धर्मशास्त्रहरू
सिद्धान्त र करार १३१


खण्ड १३१

अगमवक्ता जोसेफ स्मिथद्वारा रामस, इलिनोइ, मे १६ र १७, १८४३ मा दिइएका निर्देशनहरू ।

१–४, सेलेस्टियल विवाह सर्वोच्च स्वर्गमा उत्कर्षका लागि आवश्यक छ; ५–६, कसरी मानिसहरू अनन्त जीवनका लागि बाँधिन्छन् भनेर वर्णन गरिएको छ; ७–८, सबै आत्मा पदार्थ हुन् ।

सेलेस्टियल महिमामा तीनवटा स्वर्गहरू वा स्तरहरू छन्;

अनि सर्वोच्चता प्राप्त गर्नका लागि, कुनै पनि व्यक्तिले पादरित्वको यो रीत [जसको अर्थ विवाहको नयाँ र अनन्त करार] मा प्रवेश गर्नु पर्छ;

अनि यदि उसले गर्दैन भने, उसले यसलाई प्राप्त गर्न सक्दैन ।

उसले अर्कोमा प्रवेश गर्न सक्छ तर त्यो नै उसको अधिराज्यको अन्त्य हो; उसले सम्वृद्धि प्राप्त गर्न सक्दैन ।

(१७ मे, १८४३ ।) अगमवाणीको शब्दको अझै सुनिश्चित अर्थ हो कि मानिसलाई जानकारी छ कि ऊ प्रकाश र अगमवाणीको आत्माद्वारा, पवित्र पादरित्वको शक्तिद्वारा अनन्त जीवनमा बाँधिएको छ ।

अज्ञानतामा मानिसलाई बचाउन असम्भव छ ।

त्यहाँ कुनै त्यस्तो विषय छैन जुन अमूर्त पदार्थ जस्तै छ । सबै आत्मा पदार्थ हो तर यो अझै असल वा विशुद्ध छ र केवल विशुद्ध नयनहरूद्वारा बुझ्न सकिन्छ;

हामी यसलाई देख्न सक्दैनौँ; तर जब हाम्रो शरीर विशुद्ध हुन्छ तब हामीले देख्ने छौँ कि यो सबै पदार्थ हो ।