Scripture Stories
एलीशा र परमप्रभुका सेना


“एलीशा र परमप्रभुका सेना,” पुरानो करारका कथाहरू (२०२२)

“एलीशा र परमप्रभुका सेना,” पुरानो करारका कथाहरू

२ राजाहरू ६

एलीशा र परमप्रभुका सेना

परमप्रभुको आगोका रथहरू

छवि
सैनिकहरूले शहर घेर्दै

सिरियालीहरूले इस्राएलीहरूलाई मनपराउदैन थिए । सिरियाली राजाले अगमवक्ता एलीशालाई पक्रन आफ्नो सेना पठाए । रातमा, सेनाले एलीशा भएको सहरलाई घेरे ।

२ राजाहरू ६:८-१४

छवि
एलीशा र सेवक सिरियाली सेनालाई हेर्दै

एलीशाको जवान सेवक बिउँझियो र सिरियाली सेनालाई देख्यो । तिनीहरूले के गर्नुपर्छ भनेर तिनले एलीशालाई सोधे । एलीशाले ति जवान मानिसलाई नडराउन भने । उनीहरूका विरुद्ध लड्ने सेनाभन्दा उनीहरूका लागि लड्ने सेना धेरै ठूलो भएको उनले बताए ।

२ राजाहरू ६:१५-१६

छवि
आगोका रथहरूसँग स्वर्गका सेना

एलीशाले देखेका कुरा त्यस जवान मानिसलाई देखाउन एलीशाले परमप्रभुलाई अनुरोध गरे । परमप्रभुले तिनीहरूको सम्रक्षण गर्नका लागि घोडाहरू र आगोका रथहरू सहितको स्वर्गका सेना देखाउनुभयो । सिरियाली सेना परमेश्वरको शक्तिले अन्धो भएको थियो। तिनीहरूले इस्राएलीहरू विरुद्धमा फेरि कहिल्यै लडाइ गरेनन्

२ राजाहरू ६:१७-२३

प्रिन्ट गर्नुहोस्