Scripture Stories
योसेफ मिश्रदेशमा


“योसेफ मिश्रदेशमा,” पुरानो करारका कथाहरू (२०२२)

“योसेफ मिश्रदेशमा,” पुरानो करारका कथाहरू

उत्पत्ति ३९-४१

योसेफ मिश्रदेशमा

दास नेता बन्छ

छवि
योफले पोतिफरलाई बेचिए

योफलाई पोतिफर नामक मानिसलाई दासका रूपमा बेचियो । पोतिफरले मिश्रदेशका शासक फारोका लागि काम गर्थे । परमप्रभुले योसेफलाई सहयोग गर्नुभयो भनी पोतिफरले बताउन सक्थे । तिनले योसेफलाई विश्वास गरे र तिनलाई आफ्नो घर र तिनको स्वामित्वमा भएका सबै सम्बन्धको जिम्मा दिए ।

उत्पत्ति ३९:१-६

छवि
योसेफले पोतिफरकी पत्नीलाई हुँदैन भन्दै

पोतिफरकी पत्नीले योसेफलाई मन पराउँथिन् । उनी योसेफले उनीसँग परमप्रभुका आज्ञाहरू तोडून् भन्ने चाहथिन् । योसेफले उनलाई हुँदैन भने ।

उत्पत्ति ३९:७-१०

छवि
जोसेफ पोतिफरकी पत्नीबाट भाग्दै

पोतिफरकी पत्नीले सुनिनन्, त्यसैले योसेफ भागे । उनी योसेफसँग रिसाएकी थिइन् ।

उत्पत्ति ३९:११–१२

छवि
पोतिफरकी श्रीमती पोतिफरसँग कुरा गर्दै

उनले पोतिफरलाई योसेफको लुगाको टुक्रा देखाईन् । तिनले पोतिफरलाई योसेफका सम्बन्धमा झूट बोलिन् । पोतिफरले योसेफलाई जेलमा राखे ।

उत्पत्ति ३९:१३–२०

छवि
योसेफ जेलमा

योसेफलाई आफ्नो परिवारबाट अलग गरिएको थियो । उनी दास बनेका थिए, अब उनी कैदी थिए । तर अझै पनि परमप्रभुले योसेफलाई सहयोग गर्नुभयो । योसेफले हार मानेनन् । योसेफमा भएका असल कुरा देख्नका लागि परमप्रभुले जेलका चौकीदारलाई आशीर्वाद दिनुभयो । चौकीदारले उनलाई विश्वास गर्न थाल्यो, त्यसैले उसले योसेफलाई अरू कैदीहरूको जिम्मा लगायो ।

उत्पत्ति ३९:२१

छवि
योसेफ कैदीहरूका सपनाको व्याख्या गर्दै

योसेफले फारोका लागि काम गर्ने दुई जना कैदीहरू, एक रोटीवाला र एक मुख्य नोकरलाई भेटे । ती दुबीले अनौठो सपना देखे । परमप्रभुको शक्तिद्वारा, योसेफले तिनीहरूका सपनाको अर्थ के हो भनी बताए । मुख्य नोकरको सपनाको अर्थ मुख्य नोकर मुक्त हुनेछ । तीन दिन पछि, उफारोका लागि काम गर्न नी फेरि स्वतन्त्र भए ।

उत्पत्ति ३९:२२–२३; ४०:१–२१

छवि
फारो दु:खी हुँदै

कुनै दिन फारो आफ्नो सपनाका कारण दुःखी भए । उनको सपनाको अर्थ के हो भनेर कसैले बताउन सकेनन् ।

उत्पत्ति 41:1-8।

छवि
मुख्य नोकर फारो सँग कुरा गर्दै

त्यसपछि योसेफले सपनाहरू व्याख्या गर्न सक्छन् भनेर मुख्य नोकरले सम्झे ।

उत्पत्ति ४१:९-१३

छवि
योसेफ फारोको सपनाको व्याख्या गर्दै

योसेफलाई फारोको सपनाको व्याख्या गर्न जेलबाट बाहिर ल्याइयो । योसेफले भने सपनाको अर्थ मिश्रदेशमा धेरै खानेकुरा सहित सात वर्ष हुने छन् र त्यसपछि थोरै खानेकुरा सहित सात वर्ष अनिकाल हुनेछ । योसेफले फारोलाई मिश्रदेशले असल वर्षहरूमा थप खाना बचाउनु पर्छ भनेर बताए ।

उत्पत्ति ४१:१४–३६

छवि
योसेफ फारोलाई खाद्य भण्डार देखाउँदै

योसेफले आफ्नो सपनाका सम्बन्धमा भनेको विषय सत्य हो भनेर फारोलाई थाहा थियो । उनले यूयोसेफलाई जेलबाट मुक्त गरे र योसेफलाई मिश्रदेशमा एक महान् अगुवा बनाए । सात वर्षसम्म, योसेफले मिश्रदेशलाई थप खाना भण्डार गर्न सहयोग गरे ।

उत्पत्ति ४१:३७–५३

छवि
मिश्रदेशमा यात्रा गर्ने मानिसहरू

त्यसपछि अनिकाल आयो । यस अवधिमा कसैले पनि अन्न उब्जाउन सक्दैनथे । योसेफले भण्डार गरेको खाना किन्न मानिसहरू मिश्रदेश गए । जोसेफका कारणले गर्दा, मिश्रीहरूले आफुहरू र अरूहरूलाई अनिकालबाट बच्नका लागि सहयोग गर्न पर्याप्त खाद्यान्न बचत गरे ।

उत्पत्ति ४१:५४–५७

प्रिन्ट गर्नुहोस्