Scripture Stories
अब्राहाम र सारा


“अब्राहाम र सारा,” पुरानो करारका कथाहरू (२०२१)

“अब्राहाम र सारा,” पुरानो करारका कथाहरू

उत्पत्ति ११–१५; १७; अब्राहाम १–२

अब्राहाम र सारा

मानव परिवारलाई आशीषित् गर्ने एक प्रतिज्ञा

छवि
स्वर्गदूतले अब्राहामलाई पादरीबाट बचाउँछ

अब्राहाम ऊरको शहरमा बस्दथे । त्यहाँका पतीत पादरीहरूले उनलाई तिनीहरूका मूर्तिसामु बलि दिन चाहन्थे । अब्राहामले प्रार्थना गरे र परमप्रभुले उनलाई बचाउनुभयो ।

अब्राहाम १: १–२०

छवि
अब्राहाम र सारा ऊँटसहित यात्रा गर्दछन्

त्यसपछि परमप्रभुले अब्राहाम र उनकी पत्नी सारालाई ऊर छाड्न र टाढाको भूमिमा यात्रा गर्न आज्ञा गर्नुभयो । परमेश्वरले तिनीहरूलाई तिनीहरूका यात्रामा आशीर्वाद दिने प्रतिज्ञा गर्नुभयो ।

उत्पत्ति १२:१–३; अब्राहाम २:२–४

छवि
अब्राहाम र सारा भेडाहरूको हेरचाह गर्दै

अब्राहाम र साराले परमप्रभुमा विश्वास गरे र ऊर छाडे । तर तिनीहरू दु:खी भए किनभने तिनीहरूले सन्तान जन्माउन सकेनन् । परमप्रभुले तिनीहरूलाई सान्त्वना दिनुभयो । उहाँले प्रतिज्ञा गर्नुभयो कि तिनीहरूको एक सन्तान हुनेछ ।

उत्पत्ति ११:३०–३१; १५:१–६; १७:२–१६; अब्राहाम २:६–९

छवि
परमेश्वर अब्राहामसामु प्रकट हुनुहुन्छ

अब्राहामले उहाँका बारेमा अझै बढी बुझ्न परमप्रभुलाई प्रार्थना गरे । परमप्रभुले अब्राहामलाई भेट्नुभयो र आफुलाई यहोवा भनी चिनाउनुभयो । यहोवाले अब्राहामसँग एक करार गर्नुभयो । अब्राहामले पादरित्व प्राप्त गर्नेछन् भनेर उहाँले प्रतिज्ञा गर्नुभयो । अब्राहामको परिवारद्वारा पृथ्वीका परिवारहरू आशीषित् हुनेछन् भनेर पनि उहाँले प्रतिज्ञा गर्नुभयो ।

अब्राहाम २:६–११

छवि
अब्राहाम र सारा ऊँटहरूसहित यात्रा गर्दछन्

यात्रा गर्दा अब्राहाम र साराले तिनीहरूका लागि खानेकुरा खोज्नु पर्ने आवश्यकता भयो । तिनीहरूले कनान भन्ने भूमिमा बस्ने प्रयास गरे । त्यहाँ कुनै खानेकुरा थिएन, त्यसैले तिनीहरूलाई मिश्रदेशमा जानु पर्ने भयो । तर मिश्रदेशमा बस्नु तिनीहरूका लागि खतरनाक थियो ।

उत्पत्ति १२:१०–२०; अब्राहाम २:२१–२५

छवि
अब्राहाम र सारा पशुहरूको हेरचाह गर्दछन्

अब्राहाम र साराले मिश्रदेश छोडे र कनानमा बस्न फर्किए । तिनीहरूले मिश्रदेशबाट आफुसँगै खानेकुरा र पशुहरू ल्याए । कनान भूमिको त्यो अंश थियो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको थियो ।

उत्पत्ति १३:१–४, १२; अब्राहाम २:१९

छवि
मेल्कीसेदेक अब्राहाम र सारासँग कुरा गर्दै

अब्राहामले पादरित्व प्राप्त गर्नेछन् भनेर परमप्रभुले पनि आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो । एक दिन अब्राहाम र साराले मेल्कीसेदेक नाम गरेका एक धार्मिक राजालाई भेटे । अब्राहामले उनलाई दशांश तिरे ।

उत्पत्ति १४:१८–२४; अल्मा १३:१५

छवि
मेल्कीसेदेक अब्राहामलाई आशीर्वाद दिँदै

अब्राहामले मेल्कीसेदेकबाट पादरित्व प्राप्त गरे । यो त्यही पादरित्व थियो जुन अगमवक्ताहरू आदम र नोआले प्राप्त गरेका थिए ।

जोसेफ स्मिथको अनुवाद, उत्पत्ति १४:३६–४०; अब्राहाम १:२–४; सिद्धान्त र करार ८४:१४

छवि
अब्राहाम र सारा

अब्राहाम र सारा कनानमा खुशी थिए तर अझैपनि तिनीहरू चिन्तित थिए किनभने तिनीहरूका कुनै पनि सन्तान थिएनन् । तिनीहरूले परमप्रभुको प्रतिज्ञामा विश्वास गर्नु पर्दथ्यो ताकि एक दिन तिनीहरूको परिवार बढ्नेछ र सम्पूर्ण पृथ्वीलाई आशीषित् गर्नेछ ।

उत्पत्ति १३:१२; १५:३–६

प्रिन्ट गर्नुहोस्