Scripture Stories
एलिया र बालका पादरीहरू


“एलिया र बालका पादरीहरू,” पुरानो करारका कथाहरू (२०२१)

“एलिया र बालका पादरीहरू,” पुरानो करारका कथाहरू

१ राजाहरू १८

एलिया र बालका पादरीहरू

झूटा पादरीहरूका विरुद्ध परमप्रभुका अगमवक्ता

छवि
बाल को सानो मूर्ति

इस्राएलका अधिराज्यले पानी नभएका कारण निरन्तर कष्ट भोगिरहेका थिए । राजा आहाबले मानिसहरूलाई बाल नाम गरेका झूटा परमेश्वरलाई पछ्याउन भने ।

१ राजाहरू १८:१–२, १७–१८

छवि
एलिया आहाबसँग कुरा गर्दै

परमप्रभुले आगमवक्ता एलियालाई आहाबलाई भेट्न पठाउनुभयो । एलियाले सबै मानिसहरूलाई पहाडको पहाडको टुप्पोमा जान अनुरोध गरे । उनले राजा र पादरीहरूलाई परमप्रभु सत्य परमेश्वर हुनुहुन्छ वा बाल सत्य परमेश्वर हो भनेर हेर्नका लागि चुनौती दिन अनुरोध गरे ।

१ राजाहरू १८: १९–२१

छवि
एलिया बालका पादरीहरूसँग कुरा गर्दै

एलियाले चुनौतीको व्याख्या गरे । ऊ र पादरीहरूले एउटा साँढेलाई वेदीमा बलि चढाउने गर्थे तर तिनीहरू आफैँले आगो बाल्दैनथे । त्यसको सट्टामा, पादरीहरूले आगो बाल्न बाललाई प्रार्थना गर्दथे । त्यसपछि एलियाले आगो बाल्नका लागि परमप्रभुलाई प्रार्थना गर्थे । सत्य परमेश्वरले मात्रै आगो बाल्नुहुनेछ भनेर एलियालाई थाहा थियो ।

१ राजाहरू १८: २२–२५

छवि
एलिया मानिसहरूको समूहसँग कुरा गर्दै

बालका पादरीहरूले बिहानदेखि दिउँसोसम्म आफ्ना देवतालाई प्रार्थना गरे तर केही भएन । एलियाले तिनीहरूसँग ठट्टा गरे र भने कि तिनीहरूका देवता बाल सुतेको हुनुपर्छ ।

१ राजाहरू १८: २६–२७

छवि
बालका पादरीहरू वेदीमा प्रार्थना गर्दै

पादरीहरू क्रोधित भए, वेदीमा हाम्फाले र साँझसम्म चिच्याए । तिनीहरूले आशा गरेका थिए कि तिनीहरूका परमेश्वरले जवाफ दिनेछन् तर अझै पनि आगो बलेन ।

१ राजाहरू १८: २८–२९

छवि
एलिया घुँडा टेक्दै

त्यसपछि एलियाको पालो थियो । उनले परमप्रभुको निम्ति एउटा वेदी बनाए, वेदीको वरिपरि खाडल खने र बलिदान तयार पारे ।

१ राजाहरू १८: ३०–३२

छवि
एलिया र मानिसहरू वेदी निर्माण गर्दै

एलियाले मानिसहरूलाई चार घैँटो पानी भर्न र आफ्नो वेदीको दाउरामा तीन पटक खन्याउन अनुरोध गरे । पानीले दाउरा र वेदी भिज्यो । यसले पूरै खाडल भरियो ।

१ राजाहरू १८: ३३–३७

छवि
एलिया वेदीको छेउमा प्रार्थना गर्दै

सत्य परमेश्वरको शक्ति देखाउन एलियाले परमप्रभुलाई प्रार्थना गरे । परमप्रभुको आगो तल आयो र बलिदान, दाउरा, ढुङ्गा र पानी भस्म भयो । मानिसहरूलाई थाहा भयो कि एलियाका परमेश्वर सत्य परमेश्वर हुनुहुन्छ । एलियाले खडेरी अन्त्य होस् भनी प्रार्थना गरे र परमप्रभुले वर्षा पठाउनुभयो ।

१ राजाहरू १८: ३८–४१

प्रिन्ट गर्नुहोस्