Scripture Stories
पुरानो करारका सम्बन्धमा


“पुरानो करारका सम्बन्धमा,” पुरानो करारका कथाहरू (२०२२)

“पुरानो करारका सम्बन्धमा,” पुरानो करारका कथाहरू

पुरानो करारका सम्बन्धमा

धेरै पहिले आफ्ना सन्तानलाई स्वर्गका पिताका प्रतिज्ञाहरू

छवि
पृथ्वीको जीवन पूर्वको जीवन दृष्टान्त

पवित्र बाइबलको पहिलो अंश पुरानो करार हो । यी धर्मशास्त्रहरू धेरै पहिले, येशू ख्रीष्ट जन्मनु भन्दा पनि पहिले लेखिएका थिए । यसमा कथाहरू छन् जसले हामीलाई उहाँमा आस्था राख्न सहयोग गर्दछन् । पृथ्वीका हरेक व्यक्ति स्वर्गका पिताका परिवारका अंश हुन् र कि उहाँले आफ्ना सन्तानलाई प्रेम गर्नुहुन्छ भनेर यसले हामीलाई सिकाउँछ ।

व्यवस्था ७:७–९; यशैया ४५:१०–१२

छवि
आदम र हब्बा बगैँचामा

पुरानो करारमा, येशू ख्रीष्टलाई यहोवा र परमप्रभु भनिन्छ । उहाँले स्वर्गका पिताका निर्देशनहरूको पालना गर्नुहुन्छ । आदम र हब्बाको समयदेखि स्वर्गका पिताले परमप्रभु येशू ख्रीष्टलाई आफ्ना अगमवक्ताहरूसँग बोल्न पठाउनु भएको छ । स्वर्गका पिताले अगमवक्ताका वचनहरू सत्य हुन् भनेर बुझ्नका लागि हामीलाई सहयोग गर्न पवित्र आत्मा पठाउनु हुन्छ ।

प्रस्थान ६:२–३; २ इतिहास २०:२०; आमोस ३:७; २ पत्रुस १:२१; मोशा २:१

छवि
आदमका सन्तति

परमप्रभुले अगमवक्ता अब्राहाम र उनकी पत्नी सारालाई प्रतिज्ञा गर्नुभयो कि तिनीहरूको परिवार बढ्नेछ र सम्पूर्ण संसारलाई आशीषित गर्नेछ । तिनीहरूका नाति याकूबको ठूलो परिवार थियो जुन एक राष्ट्र बन्यो । तिनीहरूलाई इस्राएलको घराना अथवा इस्राएलीहरू भनिन्थ्यो । अगमवक्ताहरूले येशू ख्रीष्ट कहिले आउनुहुन्छ भनेर अगाडि हेर्न तिनीहरूलाई सिकाए ।

उत्पत्ति १५:५–६; १७:१–७; व्यवस्था १८:१५; यशैया ७:१४

छवि
मानिसहरू इन्द्रेणीलाई हेर्दै

परमप्रभुले इस्राएलीहरू माथि आफ्ना प्रतिज्ञाहरू कसरी गर्नुभयो भनेर पुरानो करारमा धेरै कथाहरूले देखाउँछन् ।

उत्पत्ति ९:१३–१७; यर्मिया ११:४–५; हिब्रू ११:१–३५

छवि
मोशा मानिसहरूलाई लट्ठी देखाउँदै

जब इस्राएलीहरूले अगमवक्ताहरूका कुरा सुने र आज्ञाहरूको पालना गरे, परमप्रभुले तिनीहरूलाई सहयोग गर्नुभयो । जब तिनीहरू अवज्ञा गरे, उहाँले तिनीहरूलाई सहयोग गर्न सक्नु भएन ।

व्यवस्था ११:२६–२८; अय्यूब ३६:११–१२

छवि
बालबालिकाहरू धर्मशास्त्रहरू पढ्दै

तिमीहरू स्वर्गका पिताको परिवारको अंश हौ । स्वर्गका पिता दयालु हुनुहुन्छ र उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ । उहाँसँग तिमीहरूका लागि एक योजना छ । परमप्रभु येशू ख्रीष्टका कारण, तिमीहरू स्वर्गका पितासँग जिउन फर्कन सक्नेछौ । जसरी इस्राएलीहरूलाई सिकाइएको थियो, तिमीहरूले परमप्रभुमा आस्था राख्न अनि उहाँका आज्ञाहरूको पालना गर्ने छनोट गर्न सक्दछौ ।

प्रस्थान १५:२; व्यवस्था ४:३१; ५:१०; मोशा १:३९

प्रिन्ट गर्नुहोस्