“निस्तार-चाड,” पुरानो करारका कथाहरू (२०२२)
“निस्तार-चाड,” पुरानो करारका कथाहरू
निस्तार-चाड
परमप्रभुद्वारा संरक्षित
फारोले इस्राएलीहरूलाई स्वतन्त्र हुन दिएनन्, त्यसैले परमप्रभुले मोशालाई भन्नुभयो कि उहाँले एउटा अन्तिम विपत्ति पठाउनुहुनेछ । मिश्रदेशको भूमिमा प्रत्येक परिवारको पहिलो जन्मेको बालक मर्नेछ, तिनीहरूका पशुहरू जेठा छोराहरूसमेत ।
परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि यदि इस्राएलीहरूले उहाँका निर्देशनहरू पालना गरे भने, विपत्तिहरू तिनीहरूमाथिबाट जानेछ र तिनीहरूलाई हानी गर्दैन ।
परमप्रभुले प्रत्येक इस्राएली परिवारलाई एउटा निपूर्ण ठुमको पाठो बलि दिन र आफ्नो घरको ढोकाको चौकोसमा त्यो थुमाको रगतले रङग्याउन भन्नुभयो ।
परमप्रभुले इस्राएलीहरूलाई थुमाको पाठो पकाउन र चाँडै खान भन्नुभयो । तिनीहरूले खाना खाँदै गर्दा, उनीहरू लुगा लगाएर आफ्नो घर छोड्न तयार हुनुपर्छ । परमप्रभुले भन्नुभयो यदि इस्राएलीहरूले यी कामहरू गरे भने, तिनीहरूका जेठा छोराहरू विपत्ति बाट सुरक्षित हुनेछन् ।
परमप्रभुले चेताउनी दिनुभए जस्तै, विपत्ति आयो । फारोको जेठो छोरा सहित मिश्रदेशका सबै जेठा छोराहरू मरे । तर ढोकाको चौकोसमा थुमाको रगत भएको प्रत्येक घरमालाई यो विपत्तिले छोएन । इस्राएलीहरूका जेठा सन्तान बचाइयो किनभने उनीहरूले परमप्रभुको आज्ञा पालना गरे।
जब फारोनले आफ्नो छोरालाई यस विपत्तिका कारण मरेको देखे, उनले मोशा र हारूनलाई सबै इस्राएलीहरूलाई लिई मिश्रदेश छोड्न भने ।
इस्राएलीहरू गए, तर फारो रिसाएका थिए। तिनले आफ्नो सेना र रथहरू जम्मा गरे र इस्राएलीहरूलाई लखेटे।
इस्राएलीहरूले लाल समुद्रमा नजिकै शिविर लगाए । छिट्टै फारो र उनका सेनाले तिनीहरूलाई भेटे । जब इस्राएलीहरूले मिश्रीहरूलाई आउँदै गरेको देखे, तिनीहरू डराए । तर मोशाले इस्राएलीहरूलाई भने कि परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुनेछ ।
जब मिश्रीहरू नजिक पुगे, परमप्रभुले मोशालाई आफ्नो लट्ठी उठाउन भन्नुभयो । मोशाले गरे र परमप्रभुले समुद्रलाई विभाजित गर्नुभयो । इस्राएलीहरूले सुख्खा जमिनमा समुद्र पार गरे । तिनीहरू फारो र उनको सेनाबाट भागे ।
मिश्री सेनाले इस्राएलीहरूलाई खेदे । जब सबै इस्राएलीहरू समुद्रको अर्को छेउमा सुरक्षित भए, परमप्रभुले पानीलाई तल आउन दिनुभयो । मिश्रीहरूको सेना समुद्रमा डुब्यो ।
इस्राएलीहरू अन्ततः स्वतन्त्र भए । तिनीहरूले गीत गाए, नाचे र परमप्रभुलाई धन्यवाद दिए । तिनीहरूले सधैँ निस्तार-चाडलाई त्यो समयको रुपमा सम्झना गरे जब परमप्रभुले तिनीहरूको जीवन बचाउनुभयो र तिनीहरूलाई मिश्रदेशबाट बाहिर लैजानुभयो ।