Scripture Stories
इस्राएलीहरू उजाडस्थानमा


“इस्राएलीहरू उजाड स्थानमा,” पुरानो करारका कथाहरू (२०२२)

“इस्राएलीहरू उजाड स्थानमा,” पुरानो करारका कथाहरू

प्रस्थान १६

इस्राएलीहरू उजाड स्थानमा

परमप्रभुमा भरोसा राख्न सिक्दै

छवि
इस्राएलीहरू गुनासो गर्दै

इस्राएलीहरूले मिश्रदेश छोडेको केही समय पछि, तिनीहरूले आफूसँग पर्याप्त खाना नभएको गुनासो गरे । तिनीहरूले उजाडस्थानमा भोकै बस्नुभन्दा मिश्रदेशमा दास हुनु राम्रो हो भने ।

प्रस्थान १६:१–३

छवि
मन्ना जम्मा गर्दै इस्राएलीहरू

इस्राएलीहरूलाई उहाँमा विश्वास गर्न सिकाउनका लागि, परमप्रभुले तिनीहरूका लागि प्रत्येक दिन उठाउन स्वर्गबाट रोटी पठाउनुभयो । अनि उनीहरूले त्यो रोटीलाई मन्ना भने । यसको स्वाद महको जस्तै थियो । हप्ताको सातौँ दिन, शबाथमा परमप्रभुले मन्ना पठाउनुभएन । त्यसैले छैटौँ दिनमा, उहाँले तिनीहरूलाई दुई दिनका लागि पर्याप्त मन्ना उठाउन भन्नुभयो ।

प्रस्थान १६:४–५, ४–३१

छवि
बटेर बटुलदै इस्राएलीहरू

केही समयको लागि, परमप्रभुले इस्राएलीहरूलाई खानका लागि बटेर पनि पठाउनुभयो । बिहान तिनीहरूले मन्ना उठाए र साँझ तिनीहरूले बटेर बटुले । इस्राएलीहरूले उहाँमाथि विश्वास गर्न सिकेको परमप्रभु चाहनुहुन्थ्यो । यसरी उहाँले मरूभूमिमा तिनीहरूको हेरचाह गर्नुभयो ।

प्रस्थान १६:११–१३

प्रिन्ट गर्नुहोस्