Scripture Stories
राजा योशियाह


“राजा योशियाह,” पुरानो करारका कथाहरू (२०२२)

“राजा योशियाह,” पुरानो करारका कथाहरू

२ राजाहरू २२; २ इतिहास ३४–३५

राजा योशियाह

परमप्रभुको आज्ञा पालन गर्नका लागि खोज

छवि
जवान राजा योशियाह

उनलाई यहूदाको राजा बनाइदा योशियाह आठ वर्षका थिए । उनी परमप्रभुलाई प्रेम गर्ने असल राजा थिए । तिनले आफ्ना मानिसहरू, इस्राएलीहरूलाई , परमप्रभुलाई पछ्याउन र मूर्तिहरूको पूजा गर्न छोड्न सहयोग गर्न चाहन्थे । जब उनी ठूला भए, उनी र उनका मानिसहरूले मन्दिर मर्मत गर्न र यसलाई फेरि सुन्दर बनाउन सुरू गरे ।

२ राजाहरू २२: १–२; २ इतिहास ३४:३–७

छवि
हिल्कियाह मन्दिरको भग्नावशेषमा नामावली पत्ता लगाउँदै

मानिसहरूले मन्दिरमा काम गरिरहँदा, प्रधान पादरी हिल्कियाहले व्यवस्थाको पुस्तक भेट्टाए, जसमा धर्मशास्त्रहरू थिए ।

हेर्नुहोस २ राजाहरू २२:३–९

छवि
दु:खी राजा योशियाह व्यवस्थाको पुस्तक सुन्दै

एक नोकरले योशियाहका लागि पुस्तक पढे । योशियाहले ती वचनहरू सुने र दुःखी भए किनभने उनका मानिसहरूले परमप्रभुको आज्ञा पालना गरेनन् । आफू दुखी भएको देखाउन उनले आफ्नो लुगा च्याते ।

हेर्नुहोस २ राजाहरू २२:१०-१३, १९

छवि
योशियाहका सेवकहरू हुल्दासँग कुरा गर्दै

तिनले हिल्कियाहलाई तिनीहरूले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोध्न भने । हिल्कियाह र राजाका सेवकहरू हुल्दामा गए । उनी एक अगमवादिनी थिईन्, एक आस्थावान अगुवा जो परमेश्वरबाट प्रेरित थिईन् । उनले भनिन् कि परमप्रभु योशियाहसँग खुसी हुनुहुन्थ्यो किनभने उनले मानिसहरूलाई आज्ञा पालना गर्न सहयोग गरिरहेका थिए । परमप्रभुले राजा योशियाह शान्तिमा बस्नेछन् भनी प्रतिज्ञा गर्नुभयो ।

२ राजाहरू २२:१२–२०

छवि
निस्तार-चाडको भोजमा राजा योशियाह

राजा योशियाहले आफ्ना मानिसहरूले परमप्रभुलाई गरेका प्रतिज्ञाहरू पूरा गरेको चाहन्थे । उनले तिनीहरूलाई परमप्रभुले मिश्रमा धेरै अघि इस्राएलीहरूलाई कसरी मुक्त गर्नुभएको थियो भनेर सम्झन सहायोग गर्न निस्तार-चाड मनाउन अनुरोध गरे ।

हेर्नुहोस २ इतिहास ३५:१-१९

प्रिन्ट गर्नुहोस्