धर्मशास्त्रहरू
सिद्धान्त र करार १२२


खण्ड १२२

अगमवक्ता जोसेफ स्मिथलाई परमप्रभुका वचन, जब उनी लिबर्टी, मिजोरीको जेलमा कैदी थिए । यो खण्ड चर्चलाई मिति मार्च २०, १८३९ मा लेखिएको पत्रको अंश हो (हेर्नुहोस् खण्ड १२१ को शीर्षक) ।

१–४, पृथ्वीका सीमान्तहरूमा जोसेफ स्मिथको नामको खोजी गरिने छ; ५–७, उनका सबै सङ्कटहरू र कष्टहरूले उनलाई अनुभव दिने छन् र उनको लाभका लागि हुने छन्; ८–९, मानिसका पुत्रले ती सबैभन्दा तल अवतरण गरिसक्नुभएको छ ।

पृथ्वीका सीमान्तहरूमा तिम्रो नामको खोजी गरिने छ र मूर्खहरूले तिम्रो उपहास गर्ने छन् र नरकले तिम्रा विरुद्ध विरोध गर्ने छ;

जबकि हृदयमा शुद्ध भएका र बुद्धिमानी र कुलीन र सद्गुणीहरूले तिम्रा हातका मातहतमा निरन्तर सल्लाह, अधिकार र आशीर्वादहरू खोज्ने छन् ।

अनि विद्रोहीहरूका गवाहीद्वारा तिम्रा मानिसहरूलाई तिमी विरुद्ध कदापि लाने छैनन् ।

अनि तिनीहरूको प्रभावले तिमीलाई समस्यामा र बारहरू र पर्खालहरूमा फालिदिए तापनि, तिमीलाई सम्मान गरिने छ; तर थोरै समयका लागि हुने छन् र तिम्रो धार्मिकताका कारण तिम्रो आवाज तिम्रा शत्रुहरूका बीचमा सिंहको भन्दा थप भयानक हुने छ; र तिम्रा परमेश्वर तिम्रो साथमा सदा र सदासर्वदा खडा हुनुहुने छ ।

यदि तिमीलाई सङ्कष्ट पार गर्न बोलावट गरिन्छ; यदि तिमी झूटा बन्धुहरूका माझ खतरामा छौ भने; यदि तिमी लुटेराहरूका माझ खतरामा छौ भने; यदि तिमी भूमिबाट वा समुद्रबाट खतरामा छौ भने;

यदि तिमीलाई सबै प्रकारका झूटा आरोपहरू लगाइन्छन् भने; यदि तिम्रा शत्रुहरूले तिमीमाथि आक्रमण गर्छन् भने; यदि तिनीहरूले तिमीलाई तिम्रा पिता र माता र दाजुभाइ र दिदीबहिनीहरूको समाजबाट अलग्याउँछन् भने; र यदि तिम्रा शत्रुहरूले तरबारले तिमीलाई तिम्री श्रीमती र तिम्रा छोराछोरीहरूको हृदयबाट अलग्याउँछन् र तिम्रा जेठा छोरा छ वर्षका भए पनि तिम्रा लुगामा झुन्ड़िने छन् र भन्ने छन्, मेरा पिता, मेरा पिता, तपाईं किन हामीसँग बस्न सक्नुहुन्न? हे, मेरा पिता, मानिसहरूलेहजुरसँग के गर्न जाँदैछन्? अनि यदि उनलाई तरबारद्वारा तिमीबाट अलग्यायो र तिमीलाई कारागारमा लगियो र तिम्रा शत्रुहरू थुमाको रगतका लागि ब्वाँसाहरू जस्तै तिम्रो वरिपरि घुम्छन् भने;

अनि यदि तिमीलाई खाडलमा वा हत्याराहरूको हातमा फ्याँकियो भने र तिमीलाई मृत्युदण्ड दिइयो भने; यदि तिमीलाई गहिराइमा फ्याँकियो भने; यदि बढिरहेको छालले तिम्रा विरुद्धमा षड्यन्त्र गर्छ भने; यदि तेज हावा तिम्रो शत्रु बन्छ भने; यदि स्वर्गले अन्धकार सङ्कलन गर्छ र सबै तत्वहरू मार्गलाई अवरुद्ध गर्न मिलाउँछ भने; अनि सबै भन्दा माथि, यदि नरकले तिम्रा विरुद्ध मुख फराकिलो खोल्छ भने, तिमीले बुझ्नु, मेरा छोरा, कि यी सबै विषयहरूले तिमीलाई अनुभव दिने छन् र तिम्रा लाभका लागि हुने छन् ।

मानिसका पुत्रले ती सबै भन्दा तल अवतरण गरिसक्नुभएको छ । के तिमी उहाँ भन्दा अझै महान् छौ?

त्यसकारण, आफ्नो मार्गमा रहनु र पादरित्व तिमीसँगै रहने छ; किनकि तिनीहरूका सीमाहरू तोकिएका छन्, तिनीहरू पार गर्न सकिँदैन । तिम्रा दिनहरूको जानकारी छ र तिम्रा वर्षहरू कम हुने छैनन्; त्यसकारण, मानिसहरूले के गर्न सक्छन् भनेर नडराऊ, किनकि परमेश्वर तिमीसँग सदा र सदासर्वदा हुनुहुने छ ।