पवित्र आत्मा तिम्रो निरन्तर मित्र हुने छ र तिम्रो राजदण्ड एक धार्मिकता र सत्यताको अपरिवर्तित राजदण्ड; र तिम्रो आधिपत्य चिरस्थायी आधिपत्य हुने छ र कुनै बाध्यता बिना यो तिमीमा सदा र सदासर्वदा प्रवाह हुने छ ।