Scripture Stories
शद्रक, मेशक र अबेद्नगो


“शद्रक, मेशक र आबेद्नेगो” पुरानो करारका कथाहरू (२०२१)

“शद्रक, मेशक र आबेद्नेगो” पुरानो करारका कथाहरू

दानिएल १; ३

शद्रक, मेशक र अबेद्नगो

आस्थाको खतरनाक परीक्षण

छवि
राजा नबूकदनेसर र सुनको मूर्ति

राजा नबूकदनेसरले एउटा विशाल, सुनको मूर्ति बनाए र आफ्ना मानिसहरूलाई पूजा गर्न बाध्य पारे । यदि तिनीहरूले अस्वीकार गरे भने, तिनीहरूलाई आगोको भट्टीमा हालिनेछ ।

दानिएल १:६–७; ३:१-६

छवि
शद्रक, मेशक र अबेद्नगो

दानिएलका साथीहरू शद्रक, मेशक र आबेद्नेगोले परमेश्वरलाई माया गर्थे र राजाको झूटा देवताको उपासना गर्दैनन् । राजा तिनीहरूसँग रिसाए ।

दानिएल ३:६-१५

छवि
शद्रक, मेशक र आबेद्नेगो राजासँग कुरा गर्दै

तीन जना साथीहरूले राजालाई भने कि तिनीहरूले केवल परमेश्वरको आराधना गर्नेछन् । परमेश्वरले तिनीहरूलाई रक्षा गर्न सक्नुहुन्छ भनेर तिनीहरूले विश्वास गरे । तर उहाँले तिनीहरूलाई बचाउनुभएन भने पनि, तिनीहरूले विश्वास गरेका कुराका लागि खडा हुनेछन् ।

दानिएल ३:१५-१८

छवि
तीन पुरुष र देवदुत आगोमा

राजा शद्रक, मेशक र आबेद्नेगोसँग रिसाए । उनले तिनीहरूलाई आगोको भट्टीमा फालिदिए । तर जब राजाले भट्टीमा हेरे, तब तीन जना मानिसहरूसँगै आगोमा स्वर्गका प्राणी देखेर उनी छक्क परे । आगोबाट उनीहरूलाई कुनै नोक्सान पुगेको थिएन ।

दानिएल ३:१९-२५

छवि
तीन जना मानिस आगोबाट बाहिर निस्किँदै

राजाले शद्रक, मेशक र आबेद्नेगोलाई बोलाए र तिनीहरू भट्टीबाट बाहिर निस्के । आगोले उनीहरूलाई नोक्सान पुर्‍याएको थिएन र उनीहरूको लुगा समेत जलेको थिएन ।

दानिएल ३:२६–२७

छवि
शद्रक, मेशक र आबेद्नेगो”राजासँग कुरा गर्दै

शद्रक, मेशक र आबेद्नेगोले आफ्नो जीवन खतरामा पर्दा पनि परमेश्वरको आज्ञा पालना गरे । तिनीहरूको उदाहरणले राजालाई परमेश्वरमा विश्वास गर्न सहयोग गर्‍यो ।

दानिएल ३:२८-२९

प्रिन्ट गर्नुहोस्