Scripture Stories
हागर


“हागर,” पुरानो करारका कथाहरू (२०२२)

“हागर,” पुरानो करारका कथाहरू

उत्पत्ति १६

हागर

उहाँकी छोरीका लागि परमप्रभुको योजना

छवि
हागर गर्भवती

हागर साराकी सेवक थिईन् । सारा बुढी भईन् र कुनै सन्तान थिएनन् । उनले आफ्नो पति अब्राहामलाई हागरसँग विवाह गर्न भनिन् ताकि तिनीहरूले शीशु जन्माउन सकून् । अब्राहाम र हागरले विवाह गरे र हागार छिट्टै बच्चा जन्माउने भईन् ।

उत्पत्ति १६:१–३

छवि
हागर हिड्छिन्

हागर र सारा एकअर्काप्रति निर्दयी हुन सुरू गरे । हागरले मरुभूमितिर भाग्न छनोट गरिन् ।

उत्पत्ति १६:४–६

छवि
हागर पानीको छेउमा आराम गर्छिन्

यात्रा गर्दा, हागार धेरै थाकिन् र तिर्खाईन् । अन्त्यमा उनी पानी भएको एक ठाउँमा आईन् र त्यहाँ आराम गरिन् ।

उत्पत्ति १६:७

छवि
स्वर्गदूत हागरसँग बोल्छन्

परमप्रभुलाई हागरको समस्या बारे थाहा थियो र तिनलाई सहयोग गर्ने योजना थियो । उहाँले अब्राहाम र साराकहाँ फर्केर जानका लागि अनुरोध गर्न एक स्वर्गदूत पठाउनुभयो । उहाँले हागरको परिवार बढ्नेछ भनेर प्रतिज्ञा गर्नुभयो । उहाँले तिनले जन्माउने बालक भएको र उनीले उसको नाम इश्माएल राख्नु भन्नुभयो।

उत्पत्ति १६:७-१४

छवि
हागर र इश्माएल अब्राहाम र सारासँग

हागरले परमप्रभुमा विश्वास राखिन् र स्वर्गदूतको आज्ञा पालना गरिन् । तिनी अब्राहाम र साराकहाँ फर्किईन् । हागरले छोरो जन्माईन्र उनको नाम इश्माएल थियो । परमप्रभुले तिनको हेरचाह गर्दै हुनुहुन्छ भनेर हागरलाई थाहा थियो ।

उत्पत्ति १६:११, १५

प्रिन्ट गर्नुहोस्