Scripture Stories
एलीशा अगमवक्ता


“एलीशा अगमवक्ता,” पुरानो करारका कथाहरू (२०२१)

“एलीशा अगमवक्ता,” पुरानो करारका कथाहरू

२ राजाहरू २; ४

एलीशा अगमवक्ता

परमप्रभुको प्रतिक्षामा

छवि
एलिया एलीशासँग कुरा गर्दै

अगमवक्ता एलियाद्वारा परमप्रभुले एलीशालाई अर्को अगमवक्ता हुन तयार पार्नुभयो। त्यसपछि परमप्रभुले एलियालाई स्वर्गमा लैजानुभयो ।

२ राजाहरू २:१-१५

छवि
महिला तेल खन्याउँदै

परमप्रभुले एलीशालाई धेरै चमत्कारहरू गर्न सहयोग गर्नुभयो । एलीशाले एक पटक धेरै भाँडाहरू भरिने गरि एउटी गरिब महिलाको तेललाई आशीषित गरे । त्यसपछि महिलाले आफ्नो ऋण तिर्न तेल बेचिन् ।

२ राजाहरू ४:१–७

छवि
एलीशा परिवारसँग कुरा गर्दै

अर्को समयमा, एउटी आस्थावान महिलाले एलीशाको सेवा गरिन्‌ र उनी प्रति धेरै दयालु थिइन्‌ । तिनको सेवा गर्न उनले के गर्न सक्छन् भनेर एलीशाले सोधे । उनले बच्चाको आशा गरेकी थिइन् । एलीशाले तिनलाई र उनका पतिलाई एउटा छोरा जन्माउने आशीर्वाद दिए ।

२ राजाहरू ४:८-१७

छवि
परिवार रमाइलो गर्दै

तर केही वर्षपछि छोरा बिरामी भयो र मर्यो । ती महिला एलीशालाई खोज्न गईन् किनभने उनीसँग आस्था थियो कि उनले तिनको छोरालाई बचाउन सक्छन् । एलीशा आएर बालकलाई आशीर्वाद दिए र ऊ फेरि जीवित भयो । परमप्रभुले एलीशालाई धेरै चमत्कारहरू गर्न सहयोग गर्नुभयो । उनी परमप्रभुका महान् अगमवक्ता थिए ।

२ राजाहरू ४:१८-३७

प्रिन्ट गर्नुहोस्