Scripture Stories
बालक मोशा


“बालक मोशा,” पुरानो करारका कथाहरू (२०२१)

“बालक मोशा,” पुरानो करारका कथाहरू

प्रस्थान १–२

बालक मोशा

इस्राएलीहरूका भविष्यका अगुवाको सुरक्षा गर्दै

छवि
अधिराज्यलाई हेर्दै फारो

मिश्रदेशमा याकूबका परिवार महान् मानिसहरू बने । तिनीहरूलाई इस्राएलीहरू भनिन्थ्यो । फारो, मिश्रदेशका राजा, डराएका थिए कि एक दिन त्यहाँ धेरै इस्राएलीहरू हुनेछन् र ताकि तिनीहरूले मिश्रदेशलाई अधीनमा लिनेछन्, त्यसैले उनले इस्राएलीहरूलाई आफ्नो दास बनाए ।

प्रस्थान १:७–१४

छवि
सिपाहीहरू नदी पारी हेर्दै

फारोले त्यसपछि आज्ञा दिए कि सबै नवजात इस्राएली बालकहरूको हत्या गरिनु पर्दछ । इस्राएली परिवरहरू धेरै डराए ।

प्रस्थान १:१५–२२

छवि
योकेबेद, मिरियम् र बालक मोशा नदीमा

योकेबेद नाम गरेकी इस्राएली आमाले आफ्नो नवजात छोरालाई बचाउने तरीका सोचीन् । उनले आफ्नो बालाकलाई टोकरीमा राखिन् र टोकरीलाई नाइल नदी तीर अग्लो घाँस भित्र लुकाईन् । बालककी दिदी मिरियमले उनलाई सुरक्षित राख्न उनको हेरचाह गरीन् ।

प्रस्थान २:१–४

छवि
फारोकी छोरीले बालक मोशालाई बोक्दै

नदीमा नुहाउदै गर्दा, फारोकी छोरीले टोकरी भेट्टाईन् । उनीले असहाय इस्राएली बालकलाई रोइरहेको देखिन् र उनलाई आफ्नै बालाक सरह हुर्काउने इच्छा गरीन् । मिरियम् फारोकी छोरीकहाँ आईन् र बालकको हेरचाह गर्न उनले इस्राएली महिलालाई ल्याउन सकिन्छ कि भनेर सोधीन् ।

प्रस्थान २:५–६

छवि
फारोकी छोरी, योकेबेद, मिरियम् र बालक मोशा

मिरियमले फारोकी छोरीकहाँ उनकी आमा योकेबेदलाई लयाईन् । फारोकी छोरीले बालकको हेरचाहका लागि योकेबेदलाई पैसा तिर्न सहमत भईन् ।

प्रस्थान २:८–९

छवि
फारोकी छोरी, योकेबेद, मिरियम् र मोशा

इस्राएली बालक हुर्किए । फारोकी छोरीले उनलाई आफ्नै छोरा सरह हुर्काईन् । उनीले उनको नाम मोशा राखीन् ।

प्रस्थान २:१०

प्रिन्ट गर्नुहोस्