Scripture Stories
मोशा र काँसको सर्प


“मोशा र काँसको सर्प,” पुरानो करारका कथाहरू (२०२२)

“मोशा र काँसको सर्प,” पुरानो करारका कथाहरू

गन्ती २१

मोसा र काँसको सर्प

परमप्रभुमा आस्था राख्न सिक्दै

छवि
मानिसहरूलाई आक्रमण गर्दै सर्पहरू

इस्राएलीहरूले उजाडस्थानमा यात्रा गर्दा, तिनीहरूले प्रायः परमप्रभुलाई बिर्सिए र गुनासो गरे । परमप्रभुले तिनीहरूलाई विनम्र हुन र उहाँलाई सम्झन सहयोग गर्न सर्पहरू पठाउनुभयो । सर्पहरूले मानिसहरूलाई डसे र धेरै मानिसहरू मरे ।

गन्ती २१: १-६

छवि
मानिसहरू मोशालाई बिन्ती गर्दै

छिट्टै मानिसहरूले पश्चात्ताप गरे । तिनीहरूले मोशालाई प्रार्थना गर्न अनुरोध गरे ताकि परमप्रभुले सर्पहरूलाई टाढा लैजानुहुनेछ । परमप्रभुले सर्पहरूलाई टाढा लैजानुभएन । तर उहाँले मानिसहरूलाई टोकिएमा बचाउनका लागि एउटा बाटो बनाउनुभयो ।

गन्ती २१:७

छवि
मोशाले काँसको सर्प समात्दै

परमप्रभुले मोशालाई काँसबाट एउटा सर्प बनाउन र त्यसलाई खम्बामा जोड्न भन्नुभयो । जब मानिसहरूलाई टोकियो र काँसको सर्पलाई हेरे, परमप्रभुले तिनीहरूलाई बचाउनुभयो । परमप्रभुले इस्राएलीहरूलाई विनम्र हुन र उहाँमा विश्वास गर्न सहयोग गर्नुभयो ।

गन्ती २१:८-९; १ नफी १७:४१; हेलामान ८:१४-१५

प्रिन्ट गर्नुहोस्