Scripture Stories
दानिएल र सिँहको खोर


“दानिएल र सिँहको खोर,” पुरानो करारका कथाहरू (२०२१)

“दानिएल र सिँहको खोर,” पुरानो करारका कथाहरू

दानिएल ६

दानिएल र सिँहको खोर

एउटा मानिसको प्रार्थना गर्ने साहस

छवि
दानिएल राजासँग कुरा गर्दै

दारा बेबिलोनको शासक बने उनले दानिएललाई माया गर्थे र उनलाई सम्पूर्ण राज्यको अगुवा बनाउन चाहन्थे । राजाका केही ज्ञानी मानिसहरू ईर्ष्यालु थिए ।

दानिएल ६:१–४

छवि
ज्ञानी मानिसहरू षड्यन्त्र गर्दै

दानिएलले परमेश्वरलाई प्रार्थना गरेगरेका थिए भनेर ज्ञानी मानिसहरूलाई थाहा थियो, त्यसैले उनीहरूले राजालाई छल गरेर नयाँ नियम बनाउन लगाए । जसले परमेश्वरलाई प्रार्थना गर्छ उसलाई सिँहको खोरमा फालिने छ ।

दानिएल ६:५–९

छवि
दानिएल प्रार्थना गर्दै

दानिएलले जे भए पनि परमेश्वरलाई प्रार्थना गर्ने छनोट गरे । राजाका ज्ञानी मानिसहरूले दानिएलले प्रार्थना गरिरहेको देखे र राजालाई दानिएलले नियम तोड्दैछ भने । राजाले उनका ज्ञानी मानिसहरूले उनलाई छलेको महसुस गरे । उनले दानिएललाई बचाउने तरीका खोजे, तर राजाले आफ्नै कानून पालना गर्नु पर्‍यो ।

दानिएल ६:१०–१५

छवि
दानिएल सिँहको खोरमा

दानिएललाई सिँहको खोरमा फालियो । दानिएलको रक्षा होस् भनेर राजा रातभरि ननिदाई, उपवास बसे ।

दानिएल ६:१६–१८

छवि
राजा दानिएललाई सिँहको खोरमा हेर्दै

भोलिपल्ट बिहान सबेरै, राजा हतार गर्दै सिँहको खोरमा पुगे । उनी जिउँदो छन् कि छैनन् भनेर हेर्न उनले दानिएललाई बोलाए दानिएलले जवाफ दिए! उनले राजालाई भने कि परमेश्वरले स्वर्गदूतलाई सिँहको मुख बन्द गर्न पठाउनुभयो । सिँहहरूले उनलाई चोट पुर्‍याएनन् ।

दानिएल ६:१९–२३

छवि
राजा दानिएललाई अँगालो हाल्दै ।

दानिएल सुरक्षित भएकोमा राजा खुशी । उनले ती ज्ञानी मानिसहरूलाई दण्ड दिए जसले उनलाई छल गरे र उनले नियमको अन्त्य गरे । उनले आफ्नो राज्यलाई परमेश्वरको शक्ति र भलाइका बारेमा सिकाए ।

दानिएल ६:२३–२७

प्रिन्ट गर्नुहोस्