धर्मशास्त्रहरू
सिद्धान्त र करार १२८


खण्ड १२८

मृतकहरूका लागि बप्तिस्मामा थप निर्देशनहरू समावेश गर्दै अगमवक्ता जोसेफ स्मिथद्वारा पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सन्तहरूलाई एक पत्र, मिति सेप्टेम्बर ६, १८४२, नाभू, इलिनोइमा ।

१–५, स्थानीय र सामान्य अभिलेखाकर्ताहरूले मृतकहरूका लागि बप्तिस्माको तथ्यलाई प्रमाणित गर्नु पर्छ; ६–९, तिनीहरूका अभिलेखहरू मान्य छन् र पृथ्वी र स्वर्गमा अभिलेख गरिन्छन्; १०–१४, बप्तिस्मा कुण्ड चिहानको प्रतीक हो; १५–१७, एलियाले मृतकहरूका लागि बप्तिस्मा सम्बन्धि शक्ति पुनर्स्थापित गरे; १८–२१, विगतका युगहरूका सबै साँचाहरू, शक्तिहरू र अधिकारहरू पुनर्स्थापित गरिएका छन्; २२–२५, खुसी र महिमापूर्ण सन्देशहरूको घोषणा जीवित र मृतकहरूका लागि गरिन्छ ।

मैले मेरो ठाउँ छोड्नुपूर्वको मेरो पत्रमा तपाईंहरूलाई समय-समयमा पत्र लेख्ने र धेरै विषयहरूका सम्बन्धमा जानकारी दिने छु भनेर भनेको थिएँ, अब म मृतकहरूका लागि बप्तिस्माको विषयलाई पुनः प्रारम्भ गर्छु किनकि जबदेखि मलाई मेरा शत्रुहरूद्वारा पछ्याइएको छ, मलाई त्यो विषय मेरो मस्तिष्कमा रहेको महसुस भएका कारण मेरा भावनाहरूमा दृढ रूपमा अत्यधिक प्रभाव पारेको छ ।

मैले एक अभिलेखाकर्ताका सम्बन्धमा तपाईंहरूलाई प्रकाशको केही शब्दहरू लेखेको छु । यस विषयका सबन्धमा मसँग केही अतिरिक्त विचारहरू छन्, जुन म अब प्रमाणित गर्छु । मेरो अघिल्लो पत्रमा यो घोषणा गरिएजस्तै कि त्यहाँ एक अभिलेखाकर्ता हुनु पर्छ जो प्रत्यक्षदर्शी हुनु पर्छ र आफ्ना कानले सुन्नु पर्छ ताकि उनले परमप्रभुसामु सत्यको अभिलेख राख्न सकून् ।

अब, यो विषयका सम्बन्धमा, सधैँ उपस्थित हुन र सबै उत्तरदायित्व निभाउन एक अभिलेखाकर्तालाई धेरै कठिनाइ हुने छ । यस समस्याको समाधानका लागि, सहरको प्रत्येक वार्डमा एक अभिलेखाकर्ता नियुक्त गर्न सकिन्छ, जो सही विवरणहरू राख्नका लागि अति नै योग्य छ; अनि उनले सम्पूर्ण विवरण लेख्न अति विशिष्ट र दुरुस्त हुनु पर्छ, आफ्नो अभिलेखमा प्रमाणित गर्दै कि उनले आफ्नो आँखाले देखे र कानले सुने, मिति, नामहरू र इत्यादि र सम्पूर्ण लेनदेनका इतिहास दिँदै; त्यहाँ उपस्थित भएका लगभग तीन व्यक्तिहरूको पनि नाम लिँदै, जसले कुनै पनि समयमा बोलाउँदा सोही प्रमाणित गर्न सक्ने छ, ताकि दुई वा तीन साक्षीहरूको मुखबाट प्रत्येक शब्द स्थापित गर्न सकिन्छ ।

त्यसपछि, त्यहाँ एक सामान्य अभिलेखाकर्ता हुनु पर्छ, जसलाई यी अन्य अभिलेखहरू हस्तान्तरण गर्न सकिन्छ, तिनीहरूको आफ्नै हस्ताक्षरमा प्रमाणपत्रहरू लिएर उपस्थित भई यो प्रमाणित गर्दै कि उनीहरूले पूरा गरेका अभिलेख सत्य छन् । त्यसपछि सामान्य चर्च अभिलेखाकर्ताले सामान्य चर्च पुस्तकमा प्रमाणपत्रहरू र उपस्थित सबै साक्षीहरू सहित अभिलेख प्रविष्ट गर्न सक्छ, उनको आफ्नै बयान सहित कि ती मानिसहरूको सामान्य चरित्र र चर्चद्वारा तिनीहरूको नियुक्तिको उनको ज्ञानबाट उनले माथिको कथन र अभिलेखहरूमा साच्चैँ विश्वास गर्छन् । अनि जब यो सामान्य चर्चको पुस्तकमा गरिन्छ, अभिलेख त्यही समान पवित्र हुने छ र उनले आफ्नो आँखाले देखेको र कानले सुनेको र सोहीको सामान्य चर्च पुस्तकमा अभिलेख गरिएको जस्तो गरी यसले विधिलाई पुष्टि गर्ने छ ।

तपाईंहरूलाई यी विषयहरूको यो क्रम धेरै विशिष्ट भएको जस्तो लाग्न सक्छ; परन्तु म तपाईंहरूलाई भन्छु कि यो केवल परमेश्वरको चाहनालाई पूर्ण गर्नका लागि हो, ती विधि र तयारीको पालना गर्दै जुन परमप्रभुले संसारको सृष्टि गर्नु अघि नै नियुक्त गर्नुभयो र तयार पार्नुभयो, ती मृतकहरूको मुक्तिका लागि जसले सुसमाचारको ज्ञान बिना मृत्यु वरण गर्नुपर्ने छ ।

अनि यस अतिरिक्त, म तपाईंहरूलाई यो स्मरण गराउन चाहन्छु कि प्रकाशकर्ता यूहन्नाले मृतकको सम्बन्धमा यही विषयलाई मनन गरिरहेका थिए, जब उनले घोषणा गरे, जुन तपाईंहरूले प्रकाश २०:१२मा अभिलेख राखिएको प्राप्त गर्नुहुने छ—अनि मैले महत्त्वहीन र महत्वपूर्ण सबै मृतकहरूलाई परमेश्वरको सामु उभिएको देखेँ; अनि पुस्तकहरू खोलिए; अनि अर्को पुस्तक खोलियो, जुन जीवनको पुस्तक हो; अनि पुस्तकहरूमा लेखिएका विषयहरूबाट मृतकहरूलाई तिनीहरूका कार्यहरूअनुसार न्याय गरियो ।

तपाईंहरूले यस उद्धरणमा पत्ता लगाउनुहुने छ कि पुस्तकहरू खोलिएका थिए; अनि अर्को पुस्तक खोलियो, जुन जीवनको पुस्तक थियो; परन्तु मृतकहरूलाई ती पुस्तकहरूमा लेखिएका विषयहरूबाट तिनीहरूका कार्यहरूअनुसार न्याय गरियो; फलस्वरूप, बोलिएका पुस्तकहरू ती पुस्तकहरू हुनु पर्छ जसमा तिनीहरूका कार्यहरूको अभिलेख समावेश छ र पृथ्वीमा राखिएका अभिलेखहरूलाई जनाउँछ । अनि त्यो पुस्तक जुन जीवनको पुस्तक थियो त्यो अभिलेख हो जुन स्वर्गमा राखिएको छ; त्यो नियम जुन ठीक त्यो सिद्धान्तसँग सहमत छ जुन मैले तपाईंहरूलाई मेरो घर छोड्नु पूर्व लेखेको पत्रमा समावेश गरिएको प्रकाशमा आज्ञा दिइएको छ—ताकि तपाईंहरूको सबै अभिलेखहरूमा यो स्वर्गमा अभिलेख हुन सक्ने छ ।

अब, यस विधिको सार येशू ख्रीष्टको प्रकाशद्वारा, पादरित्वको शक्तिमा समावेश छ, जसमा यो प्रदान गरिएको छ कि तपाईंहरूले पृथ्वीमा जे-जति बाँध्नु हुन्छ, त्यो स्वर्गमा बाँधिने छ र तपाईंहरूले पृथ्वीमा जे-जति फुकाउनु हुन्छ त्यो स्वर्गमा फुकाइदिइने छ । अथवा, अर्को शब्दमा, अनुवादको फरक दृष्टिकोण राख्दै, तपाईंहरूले पृथ्वीमा जे अभिलेख राख्नु हुन्छ स्वर्गमा अभिलेख राखिने छ र तपाईंहरूले पृथ्वीमा जे अभिलेख राख्नु हुँदैन स्वर्गमा अभिलेख राखिने छैन; किनकि पुस्तकहरूबाट नै तपाईंहरूका मृतकहरूलाई तिनीहरूका आफ्नै कार्यअनुसार न्याय गरिने छ, चाहे तिनीहरू स्वयम्ले आफ्नै विधिहरूमा व्यक्तिगत रूपमा propria persona, वा तिनीहरूका आफ्ना प्रतिनिधिहरूद्वारा परिपूर्ण गरेका छन्, त्यो विधिअनुसार जुन परमेश्वरले संसारको सृष्टि हुनुभन्दा अघिदेखि नै तिनीहरूका मुक्तिका लागि तयार गर्नुभएको छ, ती अभिलेखहरूअनुसार जुन तिनीहरूले आफ्ना मृतकहरूका सम्बन्धमा राखेका छन् ।

कसै-कसैलाई यो धेरै साहसपूर्ण सिद्धान्त जस्तो लाग्न सक्छ जुन विषयमा हामी कुरा गर्छौं—एक शक्ति जसले पृथ्वीमा अभिलेख गर्छ वा बाँध्छ र स्वर्गमा बाँध्छ । यद्यपि, संसारका सबै युगहरूमा, जब परमप्रभुले वास्तविक प्रकाशद्वारा कुनै पनि मानिसलाई वा मानिसहरूको कुनै समूहलाई पादरित्वको युग दिनुभएको छ, यो शक्ति सदैव दिइएको छ । तसर्थ, ती मानिसहरूले परमप्रभुको नाममा, अधिकारमा जे गरे र सत्यता र आस्थामा गरे र त्यसको उचित र विश्वसनीय अभिलेख राखे, त्यो पृथ्वी र स्वर्गमा नियम भयो र रद्द गर्न सकिँदैन, महान् यहोवाका उर्दीअनुसार । यो एक विश्वसनीय भनाइ हो । यो कसले सुन्न सक्छ?

१० अनि पुनः, उदाहरणका लागि, मत्ती १६:१८, १९: अनि म तिमीलाई पनि भन्छु, तिमी पत्रुस हौ र यो चट्टानमा म मेरो चर्च निर्माण गर्ने छु; र नरकका ढोकाहरू यसको विरुद्धमा विजयी हुने छैनन् । अनि म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिने छु: र तिमीले पृथ्वीमा जे-जति बाँध्छौ, त्यो स्वर्गमा बाँधिने छ; र तिमीले पृथ्वीमा जे-जति फुकाउँछौ त्यो स्वर्गमा फुकाइदिइने छ ।

११ अब सम्पूर्ण मामिलाको महान् र भव्य रहस्य र summum bonum सम्पूर्ण विषय जुन हाम्रासामु रहेको छ, पवित्र पादरित्वका शक्तिहरू प्राप्त गर्नमा समावेश छ । तिनीहरू जसलाई यी साँचाहरू दिइएका छन्, त्यहाँ मानिसहरूका छोराछोरीहरूको उद्धारका सम्बन्धमा तथ्यहरूको ज्ञान प्राप्त गर्न कुनै कठिनाइ छैन, दुबै मृतकहरू साथै जीवितहरूका लागि ।

१२ यहाँ महिमा र सम्मान र अमरत्व र अनन्त जीवन छ—पानीद्वारा बप्तिस्माको विधि, मृतकको समानतालाई जवाफ दिनका लागि त्यसमा डुबाइनु, ताकि एउटा सिद्धान्त अर्को अनुरूप हुन सक्छ; पानीमा डुब्नु र पानीबाट बाहिर आउनु भनेको मृतकहरूको पुनरुत्थानको प्रतिरूपमा तिनीहरूको चिहानबाट बाहिर आउनु हो; तसर्थ, यो विधि मृतकहरूका लागि बप्तिस्माको विधिसँग सम्बन्ध निर्माण गर्नका लागि स्थापना गरिएको थियो, मृतकहरूको स्वरूपमा ।

१३ फलस्वरूप, बप्तिस्माको कुण्डलाई चिहानको समानतामा स्थापित गरिएको थियो र तलको स्थानमा रहन आज्ञा गरियो जहाँ सामान्यतया जीवितहरू एकत्रित हुन्छन्, जीवित र मृत्यु भएकाहरूलाई देखाउनका लागि र कि सबै विषयहरू तिनीहरूको समानतामा हुन सक्छन् ताकि ती सबै एक-अर्कासँग वार्तालाप गर्न सक्छन्—कि जुन पार्थिव छ त्यो स्वर्गीय भएको अनुरूप हुन्छ, जसरी पावलले घोषणा गरेका छन्, १ कोरिन्थी १५:४६, ४७ र ४८:

१४ यद्यपि जुन आत्मिक हो त्यो पहिलो थिएन तर जुन प्राकृतिक हो त्यो पहिलो थियो; र पछि त्यो थियो जुन आत्मिक छ । पहिलो मानिस पृथ्वीको हो, पार्थिव हो; दोस्रो मानिस स्वर्गबाट परमप्रभु हुनुहुन्छ । जसरी पार्थिव छ, त्यस्तै तिनीहरू पनि छन् जो पार्थिवका हुन्; र जसरी स्वर्गका छन्, त्यस्तै तिनीहरू पनि छन् जो स्वर्गका हुन् । अनि जसरी तपाईंहरूका मृतकहरूका सम्बन्धमा पृथ्वीमा अभिलेखहरू छन्, जुन साच्चैँ अभिलेख गरिएका छन्, त्यसैगरी स्वर्गमा पनि अभिलेखहरू छन् । त्यसकारण, यो बाँध्ने र मोहोर लगाउने शक्ति हो र शब्दलाई बुझ्ने एक तरीका हो, अधिराज्यका साँचाहरू, जसमा ज्ञानको साँचो समावेश छ ।

१५ अनि अब, मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु कि मृतकहरू र जीवितहरूका सम्बन्धमा हाम्रो मुक्तिसँग सम्बन्धित यी आधारभूत सत्यहरू हुन् जुन हल्का रूपमा लिइनु हुँदैन । किनकि तिनीहरूको मुक्ति हाम्रो मुक्तिका लागि आवश्यक र अनिवार्य छ, जसरी पावलले पिताहरूका सम्बन्धमा भनेका छन्—कि हामीबिना तिनीहरू परिपूर्ण बनाइन सक्दैनन्—न त हाम्रा मृतकहरूबिना हामी परिपूर्ण बनाइन नै सक्छौँ ।

१६ अनि अब, मृतकहरूका लागि बप्तिस्माको सम्बन्धमा, म तपाईंहरूलाई पावलको अर्को उद्धरण दिने छु, १ कोरिन्थी १५:२९: अन्यथा मृतकहरू बौरी उठेनन् भने मृतकहरूका लागि बप्तिस्मा लिनेहरूले के गर्ने? त्यसोभए तिनीहरूले मृतकहरूका लागि किन बप्तिस्मा लिन्छन्?

१७ अनि पुनः, यस उद्धरणका सम्बन्धमा म तपाईंहरूलाई अगमवक्ताहरूमध्ये एक जना अगमवक्ताको उद्धरण दिने छु, जसले पादरित्वको पुनर्स्थापनामा, अन्तिम दिनहरूमा प्रकट हुने महिमाहरूमा र विशेष रूपमा यो अनन्त सुसमाचारसँग सम्बन्धित सबै विषयहरूका सबैभन्दा महिमिततामा आफ्नो दृष्टि अडिग राखेका थिए, अर्थात्, मृतकहरूका लागि बप्तिस्मा हो; किनकि मलाकी भन्छन्, अन्तिम अध्याय, पदहरू पाचौँ र छैठौ: हेर, म तिमीहरूलाई परमप्रभुको विशाल र भयङ्कर दिन आउनुपूर्व अगमवक्ता एलिया पठाउने छु: र उनले पिताहरूको हृदय छोराछोरीतर्फ र छोराछोरीहरूको हृदय तिनीहरूका पिताहरूतर्फ फर्काउने छन्, अन्यथा म आएर पृथ्वीलाई एक श्रापले प्रहार गर्ने छु ।

१८ मैले यसको एक सरल अनुवाद दिनु पर्ने थियो तर यो जसरी अवस्थित छ मेरो उद्देश्य अनुरूप पर्याप्त सरल छ । यस अवस्थामा, यो बुझ्नु पर्याप्त छ कि, पृथ्वीलाई श्रापले प्रहार गरिने छ जबसम्म पिता र सन्ततिहरू बीच निश्चित प्रकारको वा अन्य कुनै प्रकारको बन्धनको सम्बन्ध नभएमा—र हेर्नुहोस् त्यो विषय के हो? यो मृतकहरूका लागि बप्तिस्मा हो । किनकि तिनीहरूबिना हामी परिपूर्ण हुन सक्दैनौँ; न त हामीबिना तिनीहरू परिपूर्ण हुन सक्छन् । सुसमाचारमा मृत्यु भएकाहरूबिना न तिनीहरू न त हामीहरू परिपूर्ण हुन सक्छौँ; किनकि समयको पूर्णताको समयावधिको आरम्भमा यो आवश्यक छ, जुन समयावधि अब सुरु हुन प्रारम्भ गरेको छ, कि समयावधिहरूका सम्पूर्ण र पूर्ण र सिद्ध एकता र एकसाथ बाँध्ने कार्य र साँचाहरू र शक्तिहरू र महिमाहरू हुनु पर्छ र आदमका दिनहरूदेखि वर्तमान समयसम्म समेत प्रकट गरिनु पर्छ । अनि यति मात्र होइन, तर ती विषयहरू जुन संसारको सृष्टि भएको समयदेखि कहिल्यै प्रकट भएका छैनन्, तर ज्ञानी र विवेकीहरूबाट लुकाइएका छन्, यो समयको पूर्णताको समयावधिमा शिशुहरू र दुधे बालकहरूसामु प्रकट गरिने छ ।

१९ अब, हामीले प्राप्त गरेको सुसमाचारमा हामी के सुन्छौँ? खुसीको आवाज! स्वर्गबाट कृपाको वाणी; र पृथ्वीबाट सत्यको आवाज; मृतकहरूका लागि खुसीको सन्देश; जीवित र मृतकहरूका लागि खुसीको आवाज; महान् प्रसन्नताको खुसीको सन्देश । कति सुन्दर छन् पर्वतहरूमाथि तिनीहरूका पाउ जसले असल विषयहरूको खुसीको सन्देश ल्याउँछन् र जसले सियोनलाई भन्छन्: हेर, तिम्रा परमेश्वरले राज्य गर्नुहुन्छ! कर्मलको शीतजस्तै, परमेश्वरको ज्ञान तिनीहरूमाथि झर्ने छ!

२० अनि पुनः, हामी के सुन्छौँ? कुमोराहबाट खुसीको सन्देश! मोरोनी, स्वर्गबाट एक स्वर्गदूत, अगमवक्ताहरूको अगमवाणीको घोषणा गर्दै—प्रदर्शन गरिने पुस्तक । सेनेका प्रदेशको फेएटको उजाडस्थानमा परमप्रभुको वाणी, पुस्तकको गवाही दिन तीन साक्षीहरूको घोषणा गर्दै! सस्क्वाहानाको किनारमा मिखाएलको आवाज, त्यो दानवको पत्ता लगाउँदै जब ऊ प्रकाशको स्वर्गदूतका को रूपमा देखा पर्‍यो! पत्रुस, याकुब र यूहन्नाको आवाज, सस्क्वाहाना नदीमा हार्मनी, सस्क्वाहाना प्रदेश र कोल्स्विल, ब्रुम प्रदेश बीचको उजाडस्थानमा, राज्य र समयको पूर्णताको समयावधिका साँचाहरू आफूसँग भएको घोषणा गर्दै!

२१ अनि पुनः, परमेश्वरको आवाज फेएट, सेनेका प्रदेशमा वृद्ध पिता ह्विटमरको निजी कोठामा र विभिन्न समयमा र विभिन्न स्थानहरूमा यो पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको यस चर्चको सबै यात्रा र कष्टहरू मार्फत्! अनि प्रधान स्वर्गदूत, मिखाएलको आवाज; गेब्रिएल र राफेल र विभिन्न स्वर्गदूतहरूका आवाज, मिखाएल वा आदमदेखि वर्तमान समयसम्म, सबैले तिनीहरूका समयावधि, तिनीहरूका अधिकार, तिनीहरूका साँचाहरू, तिनीहरूका सम्मानहरू, तिनीहरूका ऐश्वर्य र महिमा र तिनीहरूको पादरित्वको शक्तिको घोषणा गर्दै; हरफमाथि हरफ, शिक्षामाथि शिक्षा; यता अलिकति र त्यता अलिकति; आउने विषयको घोषणा गर्दै हामीलाई सान्त्वना दिएर हाम्रो आशालाई पुष्टि गर्छन्!

२२ बन्धुहरू, यति महान् कार्यमा के हामी अघि नबढ्ने र? अघि बढ्नुहोस् र पछि होइन । साहस गर्नुहोस्, बन्धुहरू; र अघि, विजयमा अघि बढ्नुहोस्! तपाईंहरूका हृदयहरू आनन्दित हुनु पर्छ र अति नै खुसी हुनु पर्छ । पृथ्वीलाई प्रसन्नताको अभिव्यक्ति गर्न दिनु पर्छ । मृतकहरूले राजा इम्मानुएलको अनन्त प्रशंसाको गुणगानहरू बोल्नु पर्छ, जसले संसारको सृष्टि हुनुपूर्व नियुक्त गर्नुभएको छ, जसले उनीहरूलाई तिनीहरूको बन्धनबाट छुटकारा दिन हामीलाई सक्षम बनाउने छ; किनकि बन्धकहरू स्वतन्त्र हुने छन् ।

२३ पर्वतहरू खुसीले कराउनु पर्छ र तिमीहरू सबै उपत्यकाहरू ठूलो आवाजमा चिच्याउनु पर्छ; र तिमी सबै समुद्र र सुख्खा भूमिहरूले आफ्नो अनन्त राजाका आश्चर्यहरू बताउनु पर्छ! अनि तिमी नदीहरू र खोलाहरू र खोल्साहरू, हर्षका साथ बग्नु पर्छ । जङ्गल र मैदानका सारा रूखहरूले परमप्रभुको प्रशंसा गर्नु पर्छ; अनि तिमी ठोस चट्टानहरू प्रसन्नताको अभिव्यक्तिका रूपमा रूनु पर्छ! अनि सूर्य, चन्द्रमा र बिहानका ताराहरू एकसाथ गाउनु पर्छ र परमेश्वरका सबै पुत्रहरू प्रसन्नतामा कराउनु पर्छ! अनि अनन्त सृष्टिहरूले उहाँको नाम सदा र सदासर्वदा घोषणा गर्नु पर्छ! अनि पुनः म भन्छु, हामीले स्वर्गबाट सुनेको वाणी कति महिमापूर्ण छ, जसले महिमा अनि मुक्ति अनि सम्मान अनि अमरता अनि अनन्त जीवन हाम्रा कानहरूमा घोषणा गरिरहेको; अधिराज्यहरू, राज्यहरू र शक्तिहरू!

२४ हेर, परमप्रभुको महान् दिन नजिकै छ; अनि को उहाँको आगमनको त्यो दिनमा रहन सक्छ र को खडा हुन सक्छ जब उहाँ देखिनुहुन्छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबुन जस्तै हुनु हुन्छ; र उहाँ चाँदीलाई खार्ने र शुद्ध पार्ने जस्तै बस्नुहुने छ; र उहाँले लेवीका छोराहरूलाई पवित्र बनाउनुहुने छ र तिनीहरूलाई सुन र चाँदीलाई जस्तै शुद्ध पार्नुहुने छ, ताकि तिनीहरूले परमप्रभुलाई धार्मिकतामा भेटी अर्पण गर्न सक्छन् । त्यसकारण, हामी चर्च र मानिसहरूका रूपमा र पछिल्ला दिनका सन्तहरूका रूपमा, परमप्रभुलाई धार्मिकतामा भेटी अर्पण गरौँ; र हाम्रा मृतकहरूका अभिलेख समावेश भएको पुस्तक, जब यो समाप्त हुन्छ, हामी उहाँको पवित्र मन्दिरमा प्रस्तुत गरौँ, जुन सबै स्वीकार योग्य हुने छ ।

२५ बन्धुहरू, यस विषयमा मैले तपाईंहरूलाई धेरै कुराहरू भन्नु छ; तर अब वर्तमानका लागि अन्त्य गर्ने छु र अर्को पटक यस विषयलाई जारी राख्ने छु । म, सदा जस्तै, तपाईंहरूका विनम्र सेवक र कहिल्यै विचलित नहुने मित्र हुँ,

जोसेफ स्मिथ ।