Scripture Stories
मलाकी अगमवक्ता


“मलाकी अगमवक्ता,” पुरानो करारका कथाहरू (२०२२)

“मलाकी अगमवक्ता,” पुरानो करारका कथाहरू

मलाकी १;

मलाकी अगमवक्ता

दशांशको नियम पालना गर्ने

छवि
अमान्य दशांश दिने मानिसहरू

यहूदीहरूले आफ्नो बाली र जनावरहरूको दशांश परमप्रभुलाई दिएर दशांश तिरेका थिए । तिनीहरूले दशांश तिर्दा परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनुभयो । तर केही यहूदीहरूले आफ्नो दशांशका रूपमा खराब रोटी वा अन्धा वा बिरामी जनावरहरूलाई दिन थाले । सबै भन्दा राम्रा तिनीहरूलेआफ्ना लागि राखे ।

उत्पत्ति १४:२०; २८:२२; व्यवस्था १२:६, ११, १७; मलाकी १:७–८, १२–१३

छवि
मलाकी मानिसहरूलाई सिकाउँदै

परमप्रभु खुसी हुनुभएन । मलाकी, एक अगमवक्ताले यहूदीहरूलाई दशांश तिर्न इमानदार नभएको समयमा तिनीहरूले परमप्रभुलाई लुटिरहेका थिए भनी बताए । उनले तिनीहरूलाई पश्चात्ताप गर्न भने ।

मलाकी ३:८-९

छवि
मलाकीले इमानदार दशांश दिने मानिसहरूलाई हेर्दै

परमप्रभुले यहूदीहरूलाई एउटा प्रतिज्ञा दिनुभयो । यदि तिनीहरूले इमानदार दशांश दिए भने, परमप्रभुले स्वर्गबाट महान् आशीर्वादहरू खन्याउनु हुनेछ ।

मलाकी ३:१०-१२

प्रिन्ट गर्नुहोस्