Scripture Stories
नेहेम्याह


“नेहेम्याह,” पुरानो करारका कथाहरू (२०२२)

“नेहेम्याह,” पुरानो करारका कथाहरू

नेहेम्याह १–२;;

नेहेम्याह

यरूशलेममा पर्खाल पुनर्निर्माण गर्दै

छवि
नेहेम्याह, राजा हेर्दै

नेहेम्याह फारसमा बस्ने यहूदी थिए । उनी राजाका विश्वासिला सेवक थिए । एक दिन नेहेम्याहले यरूशलेमका यहुदीहरूले दुःख पाएको सुने । यरूशलेमको रक्षा गर्ने पर्खालहरू ध्वस्त भएका थिए र कहिल्यै पुनर्निर्माण गरिएको थिएनन् । यरूशलेम खतरामा थियो । नेहेम्याहले उपवास बसे र परमप्रभुको सहयोगका लागि प्रार्थना गरे ।

नेहेम्याह १

छवि
राजा नेहेम्याहसँग पर्खालका बारेमा कुरा गर्दै

राजाले उनी किन यति दु:खी छन् भनेर नेहेम्याहलाई सोधे । तिनले राजालाई यरूशलेमको खतरा बारे बताए । राजाले सहयोग गर्न सक्ने बताए । नेहेम्याहले यरूशलेम गएर फेरि पर्खाल बनाउन अनुरोध गरे । राजाले नेहेम्याहलाई अगुवा बनाए र उनलाई चाहिने सामानहरू दिए ।

नेहेम्याह २:२–८

छवि
नेहेम्याह पर्खाल बनाउँदै, शत्रुहरू हेर्दै

नेहेम्याह र यहूदीहरूले यरूशलेमका पर्खालहरू फेरि बनाउन सुरू गरे । तर तिनीहरूका शत्रुहरूले तिनीहरूको खिल्ली उडाए र तिनीहरूलाई रोक्न खोजे ।

नेहेम्याह २:१७-२०

छवि
नेहेम्याहको खिल्ली उडाउने मानिसहरू

शत्रुहरूले नेहेम्याहलाई सहर छोड्न बहकाउने प्रयास गरे। तर नेहेम्याहले छोडेनन् । तिनले परमप्रभुमा भरोसा गरे । उनले राम्रो काम गरिरहेका थिए ।

नेहेम्याह ६:२–४

छवि
नेहेम्याह पूरा भएको पर्खालमा उभिँदै

नेहेम्याहले आफ्ना मानिसहरूलाई नडराउन भने । तिनीहरूले यसलाई सुरक्षित राख्न पर्खालमा पहरेदारहरू राखे । यहूदीहरूले पर्खाल निर्माण गरिरहे । परमप्रभुले यहूदीहरूलाई शक्ति दिनुभयो र तिनीहरूले ५२ दिनमा पर्खाल पूरा गरे । यरूशलेम फेरि सुरक्षित भयो ।

नेहेम्याह ४:६-१५; ६:५–९, १५–१६

प्रिन्ट गर्नुहोस्