Scripture Stories
योना अगमवक्ता


“योना अगमवक्ता,” पुरानो करारका कथाहरू (२०२१)

“योना अगमवक्ता,” पुरानो करारका कथाहरू

योना १–४

योना अगमवक्ता

परमप्रभुको कृपामा विश्वास गर्न सिक

छवि
योना उदास देखिन्छन्

योना अगमवक्ता थिए । परमप्रभुले तिनलाई निनेवाहका मानिसहरूलाई चेतावनी दिन भन्नुभयो कि यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने तिनीहरूको शहर नष्ट हुनेछ ।

योना १:१–२

छवि
योना डुङ्गा चढ्दै

तर निनेवाहका मानिसहरू इस्राएलीहरूका शत्रु थिए । योना तिनीहरूलाई प्रवचन दिन चाहँदैनथे । त्यसैले तिनी निनेवाहबाट धेरै टाढा जान पानी जहाज चढे ।

योना १: 3

छवि
आँधीबेरीको समुद्रमा पानी जहाज

योना पानी जहाजमा हुँदा ठूलो आँधी आयो । पानी जहाजमा रहेका मानिसहरू आफ्नो जीवनका लागि डराए । उनीहरूले योनालाई तिनीहरूलाई बचाउनका लागि परमप्रभुलाई प्रार्थना गर्न अनुरोध गरे ।

योना १:४-६

छवि
योना पानी जाहज नाविकहरूसँग कुरा गर्दै

परमप्रभुले आँधी पठाउनुभयो भनेर योनालाई थाहा थियो किनभने परमप्रभुले उनलाई गर्न भन्नुभएका विषयहरूबाट उनी भाग्दै थिए । योना पानी जहाजमा भएका मानिसहरूलाई बचाउन चाहन्थे । यदि उनीहरूले तिनलाई समुद्रमा फाले भने, आँधीबेहरी रोकिनेछ भनेर उनले भने ।

योना १:१२

छवि
नाविकहरूले योनालाई डुङ्गाबाट फ्याँक्छन्

ती मानिसहरूले योनालाई पानीमा फाल्न चाहेनन् । तिनीहरूले पानी जहाज अवतरण गर्न खोजे तर आँधी धेरै ठूलो थियो । अन्त्यमा, तिनीहरूले योनालाई समुद्रमा फालिदिए ।

योना १:१३-१५

छवि
योनालाई निल्ने ठूलो माछा

आँधी रोकियो । तर त्यसपछि एउटा ठूलो माछाले योनालाई निल्यो ।

योना १:१५, १७

छवि
योना समुद्रको किनारमा

योना तीन दिन र तीन रात माछाको पेटभित्र थिए । त्यस समयमा योनाले प्रार्थना गरे र पश्चात्ताप गरे । उनी सही काम गर्न र परमप्रभुलाई सुन्न चाहन्थे । परमप्रभुले योनाको प्रार्थना सुन्नुभयो र माछाले योनालाई सुख्खा जमिनमा थुक्न लगाउनु भयो ।

योना १:१७; २:१-१०

छवि
योना मानिसहरूलाई प्रवचन दिँदै

परमप्रभुले योनालाई निनेवाहका मानिसहरूलाई फेरि प्रवचन गर्न भन्नुभयो । यस पटक योनाले आज्ञा पालन गरे । तिनी निनेवाहकहाँ गए र मानिसहरूलाई पश्चात्ताप गर्न भने नभए परमप्रभुले तिनीहरूको सहरलाई नष्ट गर्नुहुनेछ । राजा र तिनका प्रजाले पश्चात्ताप गरे । परमप्रभुले तिनीहरूलाई क्षमा दिनुभयो र निनेवाहलाई नष्ट गर्नुभएन ।

योना ३

छवि
योना रिसाएका देखिन्छन्

तर मानिसहरू विनाश नभएकोमा योना निराश भए । तिनीहरूलाई क्षमाका लागि योग्य छन् भनेर उनले सोचेनन् ।

योना ४:१-२

छवि
योना मरेको रूखलाई हेर्दै

योनालाई पाठ सिकाउनका लागि, परमप्रभुले योनालाई सूर्यबाट छाया दिन एउटा बिरुवा हुर्काउनु भयो । त्यसपछि त्यो बिरुवा मर्‍यो र योनालाई त्यो बिरूवाका बारेमा नराम्रो लाग्यो ।

योना ४:५-९

छवि
योना मानिसहरूको समुहलाई सिकाउँदै

परमप्रभुले योनालाई तिनका छोराछोरीहरूका सम्बन्धमा पाठ सिकाउँदै हुनुहुन्थ्यो । मानिसहरूले पश्चात्ताप नगर्दा आफू दुःखी हुनुपर्छ र तिनीहरूले पश्‍चात्ताप गर्दा खुसी हुनुपर्छ भनी योनाहले सिके ।

योना ४:१०-११

प्रिन्ट गर्नुहोस्