खण्ड १२३
तिनीहरूका अत्याचारीहरूका सम्बन्धमा सन्तहरूको कर्तव्य, अगमवक्ता जोसेफ स्मिथद्वारा लेखिएअनुसार, जब उनी लिबर्टी, मिजोरीको कारागारमा कैदी थिए । यो खण्ड चर्चलाई मिति मार्च २०, १८३९ मा लेखिएको पत्रको अंश हो (हेर्नुहोस् खण्ड १२१ को शीर्षक) ।
१–६, सन्तहरूले आफ्ना पीडाहरू र सतावटहरूका विवरण सङ्कलन र प्रकाशित गर्नु पर्छ; ७–१०, उही आत्मा जसले झुटा धार्मिक सिद्धान्तहरू स्थापित् गरे सन्तहरूको सतावटलाई पनि निम्त्याउँछ; ११–१७, सबै सम्प्रदायहरूमध्ये धेरैले अझै पनि सत्य प्राप्त गर्ने छन् ।
१ अनि पुनः, हामी यो राज्यका मानिसहरूद्वारा तिनीहरूलाई दिइएका सबै औचित्यहरूका र पीडाहरूका र दुर्व्यवहारहरूका ज्ञान सङ्कलन गर्ने सबै सन्तहरूका उपयुक्ततामा तिमीहरूका विचार विमर्शका लागि सुझाव दिन्छौँ;
२ अनि सबै सम्पत्तिहरू र उनीहरूले भोगेका क्षतिको मात्रा, प्रतिष्ठा र व्यक्तिगत चोटहरू दुबै, साथै वास्तविक सम्पत्तिका पनि;
३ अनि उनीहरूको दमनमा संलग्न भएका सबै व्यक्तिहरूका नाम पनि, जहाँसम्म तिनीहरूले उनीहरूलाई समात्न र तिनीहरूलाई पत्ता लगाउन सक्छन् ।
४ अनि सम्भवत: यी विषयरू पत्ता लगाउनका लागि र बयान र शपथ पत्र लिनका लागि समिति नियुक्त गर्न सकिन्छ; अनि निदनीय प्रकाशनहरू जम्मा गर्नका लागि पनि जुन फैलीरहेका छन्;
५ अनि ती सबै जुन पत्रिकाहरूमा र विश्वकोशहरूमा र प्रकाशित भएका सबै निदनीय इतिहासहरूमा छन् जुन प्रकाशित भएका छन् र लेखिरहेका र कसले गरे र यी मानिसहरूमा अभ्यास गरिएका शैतानी दुष्टता र घृणित र हत्यारा आरोपहरूका सम्पूर्ण संयोजनहरू प्रस्तुत गर्छ—
६ ताकि हामीले सारा संसारलाई मात्र प्रकाशित गर्न सक्दैनौँ, तर तिनीहरूलाई उनीहरूका सबै दुष्ट र सैतानी विषयहरू प्रशासकहरू समक्ष अन्तिम प्रयासका रूपमा प्रस्तुत गर्न सक्छौँ, जुन स्वर्गका हाम्रापिताले हामीबाट चाहनुहुन्छ, हामीले त्यो प्रतिज्ञालाई निश्चित र पूर्ण रूपमा दाबी गर्न सक्नुपूर्व, जसलाई लुक्ने स्थानबाट बाहिर बोलाइने छ; र यो पनि कि उहाँले आफ्ना शक्तिशाली बाहुको शक्ति पठाउनुपूर्व सम्पूर्ण राष्ट्रलाई कुनै पनि औचित्य बिना छोड्न सक्नुहुन्छ ।
७ यो हाम्रा परमेश्वरप्रति, स्वर्गदूतहरूप्रति ऋणी भएको एक अपरिहार्य कर्तव्य हो, जससँग हामीलाई खडा हुनका लागि ल्याइने छ र हामी स्वयम् सँग, हाम्रा श्रीमतीहरू र छोराछोरीहरूसँग पनि, जसलाई शोक, पीडा र हेरचाहमा झुकाइएका छन्, हत्याको सबैभन्दा घातक हातमुनि, अत्याचार र दमन, समर्थन र आग्रह गरेको र त्यो आत्माको प्रभावले समर्थन गरेको छ जसले पिताहरूका आस्थालाई शक्तिशाली रूपमा जोडेको छ, जसले झुटहरू छोराछोरीहरूका हृदयहरूमा उत्तराधिकारमा दिएको छ र संसारलाई भ्रमले भरेको छ र अझै मजबुत बन्दै छ र अहिले सबै पतनको मूल स्रोत हो र सम्पूर्ण पृथ्वी आफ्नो दुष्टताको बोझ मुनि कराउँछ ।
८ यो फलामको जूवा हो, यो मजबुत डोरी हो; यिनीहरू हथकडीहरू र साङ्लाहरू र बन्धनहरू र नरकका जञ्जीरहरू हुन ।
९ त्यसकारण यो एक अपरिहार्य कर्तव्य हो जसका लागि हामी ऋणी छौँ, हाम्रा श्रीमतीहरू र छोराछोरीहरूमा मात्रै नभएर, तर विधुवाहरू र पिता विहीनहरू, जसका श्रीमानहरू र पिताहरू यसको फलामका हात मुनि हत्या गरिएका छन्;
१० जुन अन्धकार र दुष्ट कार्यहरू नरक स्वयम् लाई काप्नका लागि र त्रसित र पहेँलो भएर खडा हुनका लागि र त्यो दानवका हातहहरू काँप्न र पक्षघात हुनका लागि पर्याप्त छन् ।
११ अनि यो अपरिहार्य कर्तव्य पनि हो जुन हामी सबै हुर्कदो पिँढीप्रति र सबै हृदयमा विशुद्धहरूप्रति ऋणी छौँ —
१२ किनकि सबै समुहहरूमध्ये अझै पनि त्यहाँ पृथ्वीमाधेरै छन्, जो समुहहरू, दलहरू र सम्प्रदायहरू मानिसहरूका कपटले अन्धा भएका छन्, जसद्वारा तिनीहरू छल्न प्रतिक्षारत रहन्छन् र जसलाई सत्यबाट टाढा राखिएको छ किनकि त्यो कहाँ प्राप्त गर्न सकिन्छ भनेर तिनीहरूलाई जानकारी छैन—
१३ त्यसकारण, कि हामीले अन्धकारमा लुकेका सबै विषयहरूलाई प्रकाशमा ल्याउनमा हाम्रो जीवनको शक्ति र श्रोतसाधनको प्रयोग गर्नु पर्छ जहाँसम्म हामीलाई जानकारी छ; र तिनीहरू वास्तवमा नै स्वर्गबाट प्रकट हुन्छन्—
१४ त्यसपछि यिनीहरूलाई लगनशीलतापूर्वक निर्वाह गरिनु पर्छ ।
१५ कुनै पनि मानिसले यिनीहरूलाई सानो विषयका रूपमा नलिय; किनकि त्यहाँ अधिक छ जुन भविष्यमा छ, सन्तहरूका सम्बन्धमा, जुन यी विषयहरूमा निर्भर गर्छ ।
१६ तिमीहरूलाई जानकारी छ, बन्धुहरू, कि आँधीको समय हावा र छालहरूसँग सन्तुलन गर्दै एक विशाल जहाजले एक सानो उत्तोलकद्वारा लाभ प्राप्त गर्छ ।
१७ त्यसकारण, अति प्रिय बन्धुहरू, हाम्रा शक्तिमा भएका सबै विषयहरू हर्षका साथ गरौँ; र त्यसपछि हामी सबैभन्दा दृढताका साथ, परमेश्वरको मुक्ति हेर्नका लागि र उहाँका बाहु प्रकट गरिनका लागि स्थिर रहन स सक्छौँ ।