खण्ड १३६
अध्यक्ष ब्रिघम यङ्गद्वारा विंटर क्वाटर्समा, इस्राएलको शिविर, ओमाहा राष्ट्र, मिजोरी नदीको पश्चिमी किनारमा, काउन्सिल ब्लफ्स्, आयोवा नजिक दिइएको परमप्रभुका वचन र चाहना ।
१–१६, इस्राएलको शिविरलाई पश्चिमतर्फको यात्राका लागि कसरी सङ्गठित गर्ने भनेर वर्णन गरिएको छ; १७–२७, सन्तहरूलाई सुसमाचारका धेरै मापदण्डहरूअनुरूप जिउन आज्ञा दिइएको छ; २८–३३, सन्तहरूले गाउनु पर्छ, नाच्नु पर्छ, प्रार्थना गर्नु पर्छ र ज्ञान आर्जन गर्नु पर्छ; ३४–४२, अगमवक्ताहरू मारिएका छन् ताकि तिनीहरू सम्मानित हुन सक्छन् र दुष्टहरूलाई दोषी ठहर् याइन्छन् ।
१ तिनीहरूको पश्चिमतर्फको यात्रामा इस्राएलको शिविरका सम्बन्धमा परमप्रभुका वचन र चाहना:
२ पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सबै मानिसहरू र तिनीहरूसँग यात्रा गर्नेहरू, एक करार र परमप्रभु हाम्रा परमेश्वरका सबै आज्ञाहरू र विधिहरू पालना गर्ने प्रतिज्ञा सहित समूहहरूमा सङ्गठित गरौँ ।
३ समूहहरू बाह्र प्रेरितहरूको निर्देशनमा सयौँ कप्तानहरू, पचासौँ कप्तानहरू र दसौँ कप्तानहरू, एक अध्यक्ष र उहाँका दुई सल्लाहकारहरूका साथ सङ्गठित गरौँ ।
४ अनि यो हाम्रो करार हुने छ—कि हामी परमप्रभुका सबै विधिहरूअनुसार जिउने छौँ ।
५ प्रत्येक समूहले आफूलाई सबै टोलीहरू, गाडाहरू, बन्दोवस्तीका सामानहरूको आपूर्ति, कपडाहरू र यात्राका लागि अन्य आवश्यक सामग्रीहरू प्रदान गरौँ ।
६ जब समूहहरू सङ्गठित हुन्छन् तिनीहरू पछाडि आउँदै गरेकाहरूका लागि तयारी गर्न उनीहरूको सामर्थ्यमा जाऊन् ।
७ प्रत्येक समूहले तिनीहरूका कप्तान र अध्यक्षहरूसँग, अर्को वसन्तमा कतिजना जान सकिन्छ भनेर निर्णय गरौँ; त्यसपछि पर्याप्त सङ्ख्यामा हृष्ट-पुष्ट र विशेषज्ञ पुरुषहरू छनोट गर, टोलीहरू, बिउहरू र खेती गर्ने औजारहरू लिन, वसन्त बालीहरू लगाउनका लागि प्रारम्भिक अगुवाहरूका रूपमा जान ।
८ प्रत्येक समूहले, तिनीहरूको सम्पत्तिको लाभांशअनुसार, गरिब, विधवा, टुहुरा र सेनामा गएकाहरूका परिवारहरूलाई लैजान समान अनुपातमा बोकौँ, ताकि विधवा र पिताविहीनहरूको पुकारहरू यी जनहरूका विरुद्धमा परमप्रभुको कानमा पुग्ने छैन ।
९ प्रत्येक समूहले यस वर्ष पछाडि रहनेहरूका लागि घरहरू र अन्न उत्पादन गर्नका लागि खेतहरू तयार पर्नु पर्छ; र यो उहाँका जनहरूका सम्बन्धमा परमप्रभुको चाहना हो ।
१० परमप्रभुले सियोनको किला राख्नु हुने स्थानमा यी जनहरूलाई हटाउन प्रत्येक मानिसले आफ्नो सम्पूर्ण प्रभाव र सम्पत्ति प्रयोग गर्नु पर्छ ।
११ अनि यदि तिमीहरूले विशुद्ध हृदयमा, सम्पूर्ण आस्थावादितामा यसो गर्यौ भने, तिमीहरू अशीषित हुने छौ; तिमीहरूका बगालहरूमा, बथानहरूमा, खेतहरूमा, घरहरूमा र परिवारहरूमा अशीषित हुने छौ ।
१२ मेरा सेवकहरू एज्रा टी. बेन्सन र इरास्टस स्नोले एउटा समूहलाई सङ्गठित गर्नु पर्छ ।
१३ अनि मेरा सेवकहरू ओर्सन प्राट र विल्फोर्ड उड्रफले एउटा समूहलाई सङ्गठित गर्नु पर्छ ।
१४ साथै, मेरा सेवकहरू अमासा लाइमन र जर्ज ए. स्मिथले एउटा समूहलाई सङ्गठित गर्नु पर्छ ।
१५ अनि अध्यक्षहरू र सयौँ, पचासौँ र दसौँ कप्तानहरू नियुक्त गर्नु पर्छ ।
१६ अनि नियुक्त गरिएका मेरा सेवकहरू जानु पर्छ र यो सिकाउनु पर्छ, सन्तहरूलाई, मेरो चाहना, ताकि तिनीहरू शान्तिको भूमिमा जान तयार हुन सक्छन् ।
१७ आफ्नो मार्गमा जाऊ र मैले तिमीहरूलाई भनेअनुसार गर र आफ्ना शत्रुहरूसित नडराओ; किनकि तिनीहरूसँग मेरो कार्य रोक्ने शक्ति हुने छैन ।
१८ सियोनलाई मेरो आफ्नै समयमा उद्धार गरिने छ ।
१९ अनि यदि कोही मानिसले ऊस्वयम् लाई सुदृढ गर्न खोज्छ र मेरो सल्लाह खोज्दैन भने, उससँग कुनै शक्ति हुने छैन र उसको मूर्खता प्रकट हुने छ ।
२० तिमीहरू खोज; र एक-अर्कासँगका आफ्ना सबै प्रतिज्ञाहरू पालना गर; र त्यसको लोभ नगर जुन तिमीहरूका बन्धुहरूको हो ।
२१ परमप्रभुको नाम व्यर्थमा लिने दुष्ट कर्मबाट जोगिय, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर, तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर समेत, अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ ।
२२ म उही हुँ जसले इस्राएलीहरूका सन्ततिहरूलाई मिश्रदेशबाट बाहिर अगुवाइ गरेँ; र अन्तिम दिनहरूमा मेरा जनहरू इस्राएललाई बचाउन मेरा बाहु फैलाइएको छ ।
२३ एकअर्कासँग झगडा गर्न बन्द गर; एकअर्कालाई नराम्रो बोल्न बन्द गर ।
२४ मद्यपान बन्द गर; र तिम्रा शब्दहरू एकअर्कालाई सुधार गर्ने प्रवृत्तिको हुनु पर्छ ।
२५ यदि तिमीले आफ्नो छिमेकीबाट ऋण लिएका छौ भने, तिमीले यसलाई फिर्ता गर्नु पर्छ जुन तिमीले ऋण लिएका छौ; र यदि तिमीले तिर्न सक्दैनौ भने तत्कालै जाऊ र आफ्नो छिमेकीलाई भन अन्यथा उनले तिमीलाई दोषी ठर्याउँछन् ।
२६ यदि तिमीले त्यो प्राप्त गर्यौ जुन तिम्रा छिमेकीले हराएका छन् भने, तिमीले लगनशील खोजी गर्नु पर्छ जबसम्म तिमीले त्यो उसलाई पुन: सुम्पिदैनौ ।
२७ तिमीसँग भएका वस्तुहरू संरक्षण गर्न तिमी लगनशील हुनु पर्छ, ताकि तिमी एक बुद्धिमान् रखवाला हुन सक्छौ; किनकि यो परमप्रभु तिम्रा परमेश्वरको सित्तैमा उपहार हो र तिमी उहाँका रखवाला हौ ।
२८ यदि तिमी प्रसन्न हुन्छौ भने, गायन, सङ्गीत, नृत्य र प्रशंसा र धन्यवादका प्रार्थनाकासाथ परमप्रभुको प्रशंसा गर ।
२९ यदि तिमी दुखी छौ भने, बिन्तीसहित परमप्रभु तिम्रा परमेश्वरलाई पुकार, ताकि तिम्रो आत्मा प्रसन्न हुन सक्छ ।
३० तिमीहरूका शत्रुहरूसित नडराओ, किनकि तिनीहरू मेरा हातमा छन् र म तिनीहरूसँग मेरो चाहनाअनुसार गर्ने छु ।
३१ मेरा मानिसहरूलाई सबै विषयवस्तुहरूमा परीक्षण गरिनु पर्छ, ताकि तिनीहरू तिनीहारूका लागि मसँग भएको महिमा, सियोनको महिमा समेत प्राप्त गर्न तयार हुन सक्छन्; र जसले हप्काइ भोग्दैन ऊ मेरो अधिराज्यको योग्य छैन ।
३२ अज्ञानीले ऊस्वयम् लाई विनम्र पारेर र परमप्रभु आफ्ना परमेश्वरलाई पुकारेर ज्ञान सिक्नु पर्छ ताकि उसको आँखा हेर्नका लागि खोलिन सक्छ र सुन्नका लागि उसको कान खोलिन सक्छ;
३३ किनकि मेरो आत्मालाई संसारमा विनम्र र पश्चात्तापीलाई ज्ञान प्रदान गर्न र धर्मभ्रष्टहरूको तिरस्कार गर्न पठाइएको छ ।
३४ तिम्रा बन्धुहरूले तिमीलाई र तिम्रो गवाहीलाई अस्वीकार गरेका छन्, ती राष्ट्रले समेत जसले तिमीलाई बाहिर निकलेको छ;
३५ अनि अब तिनीहरूका विपत्तिका दिनहरू आउँदैछन्, दु:खका दिनहरू समेत, प्रसवमा परेकी स्त्री जस्तै; र तिनीहरूको दुःख महान् हुने छ जबसम्म तिनीहरूले तत्कालै पश्चात्ताप गर्दैनन्, हो, अत्यधिक छिटो ।
३६ किनकि तिनीहरूले अगमवक्ताहरूलाई मारेका थिए र उनीहरूलाई जसलाई तिनीहरूकहाँ पठाइएका थिए; र तिनीहरूले निर्दोषको रगत बगाएका छन्, जो तिनीहरूका विरुद्धमा भूमिबाट चिच्याउँछन् ।
३७ त्यसकारण, यी विषयहरूमा आश्चर्य नमान, किनकि तिमीहरू अझै शुद्ध भएका छैनौ; तिमीहरू अझै मेरो महिमा सहन गर्न सक्दैनौ; तर आदमदेखि अब्राहामसम्म, अब्राहामदेखि मोशासम्म, मोशादेखि येशू र उहाँका प्रेरितहरू र येशू र उहाँका प्रेरितहरूबाट जोसेफ स्मिथसम्म, मैले तिमीहरूलाई दिएका मेरा सबै वचनहरू पालना गर्नमा आस्थावान् छौ भने तिमीहरूले यो देख्ने छौ जसलाई मैले मेरा स्वर्गदूतहरू, मेरा सेवा गर्ने सेवकहरू र स्वर्गबाट मेरो आफ्नै वाणीद्वारा मेरो कार्य अगाडि ल्याउन बोलाएँ;
३८ उनले जुन आधार बसाले र आस्थावान् भए; र मैले उनलाई आफूस्वयम् मा लिएँ ।
३९ उनको मृत्युका कारण धेरै जना आश्चर्यचकित छन्; तर यो आवश्यक थियो कि उनले आफ्नो रगतले आफ्नो गवाही बाँध्नु पर्यो ताकि उनलाई सम्मान गर्न सकिन्छ र दुष्टहरूलाई दोषी ठहर्याउन सकिन्छ ।
४० के मैले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट उद्धार गरेको छैनँ, त्यसमा मात्र मैले मेरो नामको साक्षी छोडेको छु?
४१ अब, त्यसकारण, हे मेरा चर्चका जनहरू हो, सुन; अनि तिमी एल्डरहरूसँगै सुन; तिमीहरूले मेरो अधिराज्य प्राप्त गरेका छौ ।
४२ मेरा सबै आज्ञाहरू पालना गर्न लगनशील होऊ, अन्यथा न्याय तिमीहरूमाथि आउँछ र तिमीहरूको आस्थाले तिमीहरूलाई असफल बनाउँछ र तिमीहरूका शत्रुहरू तिमीहरूमाथि विजयी हुन्छन् । त्यसैले हाल अब अरू छैन । आमीन अनि आमीन ।