Scripture Stories
रूथ र नाओमी


“रुथ र नाओमी,” पुरानो करारका कथाहरू (२०२१)

“रुथ र नाओमी,” पुरानो करारका कथाहरू

रूथ १–४

रूथ र नाओमी

प्रेम र निष्ठाका साथ परीक्षणहरूमा जिउने

छवि
नाओमी र परिवार सहरमा हिँड्दै

नाओमी र उनको परिवार मोआब गए किनभने यहुदाको भूमिमा पर्याप्त खाना थिएन। त्यसपछि नाओमीको पतिको मृत्यु भयो । नाओमीका छोराहरूले मोआबका ओर्पा र रूथ नाउँ गरेका स्त्रीहरूलाई विवाह गरे । तिनीहरूले १० वर्षसम्म नाओमीको हेरचाह गरे ।

रूथ १: १–४

छवि
ओर्पा, रुथ र नाओमी अँगालो हाल्दै

त्यसपछि ओर्पा र रूथका पतिहरूको मृत्यु भयो । अब महिलाहरू एक्लै थिए । नाओमीले रूथ र ओर्पालाई खाना उपलब्ध गराउन सकिनन् ।

रूथ १:५, ८-१०

छवि
रूथ र नाओमी ऊँट लिएर यात्रा गर्दै

अर्पा घर फर्किईन् । तर रूथ बसेर नाओमीको हेरचाह गर्न चाहन्थिन् । रूथ र नाओमीले यहुदाको भूमिमा फेरि बाली भएको सुने, त्यसैले तिनीहरू त्यतै तिर यात्रा गरे ।

रूथ १:१६-१९

छवि
रूथ अन्न बटुल्दै

रूथ र नाओमी कटनीको समयमा यहुदा आइपुगे । उनीहरूलाई खाना चाहिएको थियो । नाओमीका आफन्त बोअज नाम गरेकाको यहूदामा खेत थियो । तिनले रूथलाई आफ्नो खेतमा बाँकी रहेको अन्न लिन दिए । यो कडा परिश्रम थियो ।

रूथ १:२२; २:३

छवि
बोअज रूथसँग कुरा गर्दै

बोअजले रूथलाई आदर गर्थे किनभने उनले कडा परिश्रम गर्थिन् र नाओमी र परमप्रभुप्रति निष्ठावान् थिईन् । उनले सेवकहरूलाई रूथका लागि खेतमा धेरै अन्न छोड्न भने ।

रूथ २:५-१७

छवि
रूथ र नाओमी

नाओमी रूथको परिवार होस् भन्ने चाहन्थिन् । उनले रूथलाई बोअजसँग विवाह गर्न प्रोत्साहन गरीन् । यदि उनी र बोअजले विवाह गरेमा नाओमीको हेरचाह सँगै गर्न सकिन्छ भनेर रूथलाई थाहा थियो ।

रूथ ३:१-२; ४:१५

छवि
रूथ र बोअज

रूथले बोअजलाई उनीसँग विवाह गर्न आग्रह गर्ने निर्णय गरीन् । बोअजलाई रूथ एक निष्ठावान् र सद्गुणी स्त्री हुन् भनेर थाहा थियो । उनी सहमत भए ।

रूथ ३:३–१८; ४:१३

छवि
रुथ, बोअज र बालक

रूथ र बोअजले विवाह गरे । छिट्टै रूथले एउटा बालक जन्माईन् । उनी भविष्यका राजा दाऊदका हजुरबुबा बने । धेरै वर्ष पछि, येशू ख्रीष्ट यही परिवारमा जन्मनुभयो ।

रूथ ४:१३-१७

प्रिन्ट गर्नुहोस्